चर्चित पप स्टार बिजय लामाले ल्होसारको उपलक्ष्यमा तामाङ गित “ चुर्से तुई तुई ओर्से तुई ” बजारमा लिएर आएका छन I नेपाली ...
चर्चित पप स्टार बिजय लामाले ल्होसारको उपलक्ष्यमा तामाङ गित “चुर्से तुई तुई ओर्से तुई” बजारमा लिएर आएका छन I नेपाली संगीत क्षेत्रमा निकै लामो समय देखि निरन्तर लागी रहेका गायक बिजय लामाले थुप्रै चर्चित गीतहरु नेपाली श्रोता सामु ल्याईसकेका छन I
देश बिदेशमा हुने धेरै जसो कार्यकर्ममा बिजय लामाको नाम पनि निकै माथि छ ! निकै मन परेको गायक बिजय लामा यति बेला आफ्नो तामाङ भाषामा पनि दर्जनौ गीतहरु गाउदै आएका छन I यसपालिको फाक्क ल्होको उपलक्ष्यमा ल्होसारको शुभकामना सहित ‘चुर्से तुई तुई ओर्से तुई’आज बाट युटुबमा सार्वजनिक गरिएको छ!
गायक बिजय लामा र गायिका जितु लोप्चन को आवाजको रहेको यस गीतमा कुमार स्याङ्बा को शब्द रहेको छ भने संगीत निमा t को रहेको छ I यस गीतमा छयांकन मिलन शंकरको रहेको छ I
यसै गरी मेकपमा दीपशन रहेका छन र यस गीतको सम्पादन ओम प्रसाईको रहेको छ भने निर्देशक सुशन लामाको रहेको छ I अति रमणीय ठाउमा छयांकन गरिएको यस भिडियोमा बिजय लामा ,राजु ग्याबक र निरानजली लामाको अभिनय रहेको छ I
COMMENTS