अल्गार्व ब्यापी फुटबल प्रतियोगिता आयोजना अल्बुफेरामा गर्ने तयारी
गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद, अल्गार्भ पोर्तुगलले यहि मिती २८/०१/२०१८ मा अल्गार्व ब्यापी फुटबल प्रतियोगिता आयोजना अल्बुफेरामा गर्ने तयारी गरेको छ | बिगत केहि वर्ष देखि निरन्तर रुपमा अल्गार्व क्षेत्रमा अल्गार्व ब्यापी फुटबल प्रतियोगिता हुदै आइरहेको छ।
उक्त कार्यक्रमका लागी गैर आबाशिय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद, अल्गार्भका अध्यक्ष अनिल शर्मा ज्यु को मुख्य संयोजकत्वमा ९ सदस्य मुल आयोजक समिती गठन गरिएको छ | उक्त समितिका प्रत्येक सदस्यहरु उपसमितिका संयोजक रहने छन् | मूलआयोजक समिती निम्नबमोजिम छ |
मुख्य संयोजक : अनिल शर्मा
सदश्यहरु : शिव निरौला (आर्थिक उपसमिति संयोजक )
: निरन्जन सेढाई
: रामचन्द्र श्रेष्ठ (खेलकुदका लागी आवश्यक सामग्री खरिद
उपसमिति संयोजक)
: निल बहादुर थापा (टिकट ब्यबस्थापन उपसमिति संयोजक)
: बिपिन पौडेल (भान्छा ब्यबस्थापन उपसमिति संयोजक)
: देबेन्द्र पुन (खेलाडी तथा खेल ब्यबस्थापन उपसमिति संयोजक)
: रामेश्वर पौडेल (स्वोयम सेवक ब्यबस्थापन उपसमिति संयोजक)
: बिन्दा गुरुङ (अथिति सत्कार ब्यबस्थापन उपसमिति संयोजक)
यस अल्गार्व क्षेत्रमा आल्बुफेरा, अर्मसाओ पेरा , भिल्लामोरा , तविरा , मोंतेगोर्दो शहर हरुमा नेपालि हरुको बढी बसोबास हुदै आइरहेको छ। अल्गार्व क्षेत्र भरि छरिएर रहेका सम्पूर्ण नेपाली हरुलाई एक साथ् जमघट गर्ने अवसर अल्गार्व ब्यापी फुटबल प्रतियोगिता ले दिलाउने मा आयोजक हरु बिस्वस्त छन्
बिगतका वर्ष आयोजना भएका खेल हरु हेर्न यहाँ क्लिक गर्नुहोस
NRNA RCC CUP 2017
NRNA RCC CUP 2016
NRNA RCC CUP 2015
NRNA RCC CUP 2014
NRNA RCC CUP 2013
NRNA RCC CUP 2012
NRNA RCC CUP 2011
अल्गार्व ब्यापी फुटबल प्रतियोगिता को पहिलो बिजेता लाइ ५०१ युरो नगद पुरस्कार र सम्मान पत्र , मेडल साथै दोश्रो,तेस्रो बिजेतालाई आकर्षण पुरस्कारको समेत व्यवस्था गरिएको छ। उक्त नगद पुरस्कार दर्शन नेपाल, लिस्बोनले उपलब्ध गराएको छ।
COMMENTS