Null

मेरो बारेका अनर्गल प्रचार, गगन थापा ले झीक्कीएर यस्तो लेखे फेसबुकमा

please stop unrestrained promotion About Me - gagan thapa

वैद्यलाई ठोक्यो,विप्लवलाइ बोक्यो !!

-गगनले भने,नेता हुनु त विप्लव जस्तो...!!!

-गगनले ठोक भनेपछि....!!!

-कालोमोसोमा गगनको संलग्नता..!!!

-राहत बाँड्न जाँदा जनताले गगनलाई लखेटे...!!!

प्रकरण १. केही समय अगाडि खासै कतै नाम नसुनेको एउटा अनलाइनमा समाचार आयो- गगन थापा भन्छन् -नेता हुनु त विप्लवजस्तै…. सामाजिक संजालमा अहिले पनि यो घुमिरहेको छ । राजधानीको एक कार्यक्रममा गगनले विप्लवको बारेमा यसो भने,उसो भने भनेर समाचारमा लेखिएको छ ।यो समाचारमा कहीं कतै मैले भनेको कुरा बङ्गाएको होइन। रोचक कुरा के छ भने त्यस्तो कुनै कार्यक्रम कहीं कतै भएकै नै छैन । त्यो कार्यक्रम नै काल्पनिक छ । मैले न कुनै मञ्चमा विप्लवको वारेमा बोलेको छु न त संचारमाध्यममा । नयाँ संविधानको प्रस्तावनामा विगतको हिंसात्मक आन्दोलनलाई महिमामण्डित गरिएकोमा त लिखित फरक मत पेश गरेर लडिरहेको मेरा लागि 'विप्लप पथ' कुनै कोणवाट पनि प्रशंसाको त कुरै छोडौं चर्चासम्मको उपयुक्त विषय पनि होइन । म हिंसात्मक राजनीतिको निरपेक्ष रूपमा विरोधी हुँ ।मेरो प्रष्ट कुरा छ लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रको शान्त पोखरीमा मात्रै सवै विचार उम्रन र फक्रिन सक्छन् ।

प्रकरण २. साउन ५ गते सामाजिक सञ्जालमा जनआन्दोलन ताकाको मेरो एउटा फोटो प्रयोग गरेर "गगनले ठोक भनेपछि..." भन्ने शीर्षकमा कुनै एउटा अनलाइन न्युज पोर्टलमा आएको समाचार सामाजिक सञ्जालमा भाइरल भयो । साउन ५ गते अग्रवाल भवनमा संविधानको पहिलो मस्यौदामा जनताले उत्साहप्रद रुपमा सुझाव दिईरहेका थिए । वैद्य समुहसँग आवद्ध साथीहरुले बोल्नलाई नाम टिपाउनु भयो । कार्यक्रमको अध्यक्ष भएकाले कसलाई बोल्न दिने कसलाई नदिने भन्ने मेरो निर्णयमा निर्भर थियो । देशभरि बैद्य समुहका साथीहरूले संविधानसभाको यो प्रकृयाको विरोध गरिरहनुभएको छ भन्ने मलाई थाहा नभएको होइन । तर मैले उहाँहरूलाई बोल्न दिएँ किनकी Voltaire को एउटा भनाई छ- 'I disapprove of what you say, but I'll defend to the death your right to say it.' म यो भनाइलाई अभ्यास गर्ने कुरामा विश्वास गर्छु । आफ्नो विचार राखिसकेपछि साथीहरू होहल्ला गर्ने थाले । स्वभाविक थियो हामीले सुरक्षाकर्मीहरूलाई उनीहरूलाई बाहिर निकाल्न भन्यौं । न त्यहाँ कसैलाई ठोक भन्यौं न कसैलाई ठोकठाक नै भयो । उनीहरू बाहिर निकालिए अनि कार्यक्रम सुचारु भयो ।

प्रकरण ३. असार २९ गते विहान नेविसंघ अध्यक्ष रन्जित कर्णलाई कालोमोसो दलेको घटनामा मेरो संलग्नता रहेको भनेर केही अनलाइनले समाचार बनाए । निश्चय नै नेविसंघको नेतृत्व छनोट प्रकृया र यसका गतिविधि, नेतृत्वको कार्यशैली लगायतका विषयमा रहेका मेरा गम्भीर विमतिहरू थिए र छन् तर यस्तो विषयमा पार्टीभित्र कसरी लड्नुपर्छ भन्ने मलाई राम्रोसंग थाहा छ र लड्दै आएको पनि छु । संविधान निर्माणको चटारो, पार्टी महाधिवेशनको संघारमा मेरो कुनै सरोकार नभएको, कल्पना समेत गर्न नसकिने,अनि मेरो राजनीतिक विश्वास र मान्यताको खिलापको यस्तो हर्कतमा संलग्न हुन के म पटमुर्ख हो र ?

प्रकरण ४. जेठ पहिलो साता "राहत वितरणमा जाँदा जनताले गगनलाई लखेटे " शीर्षकमा कुनै अनलाईनमा समाचार छापियो र सामाजिक सञ्जालमा घुमिरह्यो । विनाशकारी भुकम्प पश्चात राजनीतिक दलले अपेक्षित काम गर्न सकेनन् भन्ने आम आक्रोश थियो । हामी केही युवाहरूसहित १२ गतेदेखि नै उद्धार, राहत र पुनर्निर्माणमा क्रियाशील थियौं । आफ्नो क्षेत्रको उद्दार र प्रारम्भिक राहतको काम सकेपश्चात हामीले 'अस्थायी घर निर्माण अभियान' शुरु ग-यौं । त्यही क्रममा म करीब १०० जना युवासहित नुवाकोट कुमारीमा पुगेको थिएँ । कुमारीको हाम्रो कामलाई संचार माध्यमहरुले महत्वका साथ ठाँउ दिए अनि ठीक त्यही बेला केही महिना अघि पोर्चुगलमा भएको एउटा कार्यक्रमको भिडियोलाई बङ्गाएर राहत वितरण गर्न जाँदा गगनलाई जनताले लखेटे..भनेर राखिएछ । जनसम्पर्क समिति पोर्चुगलको अधिवेशन उद्घाटन कार्यक्रममा आमन्त्रित गरिएका केही व्यक्तिले हो-हल्ला गरि कार्यक्रम विथोल्न खोजेपछि आयोजकले टिपेर बाहिर फालेका थिए । हो त्यही भिडियो प्रयोग गरेर एउटा काल्पनिक समाचार लेखियो ।

यी केही उदाहरण मात्र हुन् । यस्ता अरु पनि धेरै छन्, यहाँ मैले यस्तो भनियो उस्तो भनियो भनेर सफाई दिन खोजेको पनि होईन न त यो मेरो रोईलो नै हो । मलाई यो पनि थाहा छ यी सबै समाचारहरू कसैको अन्जानता वा अज्ञानताका उत्पादन होइनन् नत कुनै लहडको परिणाम नै हुन् । बडो सचेततापुर्वक केही "साथी" हरु लाग्नु भएको छ यो "महान" काममा । मलाई खुशी छ मेरो राजनीतिक सामाजिक जीवनमा खुइलाउन मात्र होइन सक्ने भए काटकुट पारेर भोजन नै गर्न जुट्नु भएका विचरा साथीहरूले यस्तो काल्पनिक कथाहरूको शरण लिनु परेको छ । अनि म यो कुरामा नि सचेत छु जुन दिन मैले मेरो जीवनमा जानीजानी गर्न नहुने सानो पनि गल्ती गर्छु त्यही दिनमा समाप्त हुन्छु । अतः आम तहवाट मेरा वारेमा आउने प्रत्येक समाचारलाई जुन संवेदनशीलताका साथ लिएर मलाइ सचेत गराउनुहुन्छ, यो नै म प्रतिको विश्वास र भरोसा हो । यस किसिमका समाचारले मलाई राजनीतिक र सामाजिक जीवनमा थप सतर्कता र जिम्मेवारवोधका साथ काम गर्नका लागि उत्प्रेरित नै गरेको छ ।

Null
त्यसो भए म यो सब किन लेख्दैछु? म यसकारणले मात्र लेख्दै छु यो समाचार बनाउनेहरूले मेरो होईन हाम्रो अपमान गरिरहेका छन् । हामीलाई गिज्याईराखेका छन् । कति सजिलै एउटाले सोच्छ अनि कथा वनाउँछ अनि तपाईंलाई सजिलै मुर्ख वनाउन सकिन्छ भनेर त्यो समाचार छाप्छ वा पोस्ट गर्छ अनि कहिं कतै "Verify" पनि नगरी अनि कतिपय सन्दर्भमा "Common sense " को प्रयोग नगरि तपाई पत्याउनुहुन्छ र त्यसमा प्रतिक्रिया व्यक्त गर्नुहुन्छ वा सेयर गर्नुहुन्छ ।

तपाईको यस्तो प्रतिक्रिया पढेर सायद यसको जननी मुसुक्क हाँस्छ होला र भन्छ होला "विचरा मुर्ख" !!!

(कांग्रेस नेता थापाको फेसबुक पेजबाट साभार )

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: मेरो बारेका अनर्गल प्रचार, गगन थापा ले झीक्कीएर यस्तो लेखे फेसबुकमा
मेरो बारेका अनर्गल प्रचार, गगन थापा ले झीक्कीएर यस्तो लेखे फेसबुकमा
please stop unrestrained promotion About Me - gagan thapa
http://2.bp.blogspot.com/-thMfVZt3f2s/VRhvfgf9S4I/AAAAAAAALKg/RcI7bRScyhE/s1600/gagan%2Bthapa%2Bin%2Bportigal%2B2015%2B-%2Blisbon.jpg
http://2.bp.blogspot.com/-thMfVZt3f2s/VRhvfgf9S4I/AAAAAAAALKg/RcI7bRScyhE/s72-c/gagan%2Bthapa%2Bin%2Bportigal%2B2015%2B-%2Blisbon.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/08/unrestrained-promotion-gagan.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/08/unrestrained-promotion-gagan.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy