Null

स्कटिसको अनुसन्धानमा नेपालीलाई अवार्ड

Nepali awarded in Scottish

घरबारबिहीन स्कटिसहरुको स्वास्थ्यबारे उत्कृष्ट अनुसन्धान गर्ने नेपालीसहितका खोजकर्ताले अवार्ड जितेका छन् । रोबर्ट गोर्डन युनिभर्सिटीमा प्राध्यापनमा संलग्न प्रमुख अनुसन्धानकर्ता डा. विभु पौडेलले विजेता समूहको तर्फबाट एनएचएस स्कटल्याण्ड अवार्ड ग्रहण गरे ।

कुल ५९ प्रिजेन्टेसनमध्ये रोबर्ट गोर्डन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुको समूह र एनएचएस ग्राम्पियन कर्मचारीले ‘पर्सन सेन्टर्ड केयर’ क्याटेगोरीमा अवार्ड जितेका हुन् ।

एनएचएस स्कटल्याण्डका चिफ एक्जुकेटिभ पल ग्रेले हालै ग्लास्गोमा आयोजित एक समारोहबीच प्रमुख अनुसन्धानकर्ता पौडेललाई अवार्ड प्रदान गरेका थिए । उक्त समारोहलाई सम्बोधन गर्दै डेपुटी फष्ट मिनिस्टर एवं ‘क्याबिनेट सेक्रेटरी फर फाइनान्स’ जोन स्वीने एमएसपीले विजेतालाई बधाई दिए ।

उक्त संयुक्त अनुसन्धानका लागि म्यारीवेल होमलेस् हेल्थ केयर सेन्टर एवरडिन र एवरडिन सिटी कम्युनिटी हेल्थ पार्टनरसीपका खोजकर्ताहरु प्राध्यापक डेरेक स्टेवार्ट, डा. केटी म्याकलुर, डा. क्यारोल बुखानन, लिज विल्सन् र जोन म्याक लियोड संलग्न थिए ।

प्रमुख अनुसन्धानकर्ता पौडेलले आफूहरुको अध्ययनले एवरडिनका घरवारबिहीन समुदायमा औषधि व्यवस्थापनका चुनौती र उनीहरुको स्वास्थ्य जोखिम एवं सेवा पहुँचमा भोगिरहेको समस्या उजागर गरेको बताए ।

उनीहरुको अनुसन्धानको विषय ‘होमलेस् प्यासेन्ट्स एण्ड दियर मेडिसिन्स, एक्सप्लोरिङ एक्सपेक्टेसन्स्, बिलिफ्स एण्ड बिहेवियर्स’ थियो ।

अध्ययनले एवरडिनस्थित घरवारबिहीन स्कटिसहरुले कसरी औषधोपचार गराइरहेका छन् भन्नेबारे दर्शाएको छ । घरवारबिहीनहरुलाई स्वास्थ सेवा प्रदायकसम्म पुग्न यातायात सुविधा अभाव र उनीहरुले औषधोपचार भन्दा बासस्थानमा बढी प्राथमिकता दिनुपरेको अध्ययनले उजागर गरेको छ ।

औषधि राख्ने उचित स्थान नहुँदा चोरी हुने वा हराउने र कतिपयले मोजामा राख्ने गरेको समेत अध्ययनमा पाइएको छ ।

अवार्ड ग्रहणपछि पौडेलले यस क्षेत्रमा थप अनुसन्धानका लागि प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । अर्का खोजकर्ता एनएचएस ग्राम्पियनका लिड फार्मेसिस्ट जोन म्याक लोयडले आफूहरुको अनुसन्धान राष्टिय तहमा मूल्याङ्कन भएकामा प्रसन्नता व्यक्त गरे ।

पौडेलले सन् २०११ मा रोबर्ट गोर्डन युनिभर्सिटीबाटै विद्यावारिधी गरेका हुन् ।

उनी अहिले सोही विश्वविद्यालयमा फार्मेसी प्राक्टिस, स्कुल अफ फार्मेसी एण्ड लाइफ साइन्सेस्का प्राध्यापक छन् ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: स्कटिसको अनुसन्धानमा नेपालीलाई अवार्ड
स्कटिसको अनुसन्धानमा नेपालीलाई अवार्ड
Nepali awarded in Scottish
http://3.bp.blogspot.com/-dsA-cqG7H3U/U_CgntGRzlI/AAAAAAAAKrM/X69_MJDrods/s320/europenepal%2Blogo.jpg
http://3.bp.blogspot.com/-dsA-cqG7H3U/U_CgntGRzlI/AAAAAAAAKrM/X69_MJDrods/s72-c/europenepal%2Blogo.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/08/Nepaliawarded-Scottish.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/08/Nepaliawarded-Scottish.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy