Null

दुबई अस्पतालमा नेपाली चेली मृत्युको दोसाँधमा, सहयोग को लागि अपिल

A Nepali woman is in critical situation in Dubai Hospital, Looking for Help !


सधैं सबैको एउटै दिन हुन्छ भन्ने कहाँ छ र ? सधैं राम्रै मात्र हुन्छ भन्ने पनि हुँदैन । मान्छेको जीबन हो श्वस्थ हुने प्रयास र कामना गर्दा गर्दै पनि बेलाबखत बिरामी भईहालिन्छ । सामान्य बिमारी भए त ठिकै छ ठुलो बिमार लागे के गर्ने ? दुई चार सय खर्च भए पनि ठिकै छ हजारौं खर्च भए के गर्ने ?

यस्तै समस्यामा परेका छन नवलपरासी गैंडाकोट घर भई हाल दुबईमा कार्यरत २९ बर्षीय श्रीमती रेणु शर्मा पौडेल र उनकी श्रीमान सुबर्ण गैरे । दुबईमा कार्यरत श्रीमती रेणु शर्मा अहिले ...अज्मानको जीएमसी अस्पातलमा मृत्‍यु र जीबनको दोसाँधमा मृत्‍यु सँग पौठेजोरी खेल्दै छिन । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार गरिदैछ ।

बिगत ८-१० बर्ष देखी दुबईको एक कम्पनीमा सुपरभाईजर पदमा कार्यरत सुबर्ण गैरेले आफ्नी श्रीमतीलाई दुबई नै बोलाए र सँगै राखे । श्रीमतीलाई सानो तिनो जागिर पनि खोजी दिए । दुबै जना हाँसीखुसी दुबईका रङीन दिनहरु बिताउदै थिए ।


यसै बिच रेणु शर्मा दोस्रो पल्ट दुई जीउकी भईन । उनीहरुमा खुशीको सिमा थिएन । सुबर्ण रेणुको हेरबिचार गरिरहन्थे । बेलाबेलामा स्वास्थ्य परिक्षण पनि गरिरहन्थे । सबै राम्रै बितिरहेको थियो ।

गत हप्ता रेणुलाई बेस्सरी ज्वरो आयो । जुलाई १० तारिकको दिन ६ महिना कि दोजिया रेणुलाई उनका श्रीमानले दुबईको थुम्बे अस्पतालमा पुर्याए । परिक्षणको क्रममा रेणुको ब्लडमा सुगरको मात्रा धेरै देखियो । सुबर्णका अनुसार सुगरको लेभल ३५० भन्दा बढी देखिए पछी डाक्टरले तुरुन्त भर्ना गर्न सल्लाह दिए । उनले रेणुलाई अस्पतालमा भर्ना पनि गरे ।

रेणुको अवस्थामा सुधार आउनुको सट्टा अन्य समस्याहरु थपिदै गए । थप परिक्षण गर्दा ब्लड र मृगौलामा पनि सन्क्रमित भएको देखियो । उनी अरु सिकिस्त बन्दै गईन । उनलाई आईसियुमा भर्ना गरियो । श्वासप्रश्वासमा समस्या देखिए पछी हाल उनलाई भेन्टिलेटेरको सहायताले श्वास प्रश्वास गराइरहेको उनका श्रीमानलाई उद्द्रित गर्दै पत्रकार गीतामणीले जानकारी दिएका छन ।

जुलाई १० देखी १५ तारिक सम्म झन्डै ५० हजार दिर्हाम ( नेपाली साढे १३ लाख रुपैयाँ) खर्च भईसकेको छ । हिजो बेलुकी मात्र थुम्बे अस्पतालले रेणुलाई थप उपचार गर्नलाई जीएमसी अस्पतालमा पठाएको छ ।

साथीभाइको सहयोगमा उनले थुम्बे अस्पताललाई ३६ हजार दिर्हाम बुझाए पनि ८ हजार भने तिर्न सकेनन । उनको गच्छेले भ्याएन । मानबियताको दृष्‍टिले अस्पतालले साथीभाइको रोहभरमा ८ हजार दिर्हाम पछी तिर्ने गरी उनलाई अज्मानको जीएमसी अस्पतालमा पठाएको हो ।

जीएमसी अस्पतालमा ५ हजार दिर्हाम बुझाएर हाल रेणुको जीबन जीएमसीका डाक्टरको हातमा सुम्पिएको छ । उनको उपचारमा दैनिक हजारौ खर्च भईरहेको छ । अब कती खर्च हुने हो अनुमान लगाउन गार्हो छ ।

यस्तो समस्या तपाईं हामीलाई आई नपर्ला भन्ने केही ग्यारेन्टी छ र ? २ दिनको चोला न हो, यस्तो समस्या तपाईंलाई पनि आयो भने कसलाई गुहार्ने? आउनुस् हातमा हात मिलाऔ, तपाईंले गरेको सानो सहयोगले कसैको जीबन बचाउन सकिन्छ भने किन सहयोग नगर्ने ? प्रबासमा हाम्रो एकता देखाउने यो भन्दा अर्को उत्तम मौका के होला र ?

रेणुका श्रीमान सुबर्ण गैरेले तपाईं हामी सँग सहयोगको याचना गरेका छन । कृपया युएई तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगको लागि अपील गर्दछौ ।

संपर्क : रमेश अधिकारी (००९७१ ५० ४६०७६११) । रकम सहयोगको लागि तलको खाता प्रयोग गर्न सक्नु हुनेछ ।
Ac number : 17105532
Abudhabi Islamic Bank
name : subarna ghaire

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: दुबई अस्पतालमा नेपाली चेली मृत्युको दोसाँधमा, सहयोग को लागि अपिल
दुबई अस्पतालमा नेपाली चेली मृत्युको दोसाँधमा, सहयोग को लागि अपिल
A Nepali woman is in critical situation in Dubai Hospital, Looking for Help !
http://4.bp.blogspot.com/-JQz1zOxLl4U/Vagwjfad7xI/AAAAAAAALTo/4ukV_kgiaNQ/s1600/renu%2Bdubai.jpg
http://4.bp.blogspot.com/-JQz1zOxLl4U/Vagwjfad7xI/AAAAAAAALTo/4ukV_kgiaNQ/s72-c/renu%2Bdubai.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/07/Nepali-woman-Dubai-hospital.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/07/Nepali-woman-Dubai-hospital.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy