Null

यो कस्तो पत्रकारिता?

नेपालको संबिधान अनुसार सूचनाको हक जनताको मौलिक हक भित्र पर्दछ । सार्वजनिक सरोकारको बिषयमा जनताले जानकारी पाउने अधिकार हुन्छ भन्ने मान्यता सू...

नेपालको संबिधान अनुसार सूचनाको हक जनताको मौलिक हक भित्र पर्दछ । सार्वजनिक सरोकारको बिषयमा जनताले जानकारी पाउने अधिकार हुन्छ भन्ने मान्यता सूचनाको हकको रहेको छ । राज्यका तीनवटा अंग व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पछिको चौथो अंगको रुपमा पनि संचार माध्यमलाई स्वीकार गरिएको छ। स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष मध्येको एक हो । तर स्वतन्त्र पत्रकारिता अर्थ पत्रकारिता गर्नेले जे पनि लेख्न पाउने, जसको बारेमा जस्तो सुकै कहानी लेखेर चरित्र हत्या गर्ने भन्ने कदापी हैन। हरेक पेशा-व्यवसायको आचारसंहिता ( Code of Conduct ) हुन्छ, नियमन र कारवाही गर्ने निकाय हुन्छ ।
       पत्रकारिताको न्युनतम आचारसंहिता पनि पालना नगर्ने संचार माध्यम मध्ये "सुशासन" नामको अनलाइन पत्रिका सबै भन्दा अग्रस्थानमा देखिएको छ। केही दिन अघि यो अनलाइन पत्रिकाले "तालिमे डिएसपीलाई भावी आइजीपीको चिन्ता" भन्ने शिर्षकमा FBI Academy भर्जिनियामा सहभागी नेपाल प्रहरीका DSP भुपेन्द्र खत्रीको बारेमा समाचार प्रकाशन गर्यो। अबको IGP फलानोलाई बनाउनु पर्छ भनेर DSP भुपेन्द्र खत्रीले भनेको तर अमेरिका मै बसोबास गर्ने काजी कार्कीले भने अर्कैलाई IGP बनाउनु पर्छ भन्दा भुपेन्द्र खत्रीले प्रतिवाद गरेको भनेर समाचार प्रकाशन भयो । यो समाचार मनगणन्ते, कपोकल्पित र भ्रामक रहेछ भनी तब प्रमाणित भयो जब प्रत्यक्षदर्शी भनेर दाबी गरिएका काजी कार्कीले Facebook मा Status राख्दै उक्त समाचार सत प्रतिशत झुठो हो भनी खण्डन गरे । काजी कार्कीको Facebook Status यस्तो रहेको छ - "नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राज्य अमेरिकाको एफबीआइ एक्याडेमीमा संचालन भइरहेको अत्यन्त महत्वपूर्ण तालिममा सहभागी हुने क्रममा अमेरिकामा रहनु भएका नेपाल प्रहरीका डिएसपी भुपेन्द्र खत्रीसंग भेट्ने सौभाग्य मिलेको थियो । संयोग र सौभाग्यले उहासंग भएको भेटमा नितान्त व्यक्तिगत सुखदु:खका कुराकानी मात्रै भएका थिए ।तर नेपालको कुनै संचार माध्यममा प्रत्यक्षदर्शीको हवाला दिंदै हाम्रो भेटघाटको दौरानमा आगामी आइजीपी छनौटको बिषयमा चर्चा चलेको भनेर लेखिएको समाचार आएच रे । सायद यही होला प्रेस स्वतन्त्रताको नाममा  भित्रिएको बिक्रति, जसले सत्यतथ्य समाचार मात्रै हैन अफवाहहरुको पनि प्रवाह गर्दछ । आशा गर्दछु यस्ता समाचारहरु प्रवाह गर्नु पूर्ब संचार माध्यमले गहन अध्यन गर्ने काम गरुन ।"
      यसबाट प्रष्ट हुन्छ "सुशासन" भन्ने अनलाइन पत्रिकाको उद्देश्य के रहेछ ? यो पत्रिका कसको स्वार्थपूर्ति गर्न खोलिएको हो ? पत्रकारिता क्षेत्रलाई नै वदनाम गर्ने गरी यस सुशासन नामको अनलाइनबाट व्यक्ति बिशेषलाई लक्षित गरी अत्यन्त मनगणन्ते समाचार सम्प्रेषण गर्नुको उद्देश्य आम पाठकमा छर्लङ्ग नै हुन्छ । यो अनलाइनले व्यक्ति बिशेषको चरित्र हत्या गर्ने किसिमको समाचार प्रकाशन गरे पछि सम्बन्धित व्यक्तिहरुले पटक-पटक प्रेस काउन्सिलमा उजुरी गरे पनि सामान्य चेतावनी बाहेक कुनै कारवाही नभएको बुझिन्छ ।
     यस्ता संचार माध्यमको कारणले पेशागत मर्यादामा रहेर पत्रकारिता गर्नेहरुलाई पेशाप्रति नै निराशा जगाउने काम भएको भन्ने तथ्यलाई सम्बन्धित सबैले बेलैमा सोच्नु जरुरी छ। पत्रकारिताको सामान्य धर्म के हो ? आचारसंहिता के हो ? पत्रकारको कार्ड झुन्ड्याउदैमा त्यसलाई पत्रकार मान्ने कि नमान्ने ? अहिले सबैतिर यी प्रश्नहरु उठिरहेका छन् ।यसरी व्यक्ति बिशेषको चरित्र हत्या गर्ने नियतले सम्प्रषित समाचारले आम नागरिकलाई सुसूचित गर्ने भन्दा पनि कुनै व्यक्तिको स्वार्थ सिद्ध गर्ने र कसैको मानमर्दन तथा चरित्र हत्या गर्ने बाहेक केही हुन सक्दैन। पत्रकारिता पेशालाई मर्यादित र सम्मानित बनाउन पीत पत्रकारिता गर्नेहरुलाई आम नागरिकले पहिचान गरी दण्डित गर्नु जरुरी छ ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,8,film songs,68,Health,1,Life,1,Live Stage,9,movie,2,MUsic,20,nepali pop,157,Recents,568,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: यो कस्तो पत्रकारिता?
यो कस्तो पत्रकारिता?
EuropeNepal.Net
http://www.europenepal.net/2018/01/blog-post_31.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2018/01/blog-post_31.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy