Null

अनाथ बालबालिकाको आश्रय ‘माया घर’ को आर्थिक सहायता लागि सांगीतिक कार्यक्रम हुने

Musical Program Organised For the Charity to Maya Ghar - Orphans Children in Kuleswor

कुलेश्वरमा रहेको माया घरका लागि आर्थिक सहायता गर्ने उद्देश्यले आगामी वैशाख १ गते सांगीतिक कार्यक्रम हुने भएको छ ।

Musical Program Organised For the Charity to Maya Ghar - Orphans Children in Kuleswor

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अनाथ बालबालीकाका लागि उचित पालनपोषण, शिक्षा, उपचार उपलब्ध गराउने तथा आमाबुवासँग विछडिएको बालबच्चाहरुलाई पूर्नमिलन गराउने उद्देश्यले स्थापना भएको माया घरको सामाजिक स्तरोन्नती हासेर आर्थिक सहयोग गराउने उद्देश्यले उक्त सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको मेट्स इभेन्ट प्रिजेन्ट्सका प्रवन्ध निर्देशक सन्दीप बस्नेतले जानकारी दिए ।

Reporters Club Nepal, a press conference for orphan balabalikaka proper upbringing, education, treatment will be provided and installed amabuvasamga vichadieko after your children love her intention purnamilana hatticon economic cooperation in the house, the objective of social upgraded to organize the musical program prijentsaka Managing Director Sandeep Singh Basnet information about the Mets Event the.

माया घरका लागि आयोजना हुने सांगीतिक कार्यक्रमका इभेन्ट अर्गनाइजरसमेत रहेका बस्नेतले भने, “माया घरको स्तरोन्नतिका लागि हुने उक्त सांगीतिक कार्यक्रममा रविन एण्ड दि न्यू रिभोलुसन्, नविन के. भट्टराई, ईन्दिरा जोशी, भद्रगोल, रेस्मा सुनुवार, युवराज चौलागाई, स्वेता उप्रती लगायतले आफ्नो प्रस्तुती दिनेछन् । ”

लण्डनवाट अध्ययन गरेर नेपाल फर्किएका उनले माया घरलाई आर्थिक सहयोगरि बालबालिकाको दुई छाक खान, शिक्षा, स्वास्थ्य लगायत अन्य आवश्यक कुराका लागि उक्त सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको स्पष्ट पारे ।

टुहुरा बालबालिकाको उद्धार गरि उनीहरुलाई शिक्षा दिने उद्देश्यले २०६७ सालमा माया घरको स्थापना गरेको संस्थाकी अध्यक्ष दुर्गा आचार्यले बताईन् । क्याम्पस अध्ययन गर्दादेखी नै सडक पेटीमा सुत्ने बालबालिकाका लागि केही गर्ने भावना जागेका स्मरण गर्दै उनले भनिन्–‘माया घर मेरो सुन्दर संसार हो भने मेरा लागि यी सबै बालबालिकाहरु चाहीँ सन्तान हुन् ।”



स्कुल अध्ययन गर्दादेखी नै नेपाल रेडक्रस सोसाइटीको जुनियर सदस्य समेत रहेकाले माया घर दर्ता गर्न सजिलो भएको अनुभव समेत उनले सुनाईन् । उनका अनुसार माया घरमा हाल २५ जना टुहुरा बालबालिका बस्दै आएका छन् । जसमध्ये ९ जना छोरी र १६ जना छोराहरु रहेका छन् ।

२५ जना बालबालिकाका लागि मासिक न्यूनतम १ लाख ३० हजार रुपैयाँ खर्च हुने गरेको बताँउदै उनले भनिन्–“२५ जना बालबालिकाको आमा बनेर सेवा गर्दा अधिक खुसी हुन्छु तर आर्थिक अभाव हुँदा ती बालबालिकाका चिन्ताले मनै दुखेर आउँछ ।”

उनले माया घरमा रहेका बालबालिकाका लागि सरकारी, गैर सरकारी संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्न अपिल समेत गरेकी छिन् ।

माया घरलाई नेपाल सरकारले गत वर्ष ४ लाख रुपैयाँ प्रदान गरेको थियो भने यसपालि पनि ३ लाख रुपैयाँ छुट्याएको उनले जानकारी दिईन् ।
उनले पत्रपत्रिकामा बालबालिका अप्ठेरोमा परेको भन्ने जानकारी पाउने वितिकै आफूहरुले सम्बन्धित जिल्लाको प्रशासन, गा.वि.स., उद्धार गरिएको ठाँउको प्रशासनसँग अनुमती लिई ति बालबालिकालाई सरण दिने गरेको बताईन् । त्यसैगरि आमाबुवाले छाडेका, दोस्रो विवाह गरी छाडेका बालबालिकालाई आश्रम दिएको उनले बताइन् ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: अनाथ बालबालिकाको आश्रय ‘माया घर’ को आर्थिक सहायता लागि सांगीतिक कार्यक्रम हुने
अनाथ बालबालिकाको आश्रय ‘माया घर’ को आर्थिक सहायता लागि सांगीतिक कार्यक्रम हुने
Musical Program Organised For the Charity to Maya Ghar - Orphans Children in Kuleswor
http://4.bp.blogspot.com/-yea9CyxrWj8/VO7Z_Et9oAI/AAAAAAAALIc/qpuY4Wdqoco/s1600/Charity-to-Maya-Ghar-musical-concerts.jpg
http://4.bp.blogspot.com/-yea9CyxrWj8/VO7Z_Et9oAI/AAAAAAAALIc/qpuY4Wdqoco/s72-c/Charity-to-Maya-Ghar-musical-concerts.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/02/Charity-to-Maya-Ghar-musical-concerts.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/02/Charity-to-Maya-Ghar-musical-concerts.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy