Null

विदेशबाट फर्किएको श्रीमान सग यौन सम्पर्क गर्दा श्रीमतीलाई पनि एड्स

transferred HIV to Wife by her Husband


प्राणघातक रोग एड्सले जसरी बिश्वमा मानिसहरुलाई आतंकित बनाइरहेको छ । त्यसरी नै एड्सबाट नेपालमा पनि प्रभावित बन्नेको संख्या बर्षेनी हजारौं हुने गरेको तथ्याँकहरुले देखाउने गरेका छन् ।
असुरक्षित यौनसम्पर्कका कारण यो रोग क्रमश महामारीका रुपमा विकास भइरहेका छन् । यो रोग नियन्त्रणका लागि विश्वका विभिन्न संघसंस्था र सरकारले दिगो समाधान गर्न अर्बौं रुपैयाँ खर्च गर्ने गरेको भएपनि यसबाट बच्ने भरपर्दो उपाय अहिलेसम्म सुरक्षित यौनसम्पर्क बाहेक अर्को उपाय सुल्झन सकेको छैन ।

AIDS is a deadly disease, as plenty of people are still in panic. The number of AIDS in Nepal would be affected the same way for thousands of year to have to show the tathyamkaharule.

Due to unsafe sexual behavioral development of this disease outbreak, respectively, are being conducted. To control this disease, long-term solution to the world's various organizations and the government to spend billions to survive they have a reliable way to have safe sex, other than measures has not been suljhana.


तर, नेपालमा एड्सका कारण मर्नेको संख्या घट्नुका साटो बर्षेनी बढिरहेको छ । नेपालमा यसरी बर्षेनी रोग बढनुको प्रमुख कारण अधिकांश नेपाली युवाहरु भारतलगायत अन्य खाडी मुलुकहरुमा जाने गरेको र त्यहाँ बस्दा असुरक्षित रुपमा गरिएको यौन सम्पर्क नै रहेको छ । समयसमयमा रगत नजचाँउने र नेपाल फर्किएपछि श्रीमतीलाई समेत रोग सर्ने र उनीबाट जम्मने कतिपय शिशुमा समेत एड्स हुने भएका कारण एड्स रोगीको संख्या दिनप्रतिदिन बढदै गएको उपस्वास्थ्य चौकी बेलबारीकी प्रमुख सीता राई बताउँछिन् ।
उनले मोरंगका उत्तरी क्षेत्रमा रहेका बेलबारी, इन्द्रपुर, डाँगीहाट, कसेनी, लेटाङ, मृगौलिया, सुन्दरपुर, बाहुनी, पथरी शनिश्चरे, जाँते, पाटी, वारंगी, उर्लाबारीलगायतका क्षेत्रमा ठुलो मात्रामा यो रोगीको संख्या रहेको समेत बताइन् । आफुलाई रोग लागेको थाहा हुँदाहुँदै पनि लाज र समाजमा बहिष्कृत हुने डरका कारण पनि स्वास्थ्यसंस्थासम्म नपुग्ने गरेकाले स्थिति भयावय भएको उनको तर्क छ ।


स्वास्थ्य संस्थामा गएर रगत परिक्षण गराउन लजाउनेहरु लुकेर अन्य रगत परिक्षण गराउनेको संख्या पनि उत्तिकै ठुलो छ । मोरंगकै बेलबारी २ मा ल्याब सञ्चालन गरिरहेका कर्ण आचार्य यसरी गोप्य रुपमा एड्स परिक्षणका लागी आफनोमा मासिक ४० देखि ५० जना मानिसहरु आउने गरेको बताउँछन् । पछिल्लो सयम यसरी रगत परिक्षण गराउनेहरुमा महिलाहरुको सख्या पनि उच्च रहेको छ । आफ्नोमा रगत परिक्षणका लागी आउने महिलाहरु मध्ये मासिक कम्तीमा १ जनामा सो रोगको जिवाणु भेटिने गरेको आचार्य बताँउछन् ।
श्रीमान् अधिकांश समय बिदेशमा रहने र कम्तिमा २ बर्षमा घर आउने गरेको र रगत जचाँएर मात्र यौन सम्पर्क गरौं भन्न सकिने अबस्था पनि नरहने र उनीहरु बिदेश गएपछि मात्र आफुहरुलाई शंका लागेपछि रगत परिक्षण गर्न आफु जाने गरेको एक महिलाले बताइन् ।

एक संक्रमितका अनुसार आफुलाई एड्स लागेको परिवार र समाजले थाहा पाए भने झनै बहिष्कृत हुने डरका कारण आफुहरु रोग लागेको कुरा लुकाउन बाध्य भएको र चुपचाप काल पर्खनु शिवाय आफुसँग अर्को बिकल्प नभएको गुनासो छ ।

३ छोराछोरीका साथ मोरंग बेलबारीमा बसोबास गर्दै आएकी निलिमा थापा ( नाम परिबर्तन ) ले आफुलाई एड्स लागेको एक बर्ष अघि मात्र थाहा पाइन् । ‘३ बर्ष मलेसिया बसेर फर्केका श्रीमान् घरमा आएपछि कुन चाँहि श्रीमतिले सोध्लान के तिमीलाई कुनै रोग त लागेको छैन ? भनेर अनि कुन चाहि श्रीमतिले श्रीमानको रगत जचाँएर मात्र यौन सम्पर्क गर्लान र ? आफुभन्दा बढी माया गरेको श्रीमानको अंगालोमा बाधिँन पाँउदा कुन चाहिँ महिलाले संसार नर्बिसिलिन र ?’, उनले रुँदै भनिन् । 

आफनो सर्वस्व सुम्पिएको श्रीमानको विश्वासमा रगत परिक्षण नगरी यौन सम्पर्क गर्दा उनको जीबन पनि आज नारकीय बन्न पुगेको छ । उनलाई यतिखेर आफना नाबालक छोराछोरीको भबिश्यको चिन्ताले सताएको छ । नरोएको सायद कुनै रात नै छैन । उनले यो कुरा परिवारलाई समेत भन्न सकेकी छैनन् । पारिवारिक विचलन हुने डरले म यत्रो कुरा सारा संसारलाई लुकाइरहेकी छु । भोली यो कुरा सुनाउँदा ममाथि नै प्रश्न उठाउने हुन् की, उनले भनिन ।
उनले बेलबारीमा गरेको रगत परिक्षणले मात्र चित्त नबुझेपछि बिराटनगरमा समेत रगत परिक्षण गराउँदा सो रोगको जिबाणु भेटिएको थियो । मोरंगको बेलबारी र आसपासका ६ वटा गाबिसमा मात्र यतिखेर दर्जन बढी एड्सका रोगी भएको र आफुहरुसँग सम्पर्कमा आउने गरेको चुम्लुङ पुर्नजिबन केन्द्र बेलबारीका सुरज राई बताँउछन् । उनका अनुसार आफुहरु संक्रमितहरुलाई रोगका बारेमा जानकारी र समाजमा आफुहरु कसरी स्थापित हुन सकिन्छ भनेर राय समेत दिने गरेको बताउँछन् ।

यो रोगका संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको भएपनि समाजमा तिरष्कृत हुने डरका कारण उनीहरु समाजमा अझै खुलेर बाहिर आउन सकेका छैनन । उनीहरुलाई घृणाको साटो माया दिएर समाजमा स्थापित गराउनु र आगामी दिनमा यो रोग नै लाग्न नदिने उपायहरुको खोजी गरी जनचेतना फैलाउन जरुरी छ ।

-स्रोत :रातो पाटि

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: विदेशबाट फर्किएको श्रीमान सग यौन सम्पर्क गर्दा श्रीमतीलाई पनि एड्स
विदेशबाट फर्किएको श्रीमान सग यौन सम्पर्क गर्दा श्रीमतीलाई पनि एड्स
transferred HIV to Wife by her Husband
https://1.bp.blogspot.com/-aTXQX3_7WxY/UQpn5o4nGCI/AAAAAAAAEHY/RC5BAFZNnu8/s1600/KLCC_malaysia.jpg
https://1.bp.blogspot.com/-aTXQX3_7WxY/UQpn5o4nGCI/AAAAAAAAEHY/RC5BAFZNnu8/s72-c/KLCC_malaysia.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/11/HIV-to-wife-by-husband.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/11/HIV-to-wife-by-husband.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy