Null

रेखा र आर्यन ७ बर्षपछि एकै साथ चलचित्र रूद्रप्रिया खेल्दै।

काठमाडौं, केही बर्षयता एकअर्काका दुश्मन मानिने नायिका रेखा थापा र नायक आर्यन सिग्देललाई दर्शकहरुले सात बर्षपछि एउटै फ्रेममा देख्न पाउन...

काठमाडौं,
केही बर्षयता एकअर्काका दुश्मन मानिने नायिका रेखा थापा र नायक आर्यन सिग्देललाई दर्शकहरुले सात बर्षपछि एउटै फ्रेममा देख्न पाउने भएका छन् । पहिलो डेब्यू फिल्म नै आर्यनले रेखा थापासँग फिल्म 'किस्मत' गरेका थिए ।

त्यसपछि दर्शकहरुको यो प्रिय जोडी बन्यो । 'किस्मत' पछि आर्यन र रेखाले 'हिफाजत', 'कसले चोर्यो मेरो मन' फिल्ममा एकसाथ काम गरे । आजभन्दा सात बर्ष अगाडि रिलिज भएको 'कसले चोर्यो मेरो मन' पछि यो जोडीलाई दर्शकहरुले ठूलो पर्दामा हेर्न पाएका थिएनन् ।

यो फिल्मपछि बजारमा उनीहरुको सम्बन्ध विग्रिएको हल्ला खुबै चल्यो । यति मात्र होइन आर्यन र रेखाले एकअर्काको आलोचना गर्दै पनि हिँडे । अन्ततः सात बर्षपछि सबै दुश्मनी भुलेर रेखा र आर्यनले एउटै फिल्ममा काम गर्ने फाइनल भएको छ । बर्ष २०७२ मा रिलिज भएको फिल्म 'क्लासिक' पछि बाहिरी ब्यानरका फिल्ममा काम नगर्ने घोषणा गरेका आर्यन जेष्ठ ४ गतेबाट फ्लोरमा जान लागेको रेखा थापाको होम प्रोडक्शनको फिल्म 'रुद्र प्रिया' मा लिड रोलमा फाइनल भएका छन् । फिल्ममा आर्यन 'रुद्र' र रेखाले 'प्रिया' को भूमिका निर्वाहा गर्नेछन् ।

गएको बर्ष काठमाडौंमा भएको 'फान अवार्ड' मा रेखाले आर्यनलाई 'क्लासिक' बाट उत्कृष्ट नायकको अवार्ड प्रदान थिइन र उनीहरुले अंकमाल पनि गरेका थिए । खबरका अनुसार, यही अंकमालले नै उनीहरुको सम्बन्धमा पानी हाल्ने काम गर्यो । 'रुद्रप्रिया' मा अनुवन्धित भएपछि मिडियासँग बोल्दै आर्यनले भने, 'हामी दुईको सम्बन्धको विषयमा बाहिर जस्ता खाल्का खबरहरु आए, त्यस्तो केहीँ पनि भएको थिएन । हामीले एकअर्कासँग काम गर्न नचाहेका होइनौं मात्र सही समय आएको थिएन ।'

'तपाईको र रेखाको झगडा भएको खबर थियो नी ?' भन्ने पत्रकारको प्रश्नको उत्तर दिँदै आर्यनले भने, 'हामी बीचमा झगडा नै भएको भएपनि क्यारेक्टरसँग कहिले पनि झगडा भएको थियो । राम्रो प्रोडक्ट हामीलाई पनि चाहिएको छ, फिल्म इन्ड्रष्टीलाई पनि चाहिएको छ र दर्शकहरुलाई पनि चाहिएको छ । यी सबै मिलेका कारण हामी दुईले एकसाथ 'रुद्र प्रिया' गर्न लागेका हौं ।
आर्यनको छेवैमा बसेकी रेखाले पनि भनिन्, 'हामी दुई एकसाथ पर्दामा नआउँदा इन्ड्रष्टीमा पनि एक प्रकारको धक्का लागेको थियो भने दर्शकहरुलाई पनि हामीले अपराध गर्यौं कि भन्ने लाग्यो । किनकी दर्शकहरुको अत्याधिक चाहना थियो कि हामी दुई एउटै फ्रेममा आओस् भनेर । दर्शकको चाहना र 'रुद्र प्रिया' को स्क्रिप्ट नै आर्यन र मलाई सोचेर लेखिएका कारण हामी एकसाथ काम गर्न लागेका हौं ।'

विशेषत रेखा अभिनित फिल्ममा अन्य कलाकारहरु ओझेलमा पर्ने गर्छन । आफै हिरोको रुपमा पर्दामा उत्रिने रेखाले 'रुद्रप्रिया' मा आर्यन नै हिरो रहेको बताइन् । उनले अगाडि थप्दै भनिन्, 'रुद्र प्रिया' मा हामी दुवै हिरो हौं । फिल्ममा आर्यन 'रुद्र' र म 'प्रिया' को भूमिकामा देखिँदैछौं ।' ‘रुद्र प्रिया’ लाई ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंहले निर्देशन गर्नेछन् । 
समाचार र तश्बीर कलिउड खबर बाट साभार।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: रेखा र आर्यन ७ बर्षपछि एकै साथ चलचित्र रूद्रप्रिया खेल्दै।
रेखा र आर्यन ७ बर्षपछि एकै साथ चलचित्र रूद्रप्रिया खेल्दै।
https://3.bp.blogspot.com/-J_z0o1bRsmU/WRPwB4oqQKI/AAAAAAAAEFA/4UbnuKEvkMQJ5_3dsrG_QqMtsmgU1-wAgCLcB/s320/LogoLicious_20170511_103613.png
https://3.bp.blogspot.com/-J_z0o1bRsmU/WRPwB4oqQKI/AAAAAAAAEFA/4UbnuKEvkMQJ5_3dsrG_QqMtsmgU1-wAgCLcB/s72-c/LogoLicious_20170511_103613.png
EuropeNepal.Net
http://www.europenepal.net/2017/05/blog-post_11.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2017/05/blog-post_11.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy