काठमाडौ। गायिका सुमी चाम्लिङ्गको “ए मेरो चस्मावाला”गीतको म्युजिक भिडियो सार्वजनिक गरेको केही हप्ता भित्रै अहिले नेपाली संगीतिक बजार तत...
काठमाडौ।
गायिका सुमी चाम्लिङ्गको “ए मेरो चस्मावाला”गीतको म्युजिक भिडियो सार्वजनिक गरेको केही हप्ता भित्रै अहिले नेपाली संगीतिक बजार तताएको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो।उनको"चस्मा वाला"को भिडीयोलाई केही हप्ता मै दर्शकहरुले धेरै पटक हेरिसकेका छन। केही हप्ता अगाडि पुतली सडकस्थित स्टार मलको हलमा एक कार्यक्रमको आयोजना गरेर आइटम गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।
“दिक्तेल बजार कान्छा दिक्तेल बजार” “लसमा लस नि लै लै मसला पिस्ने” जस्ता दर्जनौ गीतहरु गाएर चर्चामा आएकी गायिका सुमी चाम्लिङ्गले यो डान्सिङ्ग धमाकेदार गीत बजारमा ल्याएकी हुन् ।यो गीतलाई डिपी खनालले शब्द रचना गरेका हुन् भने शंकर थापा”स्माईल” ले संगीत गरेका छन् । उदयराज पौडेलले एरेन्ज गरेको उक्त गीतलाई चाम्लिङ्ग इन्टरटेण्टमेण्टले बजारमा ल्याएको हो । यो म्युजिक भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन् ।
यो गीतको म्युजिक भिडियोमा सुनिल र सन्ध्या लगायत नेपाली ठिटो डान्सिङ्ग ग्रुपले अभिनय गरेका छन् भने नेपालको अत्यान्तै रमणिय स्थानहरुमा विकास सुवेदीले निर्देशन तथा छायांकन गरेका छन् । कार्यक्रममा, यो गीतको कभर भिडियो बनाएर जित्नेलाई ५० हजार नगद र विकासा ईण्टरटेन्मेण्टको तर्फबाट अर्को एउटा गीतमा मौका दिने घोषणा चाम्लिङ्ग इन्टरटेण्टमेण्टको अध्यक्ष विजय राईले उद्घोष गरेका थिए।अहिले केही कभर भिडियो आईसकेको छन भने अरु आउने क्रममा रहेको कुरा हामीलाई गायिका सुमी चाम्लिङ राइले बताइन।
चस्मा वालाको भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।
COMMENTS