Crown Prince Paras was again arrested in Thailand, this means with photo feature
केही वर्षदेखि थाइल्याण्डमा रहँदै आएका पूर्वयुवराज पारस साह अवैध लागूऔषध कारोबारमा पटक–पटक प्रहरी फन्दामा पर्दै आएका छन् । र उनी बुधबार दिउासो फेरि बैंककमा थाइ प्रहरीद्वारा समातिएका छन् । पक्राऊपछि थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको थाई मिडियाले प्राथमिकताका साथ खबर बनाएका छन् ।
Crown Prince Paras Shah has been a few years in Thailand illegal drugs and repeatedly exclaimed police have trapped. Thai Police in Bangkok on Wednesday, and he was again caught up in Chatra. Pakraupachi Thai police handcuffed them as criminals sarvajanikasameta the Thai media have made news with priority.
हत्कडी लगाइएका पारस दुब्लो, लामो कमाल, कालो रुपमा गँजडीजस्तै देखिन्छन्, तस्बीरहरुमा । पाङ्रे टीसर्टमा देखिएका पारसलाई उनकै कार अगाडि हत्कडीसहित उभ्याएर प्रहरीले बरामद गरिएको लागू पदार्थ सार्वजनिक गरेको छ । त्यसपछि उनलाई प्रहरी स्टेसनमा सार्वजनिक गरिएको छ ।
साह बुधबार दिउँसो १ बजे पक्राउ परेको थाई भाषाको पत्रिका ‘खाई न्युज’ले जनाएको छ । सो पत्रिकाका अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो ।
पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ । त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाइएको छ ।
साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको त्यहाँको प्रहरीलाई उधृत गर्दै समाचारमा लेखिएको छ ।
यसअघि लागू औषध कारोबार पटक पटक समाितने गरेका शाह गत फेब्रुअरीमा हृदयाघात भएपछि लामो समय अचेत बनेर निको भएका थिए ।
COMMENTS