भरतपुरमा दाहालको अग्रता धेरैबेर टिकेन, ९ नं. वडामा विजयी हुँदै फेरि एमाले अगाडि
भरतपुर महानगरपालिका वडा नं. ९ को मतपरिणाम सार्वजिनक हुँदा फेरि एमालेका देवी ज्ञवालीले माओवादी उम्मेदवार रेणु दाहाललाई पछि पारेका छन्। वडा नं. ९ मा पनि एमाले उम्मदेवार विजयी भएका छन्।
भरतपुरमा अहिलेसम्म एमालेले वडा नं. २, ४, ५, ७ र ९ जितेको छ। काँग्रेसले १, ३,६ र ८ मा विजयी हात पारेको छ। शुक्रबार दिउँसो काँग्रेस माओवादी गठबन्त्रनबाट मेयर उम्मेद्वार रेणु दाहालको अग्रता देखिएको थियो। साँझमा ९ नं. वडाको मतपरिणाम सार्वजनिक हुँदा अग्रता लिन एमाले सफल भएको हो।

वडा नम्बर नौसम्मको मत गणना सकिदा एमालेका मेयर पदका उम्मेद्वार देवि ज्ञवालीले कुल १५ हजार १५५ मत ल्याएका छन्। गठबन्धनबाट माओवादी उम्मेद्वार रेणु दाहालले १४ हजार ८०९ मतसहित उनलाई पछ्याइ रहेकी छन्।
COMMENTS