शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘ बद्री बहादुर ’ को यति बेला छायांकन भै रहेको छ । यस चलचित्र बाट नेपाली रजतपटमा ...
शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘बद्री बहादुर’को यति बेला छायांकन भै रहेको छ ।यस चलचित्र बाट नेपाली रजतपटमा नव नायक राजिब जङ बस्नेतले नायकको रुपमा डेब्यु गर्दैछन्।
चलचित्रमा समाबेश गायक उजन नेम्बाडको स्वर/संगीत रहेको "मेरो जिबनको सहारा" बोलको गीतको छायांकन यतिबेला सिन्धुलि र पूर्बी कोशी ब्यारेज लगायत कन्याममा तिब्र रूपमा भईरहेको छ।गितको छायांकन पछि बाकि छायांकन संखुवासभामा गरिनेकुरा निर्देशक शोभित बस्नेतले जानकारी गराए।
सञ्चारकर्मी रवि अधिकारीको लगानी ‘बद्री बहादुर’ ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर विजय गोपाल दलि प्रस्तुतकर्ता रहने चलचित्रमा मिथुन भोटे कार्यकारी निर्माता हुन् ।
कमेडी जनराको चलचित्र ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,शोभित बस्नेत र मंगल भोटेको अभिनय रहने छ ।यस चलचित्र बाट राजिब जङ बस्नेत सगै एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रमा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।
चलचित्रमा रामकाजी घिमिरेको लेखन रहेको छ भने शिब बिकको नृत्य निर्देशन रहनेछ । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत रहने छ भने शंकर महर्जनको द्धन्द रहनेछ । ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ ।
COMMENTS