Null

मलेसियामा ५० नेपाली युवा भोकै मर्ने अबस्थामा

50 Nepalese Youth workers facing Big Problem In Malaysia




काठमाडौंको राज ओभरसिज मौन
मलेसियाको बन्दराटेक भन्ने ठाऊँमा कार्यरत ५० जना नेपालीहरुले ह ८ महिनादेखी तलब पाएका छैनन् । काठमाडौंको राज ओभरसिज बाट १७ महिना अघि रोजगारीकालागी मलेसियाको बन्दराटेक भन्ने ठाऊँमा आएका उनिहरुलाई रोजगारदाता कम्पनी बेगन कन्ट्रक्सनले सन् २०१५ को जनवरी महिनादेखी बिना तलब काम गराइरहेको छ ।


मलेसियामा ८ महिनादेखी तलब नपाएर चिन्चित बनेका नेपाली कम्पनीले बिगत ८ महिनादेखी तलब नदिएर काम गराइरहेको र तलब माग्दा कम्पनी संचालकले उल्टै गाली गलोज गरी मानसिक यातना दिने गरेको दिक्तेल ९ खोटाङका गोविन्दप्रसाद आचार्यले बताए । ‘हामीलाई कम्पनीले पैसा नदिएर काम गराइरहेको छ’आचार्यले भने,‘हामी अब काम गर्न सक्ने अवस्थामा छैनौं ।’ काम गरेको तलब नपाउदा घरमा रहेका परिवारको लालनपालन र छोराछोरीको पढाई खर्च ब्यहोर्न नसकिएको उनको गुनासो छ । ८ महिनादेखी तलब नपाउदा घरायसी समस्याले गाजेको सुनसरीका मदनबहादुर राउतको गुनासो छ । ‘तलब नपाएको ८ महिना भैसक्यो । घरायसी समस्याले पीरोलेको छ ।’ दुई छोराछोरी,श्रीमती र बावुआमालाई घरमा छोडेर पैसा कमाउन मलेसिया आएका राउतले भने,‘घरमा श्रीमती,छोराछोरी र बावुआमा भोकै बस्नुपर्ने अवस्था आइसक्यो ।’ कम्पनी भीत्रै रहेको क्यान्टीनमा उधारो खाना खाने गरेको र अब क्यान्टीन संचालकले बाकी रकम भुक्तानी नगरे खान नदिने चेतावनी दिएको उनले बताए ।


आफूहरु निकै पीडाका बिच काम गरिरहेकाले अब बिना तलब काम नगर्ने मनस्थितीमा पुगेको दिक्तेल ९ खोटाङका इन्द्रबहादुर भुजेलले बताए । उनले मलेसिया आएर नर्क आएको अनुभुती भएको भन्दै अब यो नर्कमा नबस्ने बताए । ‘हामी अचेल मलेसिया नामको नर्कछौं ।’ उनले भने,‘अब नर्कबाट मुक्त हुन चहान्छौं ।’

आफूहरुले अब काम गर्न नसक्ने र ८ महीनाको बाकी तलब दिलाएर नेपाल पठाउन सहयोगका दूतावाससंग सहयोगको पहल गरिदिन पीडीत नेपालीले आग्रह गरे ।


मलेसियास्थित नेपाली दूतावासका श्रमसहचारी बुद्धीनाथ भट्टराइले कामदार,कामदार पठाउने म्यानपावरका संचालक र कम्पनी संचालकसंग सामुहिक छलफल गरेर समस्याका समाधान गरिने प्रतिक्रिया दिएका छन् ।

 - गोविन्द आचार्य बाट

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: मलेसियामा ५० नेपाली युवा भोकै मर्ने अबस्थामा
मलेसियामा ५० नेपाली युवा भोकै मर्ने अबस्थामा
50 Nepalese Youth workers facing Big Problem In Malaysia
http://2.bp.blogspot.com/-aTXQX3_7WxY/UQpn5o4nGCI/AAAAAAAAEHY/RC5BAFZNnu8/s1600/KLCC_malaysia.jpg
http://2.bp.blogspot.com/-aTXQX3_7WxY/UQpn5o4nGCI/AAAAAAAAEHY/RC5BAFZNnu8/s72-c/KLCC_malaysia.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/08/Nepalese-Youth-Malaysia.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/08/Nepalese-Youth-Malaysia.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy