Null

कुन पार्टीको कोटामा पर्ला बेलायतका लागि नेपाली राजदूत

What party quota shall British ambassador to Nepal

सरकारले दुई देशमा रहेका नियोगलाई दूतावासमा परिणत गरी रिक्त आठसहित विभिन्न १० मुलुकमा राजदूत नियुक्तिका लागि पहल थालेको छ। अहिले भारत, अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, इजिप्ट, श्रीलंका र कतारका दूतावास राजदूतविहीन छन्। ओमन र बहराइनमा रहेका नेपाली नियोगलाई स्तरवृद्धि गरी दूतावास बनाउने तयारी छ।

The government of the two countries had duped them into the empty Embassy athasahita 10 different countries, the appointment of an ambassador for the initiative began. Now, India, the United States, the UK, Germany, Brazil, Egypt, Sri Lanka and are Proud Embassy rajadutavihina. Oman and baharainama Nepali missions is preparing to upgrade the embassy.


प्रधानमन्त्री सुशील कोइराला आगामी असोज ३ गते संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा भाग लिन र ‘फलोअप’ उपचार गराउन अमेरिका जाने भएकाले त्यसअघि नै राजदूत नियुक्त गर्ने सरकारी तयारी छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ मुलुकमा कर्मचारीबाट राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

Prime Minister Sushil Koirala next October 3 December 69 th General Assembly of the United Nations to take part and 'vandalized' treatment as before the United States Ambassador to the government is ready. The previous week's Cabinet meeting 6 different countries had decided to recommend to the ambassador appointed staff.


‘प्रधानमन्त्री अमेरिका जानुअघि नै राजदूत सिफारिस गर्ने गरी तयारी सुरु भएको छ’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले अन्नपूर्णसँग भने, ‘सत्ता साझेदार दलहरूबीच शीर्ष तहमा छलफल गरेपछि निर्णय प्रक्रियामा जान्छ।’

भट्टराईले ठूलो संख्यामा नेपाली कामदार रहेका बहराइन र ओमनमा पनि दूतावास नै खोल्ने तयारी गरेको बताए। उनले भने, ‘राजदूत नियुक्त हुनुभन्दा अघि मन्त्रिपरिषद् बैठकले दूतावास खोल्ने निर्णय गर्ने लगभग सहमतिजस्तै भएको छ।’

राजदूत नियुक्तिका लागि सत्तासीन कांग्रेस र एमालेले मात्रै भागबन्डा गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार यसअघि एमाओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला नियुक्त भएका रसिया, कोरिया, चीन र बेल्जियमका राजदूतलाई तत्काल फिर्ता नबोलाउने गरी यसपटक एमाओवादीलाई कोटा दिइनेछैन।

एमाले सिफारिसमा साउदी अरबका लागि नियुक्त भएका राजदूत अहिले पनि कायमै रहेकाले अब कांग्रेस सिफारिसमा सात र एमाले सिफारिसमा तीनजना राजदूत नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीले अघि सारेका छन्। तर एमालेले भने कांग्रेस सिफारिसमा ६ र आफ्नो सिफारिसमा चारजना हुनुपर्ने दाबी गर्दै आएको छ।

‘रिक्त १० राजदूत नियुक्तिमा ६ कांग्रेस र चार एमालेलाई दिने भन्ने पहिला नै अनौपचारिक सहमति भएको हो’, स्रोतले भन्यो, ‘तर साउदी अरबमा एमालेको सिफारिसमा राजदूत भएका उदयराज पाण्डेलाई फिर्ता नबोलाइएकाले एमालेलाई तीन राजदूत दिनुपर्ने प्रधानमन्त्रीको प्रस्ताव हो।’

स्रोतका अनुसार कांग्रेसले भारत, अमेरिका, बेलायत, ब्राजिल, इजिप्ट, बहराइन र ओमनमा आफ्नो सिफारिसमा राजदूत नियुक्त हुनुपर्ने दाबी गरेको छ। एमालेलाई श्रीलंका, जर्मनी र कतार दिने कांग्रेसको प्रस्ताव छ।

भारतका लागि कांग्रेस नेता दीपकुमार उपाध्याय आकांक्षी छन्। एमाओवादी नेता भट्टराई प्रधानमन्त्री हुँदा तत्कालीन राजदूत रुक्मशमशेर राणालाई फिर्ता बोलाइएपछि भारतस्थित नेपाली दूतावास राजदूतविहीन छ भन्ने खबर आजको अन्नपूर्णले छापेको छ ।
- See more at: http://www.nepalbritain.com/?p=18580#sthash.2hLAgBhT.DdXj9ipw.dpuf

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,541,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: कुन पार्टीको कोटामा पर्ला बेलायतका लागि नेपाली राजदूत
कुन पार्टीको कोटामा पर्ला बेलायतका लागि नेपाली राजदूत
What party quota shall British ambassador to Nepal
http://4.bp.blogspot.com/-EvHQpzfCFv8/VBTaLMZHNxI/AAAAAAAAKz4/iJkM2NNL6Ew/s1600/nepal%2Bembassy%2Bin%2Buk.jpg
http://4.bp.blogspot.com/-EvHQpzfCFv8/VBTaLMZHNxI/AAAAAAAAKz4/iJkM2NNL6Ew/s72-c/nepal%2Bembassy%2Bin%2Buk.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/09/nepali-ambassador-for-uk.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/09/nepali-ambassador-for-uk.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy