Null

अमेरिकामा तीन दर्जन बढी नेपाली ठगिए

more than three dozen Nepali in problem In the United States

एक व्यापारिक कम्पनीले तीन दर्जन बढी नेपाली कामदारहरुलाई ठगी गरेको छ । न्युयोर्कको लङ आईल्याण्ड स्थित सफोक काउन्टी अन्र्तगत कोरम र सेन्टर इस्लिपमा संचालित झण्डै दुई दर्जन ग्यास स्टेशनमा कार्यरत नेपालीहरु महिनौं देखिको तलब नदिएर हटाईएको छ । यति धेरै संख्यामा एकैपटक नेपाली आप्रवासी ठगिएको अमेरिकामा यो पहिलो घटना हो । ठगिएको घटनालाई केन्द्रिय जाँच ब्युरो (एफबीआई) लगायत सफोक काउन्टी अन्र्तगतको श्रम विभाग र मानवअधिकार निकायले छानबिन थालेका छन् । सामान्यतया हरेक सातामा पारिश्रमिकको चेक दिईने प्रावधान भए पनि पीडितहरुले ८ देखि २० साता सम्मको पारिश्रमिक पाएका छैनन् ।

A commercial company has three dozen Nepalese worker cheated. Located in New York's Long Island Islip Suffolk County, part of quorum and center around two dozen gas station operated since months salary, and not removed from Nepalis working. So much the number of Nepali migrant cheated once this is the first event in the United States. Thereby the central event Bureau of Investigation (FBI), including Suffolk County, part of the Department of Labor and Human Rights body have started investigation. Usually paid every week to check the detention provision for victims have not received 8 to 20 weeks until the remuneration.

तीन बर्षदेखि लगातार एउटैं ग्याँस स्टेशनमा काम गर्दा समेत ठगिएका शिव बाँनियाले भने 'सुरुदेखि नै दुई महिना अर्थात आठ साता कै पारिश्रमिक धरौटीको रुपमा 'होल्ड’ गर्ने चलन रहेछ । बिस्तारै त्यहि भुमरीमा परियो,पारिश्रमिक माग्दा जागीर छोडे पाईन्छ भनियो तर पाईएको छैन ।’ पारिश्रमिक नदिएर धेरैलाई हटाईएको छ भने कतिले जागीर छोडेर कानुनी बाटो अबलम्बन गरेका छन् ।

सो काउन्टी अन्र्तगतकै एसियाली मुलका अमेरिकीहरुको सल्लाकार समितिको कार्यकारी बोर्ड सदस्य रहेका धनवीर मर्हजनका अनुसार पीडित मध्येका ६ जनालाई जनही १२–१२ हजार अमेरिकी डलर दिईएको छैन् भने बाँकी तीन दर्जन जतिले जनही ६ देखि ८ हजार डलर पाउनुपर्ने देखिन्छ । पीडितहरुको पक्षबाट कानुनी लगायतका अन्य पक्षमा समन्वय गरिरहेका मर्हजनले भने, 'सर्सती हिसाब किताब गर्दा कम्पनीले दर्जनौं नेपालीहरुको दुई लाख ५० हजार डलर हाराहारीको पारिश्रमिक ठगी गरेको छ ।’ पीडित अधिंकाश नेपाली कामदारहरु वैधानिक हैसियतमा त्यहाँ कार्यरत थिए । कानुनी ज्ञानको अभाव एवम पहु“चका अतिरिक्त हिनताबोधले ग्रसित हुदा“ नेपाली आप्राबासीहरुमा यस्ता खाले समस्या आउने गरेको कानुनी व्यबसायी डिल्ली भट्टले बताए ।

बिशेषत भर्खरै नेपालबाट आएका आप्रबासीहरु ठगीको मारमा परेका छन । एक पीडितका अनुसार खासै अंग्रेजी दख्खलता नचाहिने र धेरै काम गर्ने घण्टा पाउने आशामा दर्जनौं नेपालीहरु कम्पनीबाट संचालित गल्फ, मोबिल र एक्सन नामका ती विभिन्न  ग्याँस स्टेशनमा कार्यरत थिए । ज्याक्सन हाईटमा कार्यतर नेपाली रोजगार दाता मार्फत कम्पनीका प्रबन्धक भारतीय मुलका सुधीर कुमारले अधिंकाश नेपालीहरुलाई ती ग्या“स स्टेशनहरुमा काम लगाएका थिए ।

कम्पनी मालिक स्टिभ केस्थगरले तीन साताअघि १५ वटा ग्यास स्टेशन टाट पल्टिएको भन्दै ‘च्याप्टर ११’ अन्र्तगत फेडरल ब्याङकरप्सी कोर्टमा केश फाईल गरेपछि पिडितहरुको पारिश्रमिक थप अन्योलमा पुगेको छ । सो कम्पनीमा थप नौं वटा ग्या“स स्टेशन बन्द भएका छन् । कानुनी ब्यवसायी भट्टका अनुसार ब्याङकरप्सी पछि पनि कामदारहरुले पारिश्रमिक पाउने संभावना रहने गरेको तर त्यसका लागि समय लाग्न सक्छ । भट्टले भने, 'अदालतले गठन गरेको ट्रष्टीको छानबिन पछि ट्रष्टी शुल्क, सरकारी कर पछि पैसा पाउने अधिकार कामदारहरुकै हुन्छ ।’

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: अमेरिकामा तीन दर्जन बढी नेपाली ठगिए
अमेरिकामा तीन दर्जन बढी नेपाली ठगिए
more than three dozen Nepali in problem In the United States
http://2.bp.blogspot.com/-yQc4beMhpR4/VMFXxD3HmCI/AAAAAAAALDs/T4pgS--S_R4/s1600/usa-flag.jpg
http://2.bp.blogspot.com/-yQc4beMhpR4/VMFXxD3HmCI/AAAAAAAALDs/T4pgS--S_R4/s72-c/usa-flag.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/01/nepali-problem-in-usa.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/01/nepali-problem-in-usa.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy