Null

युएईमा मृत्युदण्ड सुनाइएका खालिङ नेपाल फर्किए

Anish Khaling Rai is back from (UAE) Jail after paying ‘blood money’ Rs 10 million.


सन् २०१२ सेप्टेम्बर २ तारिखमा पाकिस्तानी नागरिक धनदुल खान मसालको हत्याको अभियोगमा युएईको जेलमा रहेका मत्स्यपोखरी–३, संखुवासभाका अनिस खालिङ राई रिहा भएका छन्।

स्थानीय प्रशासनले उनलाई असार २३ बुधबार फ्लाई दुबईमार्फत् नेपाल पठाइसकेको छ।

समलिंगी सम्पर्क गर्न दबाब दिएपछि सहकर्मी पाकिस्तानी नागरिकको हत्या आरोपमा राईलाई यूएईको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। तर उच्च अदालतमा रहेको अपिलका आधारमा पाकिस्तानी परिवारवाई मृत्युको बदला मृत्यु वा ब्लडमनी भन्ने छनोट गर्न विकल्प दिएको थियो। अन्ततः तीन लाख दिराम्स (नेपाली र पाकिस्तानी रुपैयाँ करिब ८० लाख) मृतक खानको परिवारले स्वीकार्ने बताएपछि राई मृत्युदण्डको सजायबाट बचेका थिए।

ब्लडमनी तिरेपछि पनि निश्चित समय जेल बस्नै पर्ने सरिया कानुन अनुरुप राई रिहाईको प्रतीक्षामा थिए। पवित्र महिना रमजानको शुभ अवसर पारेर अनिसलाई केही समय छुट गरी रिहा गरिएको बताइएको छ।
गत २ जुलाईमा अबुधाबीको कैदी रिहा सेन्टरमा अनिस पुगेका थिए। अनिस राई बचाउ समिति यूएईका संयोजक समेत रहेका एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसालले एक हप्ताअघि नै अनिस राई जेलमुक्त हुने संकेत गरेका थिए। जेलबाटै स्थानीय प्रशासनले अनिसलाई जुलाई ८ तारिख (असार २३ गते) बुधबार नेपाल फिर्ता पठाएको हो।

कुनै पनि कसुर प्रमाणित भई जेल बसेको जोकोही नागरिकलाई जेलमुक्त भएपछि सिधै सम्बन्धित देश पठाइने स्थानीय कानुन अनुरुप अनिस बुधबारै नेपाल पुसिसकेका छन्। 

राईलाई मृत्युदण्डबाट बचाउन विश्वभरि छरिएका नेपालीहरुले आर्थिक सहयोग संकलन गरेका थिए। एनआरएन युएईले अनिसको रिहाईका लागि रकम संकलन अभियानको नेतृत्व गरी युएईबाट मात्र २५ लाख नेपाली रुपैयाँ नेपालस्थित अनिस बचाउ मूल समितिलाई बुझाएको थियो। विश्वभरिका नेपालीहरुले चन्दा संकलन गरी जम्मा गर्दा आवश्यक रकमको चार गुणा बढी करिब ३ करोड १७ लाख नेरू जम्मा भएको थियो।
अनिसकै काका नारद राईको अध्यक्षतामा गठन भएको अनिस राई बचाउ मूल समिति काठमाडौंले अनिसको सजाय माफीका लागि आवश्यक अर्थ संकलनदेखि, अनिसको उद्धारका लागि विभिन्न प्रशासनिक कार्य लगायत परिवारको रेखदेख गर्दै आएको थियो।

समितिले अनिसको उद्धारकार्यमा भएका प्रगतिविवरणहरु र अतिरिक्त रकमबारे एक ट्रस्ट स्थापना गरी अनिसको जस्तै समस्यामा परेका नेपालीहरुको उद्धारका लागि खर्च गरिने प्रतिबद्धता गरेको छ ।

तर, अनिसको नाममा रहेको ब्लडमनी पनि तिर्नु नपरेको यूएईका लागि नेपाली राजदूत धनन्जय झाले यस अघि नै बताइसकेका छन्। उक्त रकम तिर्न दूतावासका प्रतिनिधि अदालत जाँदा ‘पैसा पहिले नै प्राप्त भएको’ पत्र दूतावासलाई दिइएको थियो । ‘अदालतले अनिस जेल परेको तीन महिनाकै अवधिमा उक्त रकम जम्मा भएको लिखित पत्र दूतावासले पाएको छ,’ राजदूत झाले भने, ‘नेपालबाट आएको पैसा नेपालमै फिर्ता पठाइएको छ।’ कारागार स्रोतलाई उद्धृत गर्दै उक्त पैसा यूएईका डेपुटी प्रधानमन्त्री सेख मन्सुर बिजाद अल नायनको कल्याणकारी फन्डले तिरिदिएको अनिस बचाउ अभियानमा सक्रिय निश्चल निङलेखुले जानकारी दिएका छन् । 

अनिसका काका  नारद राई र श्रीमती रमिता राईका नाममा ग्लोबल आईएमई बैंक, चाबहिल, काठमाडौंमा अनिसको मुक्तिका लागि संकलित करिब २ करोड १९ लाख नेरु नेपाली रुपैयाँमात्र रहेको जानकारी पारिवारिक स्रोतले दिएको छ । ब्लडमनीका लागि यूएई पठाइएको करिब ८० लाख नेपाली रुपैयाँ तिर्नु नपरेपछि दूतावासले फिर्ता गरेको बताए पनि सम्बन्धित व्यक्तिको खातामा उक्त रकम नपुगेको अध्यक्ष राईले बताएका छन् ।

अभियानका सञ्चार संयोजकका रुपमा नेपालमै कार्यरत प्रकाश खालिङले अनिसको नाममा उठेको रकम एक रुपैयाँ पनि हिनामिना नगर्ने बताए पनि प्रशासनिक खर्च, मसलन्द लगायत अन्य शीर्षकमा करिब २० लाख अतिरिक्त खर्च हुन सक्ने अध्यक्ष राईले बताएका छन्।

अनिसको सहयोगका लागि जम्मा भएको उक्त रकम अनिसजस्तै समस्यामा परेका विश्वका भिभिन्न देशमा रहेका नेपालीहरुका लागि खर्च गरिने समितिले यस अघि नै प्रतिबद्धता जनाइसेको छ । नेपाल पुगिसकेर अनिसले पनि आफूजस्तै अन्यायमा परेका मानिसहरुको सहयोगका लागि बाकी जीवन अपर्ण गर्ने प्रतिक्रिया दिएका छन् ।
-सेतोपाटि

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: युएईमा मृत्युदण्ड सुनाइएका खालिङ नेपाल फर्किए
युएईमा मृत्युदण्ड सुनाइएका खालिङ नेपाल फर्किए
Anish Khaling Rai is back from (UAE) Jail after paying ‘blood money’ Rs 10 million.
http://4.bp.blogspot.com/-hYa7hoKTFr0/VZ5l9qqoWWI/AAAAAAAALRw/jLwOCfaqxtA/s1600/khaling%2Bback%2Bfrom%2Buae.jpg
http://4.bp.blogspot.com/-hYa7hoKTFr0/VZ5l9qqoWWI/AAAAAAAALRw/jLwOCfaqxtA/s72-c/khaling%2Bback%2Bfrom%2Buae.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/07/Anish-Khaling-Rai-back-nepal.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/07/Anish-Khaling-Rai-back-nepal.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy