India sending out of dated product for earthquake victims in Nepal
भुकम्प पिडीतहरुका लागी दातृ निकायवाट आएको राहत सामग्री अखाद्य भएको पार्ईएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागको टोलीले विहीवार परिक्षण गर्दा भारतवाट आएको ढुसी परेको पाउरोटी,परौठा र सिंगापुरवाट आएको मिति नाघेको चाउचाउ अखाद्य भएको फेला पारेको हो ।
केही खाद्य तथा पेय पदार्थ समेत म्याद नाघेको (डेट एक्सपायर्ड) भेटिएपछि नष्ट गरिएको खाद्य प्रविधि तथा नियन्त्रण विभागले जनाएको छ। भारतको मुजफ्फरपुरमा उत्पादीत वैशाली व्राण्डको एक हजार प्याकेट पाउरोटी ढुसी परेको भन्दै विभागले नष्ट गरेको छ । त्यस्तै भारतले कार्गो मार्फत पठाएको एकहजार किलो परौठा लेवल नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खाद्य निरीक्षण ईकाईले नष्ट गरेको छ ।
Some foods and beverages, including overdue (expired date) have been found and destroyed according to the Department of Food Technology and control. East India utpadita a thousand packets of bread mold Vaishali brand has been destroyed DRI. Similarly, India has sent a thousand kilos of cargo through the level without saying Folk Food Inspection ikaile Tribhuvan International Airport is destroyed.
भारतवाटै ल्याईएको लापोज ब्राण्डको पेय पदार्थको प्याकेट बिग्रीएको भन्दै ३३ काटुन पेय पदार्थ वितरणमा रोक लगाईएको छ । साथै राहतकै लागि ल्याइएका सिङ्गापुरमा उत्पादित कोका ब्राण्डका ४३ कार्टुन चाउचाउ उपभोग्य मिति समाप्त भएकाले धुल्याइएको छ। भारतबाट ल्याइएका वाराणसीमा उत्पादित लापुज ब्राण्डको सिन्थेटिक म्याङ्गो ड्रिङ्कको प्याकेट बिग्रेकोले ३३ कार्टुन वितरणमा रोक लगाइएको छ।
विभागमा उजुरी परेअनुरूप विभागको अनुगमन टोलीले सक्षम फुड एण्ड बेभरेज प्रा लि, भैँसेपाटीस्थित उद्योगबाट उत्पादित प्रशोधित पानी एक्वा बेस्ट २० लिको जारमा फोहोर देखिएको उजुरीउपर छानबिन गर्दा उक्त उद्योगले खाद्य ऐन, २०२३ अनुसार लिनुपर्ने अनुज्ञापत्र नलिएकोले उक्त उद्योगको उत्पादनमा रोक लगाइएको तथा उद्यमीलाई आवश्यक कारबाहीका लागि विभागमा उपस्थित हुन पत्र बुझाइएको छ। साथै एक्वा बेस्ट बिक्री गर्न राखिएको ४ थान जारमा सिल गरिएको छ।
COMMENTS