Null

आजबाट खाडी मुलुकमा जान निशुल्क भिषा र टिकटको व्यवस्था

Free Visa,Ticket For Gulf Countries from Nepal

अब नेपाली कामदारले मलेसियासहित ६ खाडि मुलुकमा जान निशुल्क भिषा र टिकट पाउँने भएका छन् । सोमबारबाट लागु हुनेगरी श्रम मन्त्रालयले यस्तो व्यवस्था लागु गरेको हो । म्यानपावर व्यवसायीहरुको चर्को विरोधका बाबजुत श्रम मन्त्रालयले आजदेखि मलेसियासहितका ६ वटा खाडी मुलुकमा न्युनतम कामदार पठाउने निर्णय लागू गरेको छ ।

 बहराइन, कतार, साउदी अरब, दुबई, ओमान, कुवेत र मलेसियामा काम गर्न जाने कामदारहरुका लागि निशूल्क भिषा र टिकटको व्यवस्था नभइ पूर्व स्वीकृति नदिइने श्रम मन्त्रालयले जनाएको छ । यी देशहरुमा जाने कामदारहरुको तलवबाट कुनै खर्च नकटाउने शर्तमा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने व्यवस्था मिलाउने भएको छ । असार १० गते नै सूचना जारी गरेर उसले आजदेखि न्युनतम लागतमा कामदार विदेश पठाउने निर्णय कार्यान्वयन हुने जानकारी गराएको थियो । 

म्यानपावर व्यवसायीहरुले भने यसको विरोध जनाउँदै कुनै पनि हालतमा त्यो लागू हुन नदिने बताएका थिए । प्रधानमन्त्री सुशील कोइरालाले पनि घुमाउरो पारामा सो निर्णय स्थगित गर्न आग्रह गरेका थिए । कामदार रोजगारका लागि छनोट भएपछि उसको जीवन वीमा, अभिमुखिकरण तालिम र स्वास्थ्य परीक्षण गराउने कार्यमा इजाजतपत्र संस्थाले नै सम्वन्धित संस्थाहरुमा उपस्थित गराउनुपर्ने व्यवस्था छ । तर श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले ६ महिनादेखि गृहकार्य गरेर सो नियम ल्याएको भन्दै नरोक्ने बताउँदै आएका थिए । 

सोमबारबाट न्युनतम लागतमा कामदार विदेश पठाउने निर्णय कार्यन्वयन भएको छ । यसमा इजाजत पत्रप्राप्त संस्थाले सेवा शुल्क तथा प्रवद्र्धन खर्चवापत १० हजार रुपैयाँसम्म शूल्क भने लिन पाउने छन् । तर, यसको रसिद अनिवार्य हुनेछ । यो व्यवस्थासँगै मलेसिया तथा अन्य खाडी मुलुक जाने कामदारको अधिकतम लागत ७० देखि ८० हजार रुपैयाँ तोकिएको व्यवस्था खारेज भएको छ ।
comment US

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: आजबाट खाडी मुलुकमा जान निशुल्क भिषा र टिकटको व्यवस्था
आजबाट खाडी मुलुकमा जान निशुल्क भिषा र टिकटको व्यवस्था
Free Visa,Ticket For Gulf Countries from Nepal
http://3.bp.blogspot.com/-ofBL-86XjUQ/VZp8c6xinhI/AAAAAAAALRc/BCOnxzChGtU/s1600/bides-yatra.jpg
http://3.bp.blogspot.com/-ofBL-86XjUQ/VZp8c6xinhI/AAAAAAAALRc/BCOnxzChGtU/s72-c/bides-yatra.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/07/free-visa-ticket-nepal-gulf.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/07/free-visa-ticket-nepal-gulf.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy