threaten to a Women candidates of Ne Ma Ki Pa who elected unopposed
स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुर नगरपालिकामा निर्विरोध विजयी हुनुभएकी दलित महिला उम्मेदवारलाई राजीनामा गर्न धम्की आएको छ।
भक्तपुर नगरपालिका वडा नं ७ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित रीजु कपालीलाई टेलिफोनमार्फत् राजीनामा दिन धम्की आएको हो।
नेमकिपा भक्तपुर नगर समितिका अनुसार एनसेलको सीम प्रयोग गरिएको मोबाइलबाट फोन गरी सोमबार नै राजीनामा दिन र नदिए राम्रो नहुने धम्की दिइएको छ।
रीजुलाई तत्काल राजीनामा दिएर नेमकिपाको विजय र्यालीमा समेत सहभागी नहुन चेतावनी दिइएको नेमकिपाले बताएको छ। नेमकिपाका अनुसार रीजुलाई उम्मेदवारी दर्ता गरेर निर्विरोध भएदेखि विभिन्न ठाउँबाट उम्मेदवारी त्याग्न धम्की दिइँदै आएको छ।
साभार - अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस
COMMENTS