Problems of Nepali Worker in Portugal
पोर्चुगलस्थित कृषिमा काम गर्ने नेपालीहरु अहिले बिचल्लीमा परेका छन्। मेनपावर एजेन्सीमार्फत नेपालबाट दशदेखि पन्ध्र लाखसम्म तिरेर विभिन्न कामको अनुमति लिएर आएका अधिकांश नेपालीहरु कम्पनीको अवैध कामका कारण विचल्लीमा परेका हुन्।
बिभिन्न आरोप लगाउँदै पोर्चुगलको प्रहरीले अवैध कारोबार गरेको अभियोगमा एग्रोवर्क कम्पनीका मालिक जेम्स वाटिस्टा, फर्नान्डो वाटिस्टा कामदार भेरा सामीपायो र अनालाई गत मंगलबार पक्रेर अनुसन्धानगरी जेल चलान गरेपछि उनीहरु बिचल्लीमा पर्न बाध्य भएका हुन्।
त्यस कम्पनीमा तीनदेखि चारसय नेपाली कामदार थिए। यस्तै बंगलादेशी, पाकिस्तानी र भारतीय कामदारसमेत करिव सात सयदेखि आठसय कामदार रहेको जनाइएको छ।

पोर्चुगलको स्थानीय पत्रपत्रिकाले जनाए अनुसार उक्त कम्पनीका मालिकले एक अस्पतालका डाइरेक्टरसँगको मिलेमतोमा करिब सातसय देखि आठसय कामदारहरुको मेडिकल गराउने बहानामा अबैध गैरकानुनीरुपमा मेडिकल गरी त्यसबापत पैसा लिएर कामदारहरुको स्वास्थ्यमा खेलबाड गरेको आरोप छ।
साथै अबैध मानव ओसारपसार, अबैध मेडिकल रिपोर्ट तथा सरकारलाई कर छलेको आरोप लगाउँदै अधिकारीहरुले कम्पनीका प्रत्येक घरहरुमा छापामादै अफिसमा तालाबान्दी गरेको थियो। आरोपका कारण उक्त कम्पनीमा गत मंगलबार पक्राउ गरी अनुसन्धान थालेको हो। पोर्चुगल प्रहरीले कृषिमा एग्रोवर्कबाट कामगर्ने हरेक कामदारहरुको वसोवासलगायत अन्य ठाउँहरुमा कडा निगरानी राखेको छ।

यसैबीच कम्पनीको अफिसमा काम गर्ने अधिराज बस्नेतका अनुसार अब कम्पनी पूर्णरूपमा ‘कोल्याप्स’ भएकेा जनाए। करिब सातयदेखि आठसय कामदारहरूको भविष्य तथा तीनसयदेखि चारसय नेपालीको भविष्य जोखिममा रहेकेा उनले बताए।
केही महिनाअघि मात्र नेपालबाट करिब चालिस जना कामदार आएका थिए भने गतवर्ष मात्रै विनय इन्टरनेशनल, हिमाल मेनपावर साथै मेनपावर सम्बन्धी काम गर्ने अन्जना शाह मार्फत नेपालीहरु यस कम्पनीमा आइपुगेको यहाँस्थित नेपालीहरु बताउँछन्।
COMMENTS