The dead body of Late Alok Nembang in Pragya Pratisthan, Kamaladi for the final tribute. So there are so many supporters who have reached to have a glance of their beloved Alok.
निर्देशक आलोक नेम्वाङको शव श्रद्धाञ्जलीको लागि प्रज्ञाप्रतिष्ठानमा राखिएको छ ।
The dead body of Late Alok Nembang in Pragya Pratisthan, Kamaladi for the final tribute. So there are so many supporters who have reached to have a glance of their beloved Alok.
हिजो साँझ धापासीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको उनको शव पोष्टमार्टमपछि श्रद्धाञ्जलीको लागि प्रज्ञाप्रतिष्ठानमा राखिएको हो ।
दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको तेस्रो चलचित्र ’अझै पनि’ रिलिज हुने तयारीमा छ । उनले सानो संसार र कोही मेरो चलचित्रको निर्देशन गरेका थिए । दुई चलचित्रले आम दर्शकसम्म पुग्ने अवसर पाइसकेका थिए भने पछिल्लो चलचित्र अझै पनि रिलिज भएकै छैन ।
’लाखौँ पटक मैले कोसिस गरे’ बोलको नविन के भट्टराईको म्युजिक भिडियो निर्देशन गरेर यो क्षेत्रमा लागेका उनलाई नेपाली चलचित्रमा नयाँपन सुरुवाद गरेको व्यक्तिको रुपमा धेरैले लिने गरेका छन् । उनले नबिर्से तिमीलाई-नपाएँ तिमीलाई, पूरानो हुँदैन माया, डुब्न देउ लगाउत चर्चित भिडियो निर्देशन गरेका थिए ।
नेपाली सिनेमा नयाँ युगको सुरुवात गर्ने नेम्बाङले आफ्नो करियरको शुरुवात इमेज च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा गरेका थिए ।
एकान्तमा एक्लै बस्न रुचाउँने अनि हँसिलो उनी धापासीस्थित घरमा पनि एक्लै बस्दै आउका थिए ।
घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको बताएको छ ।
COMMENTS