Irregularities Mystery of Agricultural Development Bank almost 34 Cror Nrs. including the Nepali who holding Portugeese Resident card.
कृषि विकास बैंकको स्वयम्भूस्थित बैंकिङ कार्यालयबाट कीर्ते गरी झण्डै ३४ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नौ जनालाई पुनरावेदन अदालत, वाणिज्य इजलास, पाटनमा आज पेश गरेको छ।
गत वर्ष असोज महिनामा चार जनाको काल्पनिक नाममा कीर्ते कागजात पेश गरी रेमिट खाता खोलिएका थिए। त्यसमा लेखापाल गीता पन्त र शाखा अधिकृत केदार प्रसाद गौतमको क्रमश: In putter र Authorizer को पासवर्ड प्रयोग गरी रेमिटेन्सको रुपमा देश भित्रका विभिन्न १७ वटा Core Banking System (CBS) लागू नभएका कृषि विकास बैंकका शाखाहरुबाट रकम आएको देखाई रकम ट्रान्सफर गरिएको थियो।
त्यसरी जम्मा भएको रकम कृषि विकास बैंकको उपत्यकाका विभिन्न ७ शाखामा त्यसैगरी काल्पनिक नाममा कीर्ते नागरिकता प्रमाण-पत्र पेश गरी खोलिएका १० खाताहरुमा ट्रान्स्फर गरिएको थियो भने कृषि विकास बैंक बाहेकका अन्य ७ वटा बैंकहरुमा त्यसैगरी खोलिएका नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक-पटक कुल ५५ कारोबार गरी चेक मार्फत रकम भुक्तानी लिई बैंकलाई कूल रु. ३३,८२,००,५७८/४२ ( ३३ करोड ८२ लाख ५ सय ७८ रुपैंया ४२ पैसा) हानी-नोक्सानी पुर्याएको ब्युरोले जनाएको छ।
यी हुन् पक्राउ परेका
यसरी झुक्याएका थिए केदारप्रसाद गौतमले
केदार प्रसाद गौतमले आफ्नी श्रीमती सम्झना पोखरेललाई अमेरिकी डि.भी. चिठ्ठा परेको र केही समयपछि कार्यालयबाट राजिनामा गरी सपरिवार अमेरिका जाँदैछौं भनी आफु कार्यरत स्वयम्भू शाखा, कृषि विकास बैंकको मुख्य कार्यालयका सहकर्मी तथा आफ्ना नजिकका आफन्तहरुलाई जानकारी गराएको ।
योजना मुताबिक नै २०७१ चैत्रमा श्रीमती सम्झना पोखरेल र छोराछोरी समेत अमेरिका तर्फ उडेको भनी हल्ला चलाई भारतको पश्चिम बंगाल राज्यको दार्जलिङ जिल्लाको सिलिगुढीमा अपार्टमेन्ट भाडामा लिई छोरालाई त्यहींको स्कूलमा भर्ना गरी बसोबासको व्यवस्था मिलाएको ।
राजिव थापा भन्ने कृष्णहरि थापाको सहयोगमा आफुले प्रेम शर्माको नाममा तथा श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय राशनकार्ड बनाएको र त्यसैको आधारमा बैंक खाता समेत खोलेको तथा जग्गा जमिन समेत खरीद गरेको हुनसक्ने ।
श्रीमतीलाई भारतमा पठाएपछि आफु लाजिम्पाट, काठमाडौंमा अपार्टमेन्ट भाडामा लिई कान्छी श्रीमती जेनी श्रेष्ठसँग बसोबास गर्ने गरेको ।
पोर्चुगलको Resident Card धारी झापाकी जेनी श्रेष्ठसँग विवाह गरी तेज बहादुर थापा कै नामको राहदानी मार्फत युरोप जाने तयारीमा रहेको तर आफन्तजन र साथीहरुलाई आफु अमेरिका जाँदैछु भन्ने सन्देश दिन आफ्नो तथा श्रीमतीको नाममा रहेको चल, अचल सम्पत्ति बिक्री गरेको, सापटी लिएको रकम केही फिर्ता गरेको ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु तथा लेखनदास समेतको कीर्ते कागजात खडा गरी तेज बहादुर थापाको नाममा नागरिकता प्रमाण-पत्र र राहदानी प्राप्त गरी आफुलाई केदार प्रसाद गौतमबाट तेज बहादुर थापामा परिणत गरेको ।
तेज बहादुर थापा कै नाममा प्रतिवादी केदार प्रसाद गौतमले सेन्चुरी बैंक, भक्तपुर शाखामा खाता खोली रु. ३५ लाख भन्दा बढी रकम जम्मा गरेको ।
स्रोत बिजमानडु
COMMENTS