Null

खाडी मुलुकमा महिला कामदार जान नपाउने

Ban for the women to work in Golf Countries in Nepal,Gulf ban for female workers from Nepal

श्रम तथा रोजगार मन्त्रालयले सबै उमेरका महिलालाई रोजगारीका लागि खाडि मुलुक पठाउन प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्ध असोज १ देखि लागु हुनेछ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले महिला कामदारमाथिको प्रतिबन्ध अस्थायी भएको बताए ।

'अस्थायी रुपमा खाडि मुलुकमा सबै उमेरका महिला कामदार पठाउन रोकेका हौं,' उनले भने, 'यस सम्बन्धमा नीति बनाइरहेका छौं । उक्त नीति बनिसकेपछि महिला कामदार कसरि पठाउने भन्ने नीतिगत ब्यबस्था हुन्छ । त्यसपछि महिला कामदार खुला गर्छौं ।'


The Ministry of Labour and Employment of women of all ages for employment, send parching country banned. The ban will be implemented from October 1. Minister of State for Labour and Employment of Women kamadaramathiko Bahadur Gurung said the ban was temporary. 

"Women of all ages to send workers temporarily parching countries are obstructed," he said, "we are making policy in this regard. Women workers have been formed, how the policy is sent to the policy tightened. Then we open female workers. "

श्रमले साउदी अरब, कुवेत, कतार र दुवइलाई नीति नबनेसम्म महिला कामदारलाई भीसा जारी नगर्न पत्राचार पनि गरेको छ । श्रमले परराष्ट्र बिहिबार मन्त्रालयलाई पत्र पठाइ विदेशस्थित आफ्ना नियोग मार्फत मुलुकलाई भिसा जारी नगर्न आग्रह गरेको हो ।

यसअघि घरेलु कामदार खुलाउन कुवेतमा एजेन्टसँग रकम असुली गरेको र राज्यमन्त्री गुरुङले 'मानव तस्करलाई फाइदा पुग्ने गरि घरेलु कामदारलाई अनुमति दिन कुवेतस्थित नेपाली दुतावासलाई मन्त्रालयको निर्णय पठाएको' समाचार प्रकाशित भएको थियो । त्यसलगत्तै श्रमले महिला कामदारलाई भीसा जारी नगर्न पत्राचार गरेको हो ।

खाडि मुलुकमा महिला घरेलु कामदारको ठूलो माग छ । त्यहाँका म्यानपावर ब्यबसायीले नेपालका म्यानपावर ब्यबसायीलाई घरेलु कामदार पठाए 'आर्थिक सहयोग' गर्नेसम्मको प्रस्ताव गरेका छन् । कुवेतस्थित नेपाली दुतावासमा घरेलु महिला कामदार खोल्न ब्यबसायीबाट जबजस्ती २ लाख रुपैयाँसम्म उठाएको उजुरी परेको छ ।

यसअघि श्रमले गत बैशाख ५ मा घरेलु महिला कामदार नपठाउने निर्णय गरेको थियो । त्यसलगत्तै दुतावासले घरेलु महिला कामदारको करारनामा र भिसा प्रमाणिकरण रोकेको थियो ।

श्रमले गत असार १८ गते स्पोन्सरले घरेलु महिला कामदारको सुरक्षाको सुनिश्चताका लागि ग्यारेन्टीपत्र बुझाएमा भिसा र करारनामा प्रमाणिकरण गर्न पत्राचार गरेको थियो । उक्त निर्णय दुतावासले कार्यान्वयन नगरेपछि श्रमले स्पोन्सर फरक परेपनि गत जेठ ३१ सम्म जारी भएको भिसालाई प्रमाणिकरण गर्न पत्राचार गरेको थियो । श्रमले भिसा लागेका ३० वर्ष माथिका महिला कामदार भदौभित्र जान पाउने जनाएको छ । विभिन्न समस्या भोगेर भागेका करिब २ सय महिला कामदार हाल दुतावासको सेल्टरमा बसिरहेका छन् ।

ठूलो संख्यामा महिला कामदारको शारिरिक, मानसिक र आर्थिक शोषण भएपछि सरकारले २०६९ साउन २४ मा ३० वर्ष मुनिका महिला खाडि मुलुक नपठाउने निर्णय गरेको थियो । त्यसपछि पनि मानव तस्करले भारतको बाटो हुदै ३० वर्ष मुनिका महिला कामदार अवैध रुपमा खाडि मुलुक पुर्‍याइरहेका छन् । 'भिसा जारी नभए महिला कामदार भारतको बाटो हुँदै अवैध रुपमा खाडि मुलुक जान पाउँदैनन्,' राज्यमन्त्री गुरुङले भने, 'त्यहि भएर भिसा जारी नगर्न आग्रह गरेका हौं ।' कान्तिपुर दैनिक मा खबर छ ।

-कान्तिपुर दैनिक

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: खाडी मुलुकमा महिला कामदार जान नपाउने
खाडी मुलुकमा महिला कामदार जान नपाउने
Ban for the women to work in Golf Countries in Nepal,Gulf ban for female workers from Nepal
http://4.bp.blogspot.com/-J-S5yA-UWP4/U0Zju27YOjI/AAAAAAAAKak/23kvdV6OBZY/s1600/kuwait.jpg
http://4.bp.blogspot.com/-J-S5yA-UWP4/U0Zju27YOjI/AAAAAAAAKak/23kvdV6OBZY/s72-c/kuwait.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/09/nepalese-woman-ban-in-golf.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/09/nepalese-woman-ban-in-golf.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy