काठमाडौं-गौरादहको बजारैइमा,तिमिलाई खुशी मिल्छ भने,जस्ता गीतहरु गाइसकेका चिरपरिचित गायक तथा भिडियो निर्देशक उजन नेम्बाङको पछिल्लो एल्बम&q...
काठमाडौं-गौरादहको बजारैइमा,तिमिलाई खुशी मिल्छ भने,जस्ता गीतहरु गाइसकेका चिरपरिचित गायक तथा भिडियो निर्देशक उजन नेम्बाङको पछिल्लो एल्बम"कम्-ब्याक"मा समाबेस"तिम्रो याद अझै आउछ"बोलको गीतको भिडियो सामाजिक सन्जाल यु-ट्युब मार्फत सार्वजनिक भएकोछ।
बियोगान्त यो गीतलाई संचारकर्मी नरेश भट्टराईले लेखेकाहुन भने यसलाई संगीत भर्ने काम गरेकाछन अहिलेका ब्यस्त संगीतकार तारा प्रकाश लिम्बूले।गायन क्षेत्रमा कृयाशिल हुँदै आएका उजन नेम्बाङ यो गीतको भिडियो धेरै स्तरिय बनेकोमा उजन आँफै पनि धेरै खुशी छन।रोमान्टीक मुडमा तयार गरेको यो भिडीयोमा मोडलद्वय अम्रित र शारदा बिच बियोगान्त हुनुको छोटो कारणलाई कथामा बुनेर उत्कृष्ट बनाईएको छ।चपली हाइटमा निर्माण गरिएको यो भिडीयोमा निर्देशक केदार धितालले शशक्त तथा उच्च निर्देशन कला देखाएका छन।भिडियोमा उत्सव दहालको छायान्कन र निशान घिमिरेको सम्पादन रहेकोछ।
भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।
COMMENTS