उजन नेम्बाङ,काठमान्डौ। एक्काइसौं शताव्दी सूचना संचार तथा विज्ञान प्रविधिको विशेषता भएको उच्च युग हो । यस युगमा मानिसले अधिक भन्दा अधिक, छि...
उजन नेम्बाङ,काठमान्डौ।
एक्काइसौं शताव्दी सूचना संचार तथा विज्ञान प्रविधिको विशेषता भएको उच्च युग हो । यस युगमा मानिसले अधिक भन्दा अधिक, छिटो भन्दा छिटो सुविधा उपभोग गर्न पाउदछन् । अधिक लाभ यस युगको उच्च विशेषता हो । युगका विशेषता अनुसार हामीले यसका फाइदा अधिक लिनु पर्दछ तर, हामी अप्राकृतिक भईसकेका छौ मानव जीवन प्राकृतिक हो । आधुनिकीकरण तथा विकासका नाममा हामी अप्राकृतिक भईसकेका छौं । हामी इलेक्ट्रोनिक्स डिभाईस विना एक मिनेट पनि बस्न नसक्ने भईसकेका छौं । मोवाइल, ल्यापटप, डेक्सटप, आईप्याड, टिभी जस्ता इलेक्ट्रोनिक्स डिभाईसहरुमा अभ्यस्त भईसकेका छौं । तपाई हामी मात्र होइन, हाम्रा साना, नानिबाबुहरु समेत यसका क्रोनिक भईसकेका छन् । आजकल साना, नानीबाबुहरुलाई के गरिरहेका छौं भनेर सोध्यो भने खेलिरहेको छु भन्दछन् तर उनीहरु कम्प्युटर, ल्यापटप, मोवाइल, जस्ता इलेक्ट्रोनिक्स डिभाईसमा बसेर खेलिरहेका हुन्छन् । यसको मतलव खेल्नुको परिभाषामा समेत परिवर्तन भईसकेको छ । घर, छिमेक, साथीभाईमा समेत दुरी बढेको छ । हार्दिकता, भावनात्मक, सामूहिक क्रियाकलापहरु पर पुगिसकेका छन् । यस्ता अप्राकृतिक वस्तुहरुलाई सन्तुलनमा ल्याउन सकिएन भने मानिसको कार्यक्षमता, बौद्धिक विकास र मानसिक शक्तिमा आउने कमीले समाजको सर्वाङ्गीण विकासमा ठूलो बाधा पु¥याउद सक्दछ ।
यद्यपि आधुनिक युगका यस्ता अत्यावश्यक साधनलाई समेत सहि तरिकाले प्रयोग गर्दै हामी प्राकृतिक वन्नु पर्दछ । मानवीय प्राकृतिक शरीरले क्रियाकलाप खोज्दछ । शारिरीक क्रियाकलाप, उफ्रनु, दौडनु, खेल्नु जस्ता कार्यले मानिसको शरिरमा रक्तसञ्चार छिटो र सही तरिकाले हुन्छ । शारिरीक क्रियाकलापले रक्तसञ्चारमा सन्तुलन आई, कार्य क्षमतामा समेत बृद्धि गर्दछ । अत ः आजको समयमा खेलकुदको महत्वको बारेमा हामी सबै जानकार नै छौं । तर, पनि हामी खेलकुदलाई महत्व खासै दिदैनौं । मानिस खेल्नु भन्नाले प्रकृतिबाटै सिकेर आएको हुन्छ । बालक, आमाको पेटबाट दुई, चार, लात्ति नहानी बाहिर आउदैन । हामी भन्दछौं नि बच्चा खेलेको छ कि छैन भनेर, अत ः खेल्नु मानवीय प्रकृति हो । हाम्रो जस्तो विकाशोन्मुख मुलुकमा खेलकुदलाई महत्वका साथ अगाडि राखेको पाइदैन । अझ हाम्रो देशमा त खेलकुद भनेको अन्र्तराष्ट्रिय प्रतियोगितामा गएर पदक हान्नु वा ओलम्पिकमा गएर पदक लिनका लागि मात्र हो भनेर खेलकुदको महत्व र गरिमा खस्काएको पाइन्छ । वास्तवमा खेलकुद अन्र्तराष्ट्रिय प्रतियोगिता वा ओलम्पिकमा सहभागिता जनाएर पदक भित्र्याउनु मात्र होइन, यसका माध्यमबाट स्वस्थ भईसके पछि समाजको कार्य क्षमता माथि बृद्धि, मानसिक क्षमताको बृद्धि, मानसिक शक्तिको बृद्धि, बौद्धिक विकासका साथै शारिरीक विकासमा समेत ठूलो परिवर्तन ल्याउन भनेर बुझ्नु पर्दछ ।
यदि हामी कुनै कारखानाका मजदुरमा स्पोट्र्स खेल्ने र नखेल्नेमा हे¥यौं भने जति राम्रो नजिता स्पोट्र्स खेल्नेले दिन्छ । त्यति राम्रो नजिता स्पोर्टस् नखेल्नेले दिदैन । यहि कुरा हामी विद्यार्थीहरुमा पनि पाउन सक्दछौं । स्पोर्टस् खेल्ने विद्यार्थी हरेक कुरामा अब्बल हुन्छ ।
खेलकुदका आधारभूत फाइदालाई मात्र हेर्ने हो भने पनि खेलकुद स्वस्थ रहनका लागि खेलिन्छ, आत्मवल बढाउनका लागि खेलिन्छ, आत्मरक्षाका लागि खेलिन्छ यसका साथै खेलकुद अनुशासनको पर्यावाची पनि हो । राष्ट्रिय भावना जागृत गराउन खेलकुदले समूहमा कार्य गर्न सिकाउनुका साथै देशको समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अन्र्तराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर खेल पर्यटकहरु भित्र्याएर आर्थिक बृद्धिदरमा टेवा पु¥याउन सकिन्छ । साथै दक्ष जनशक्ति उत्पादन गरी विश्व श्रम बजारमा समेत पठाउन सकिन्छ ।
यदि हामीले साच्चिकै खेलकुदलाई नजिकबाट बुझ्यौ भने खेलकुद खेलाडीका लागि साधना हो । विरामीका लागि चिकित्सा पद्धति हो । मजदुरका लागि कार्यक्षमता बृद्धि गर्ने उपाय हो भने आम मानिसका लागि खेलकुद जीवन पद्धति हो ।
COMMENTS