The youngest director selfe name written in the Guinness Book
नेपालका आठ वर्षे वालक सौगात विष्टले फिचर फिल्म ‘लभ यु बाबा’ निर्देशन गरेर विश्व कीर्तिमान कायम गरेका छन् । कम उमेरमै सिनेमा निर्देशन गरेर विश्व कीर्तिमान कायम गर्ने उनी पहिलो नेपाली निर्देशक हुन् ।
कम उमेरमा फिल्म निर्देशन गरेको भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले सौगातलाई ‘योङगेस्ट फिल्म डाईरेक्टर‘को उपाधि दिएको छ ।
गिनिजमा लेखिएको छ ‘सौगात विष्ट ब्यवसायिक रुपमा फिचर फिल्म बनाउने कान्छा निर्देशक हुन् । उनले निर्देशन गरेको फिल्म रिलिज हुँदा उनी आठ वर्षका थिए । १२ डिसेम्बर २०१४ मा उनको फिल्म रिलिज हुँदा सौगातको उमेर ७ वर्ष ३ सय ४० दिन थियो ।
![]() |
फोटो साभार - अनलाइन खबर |
Guinness is written as a tribute Bista business youngest director of feature film making. He was eight years old when he directed the film release. 12 December 2014 when his film release selfe age was 7 years 3 hundred and 40 days.
सौगातले नेपाल चलचित्र निर्देशक समाजको सदस्यता पनि लिएका छन् । नायक गजित बिष्टका छोरा सौगातले भारतीय एक वालक निर्देशकको रेकर्ड तोडेका छन् ।
सौगातले गिनिज बुक वर्ल्ड रेकर्ड कायम गरेको विषयमा उनका बुबा एवं नायक गजित विष्टले केही बोल्न चाहेनन् ।
COMMENTS