Null

एनआरएन र पूर्वगोरखा सैनिकलाई ‘नागरिकता’ दिने सहमति

Finally Nrn and ex-gorkha army is getting Nepalese Citizen

संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बिनाको नेपाली नागरिकता दिने सहमति गरेको छ । यो सुविधा पूर्वगोरखा सैनिकले समेत पाउने छन् ।

Constitutional political dialogue and consensus-Resident Nepali political rights without the committee has agreed to Nepali citizenship. This feature would have been even purvagorakha soldier.


समितिको शुक्रबार बिहान बसेको वैठकमा गैरआवासीय नेपालीलाई दिइने नागरिकताबाट सामाजिक तथा आर्थिक अधिकार प्राप्त हुने सहमति गरिएको छ । ‘गैरआवासीय नेपालीहरुलाई राजनीतिक अधिकार बाहेक अार्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितकाे नेपाली नागरिकता दिने सहमति भएको छ’ सभासद लक्ष्मणलाल कर्णले अनलाइनखबरसँग भने-‘उनीहरुले चुनावमा उठ्ने र मत दिने अधिकार भने पाउने छैनन् ।’
बैठकमा सहभागी एक नेताका अनुसार यस्ताे नागरिकता विगतमा सहमति भएकाे विशेष परिचयपत्र जस्तै हाे । तर, यसलार्इ नागिरकता नै भन्ने सहमति भएकाे छ ।

अघिल्लो संविधानसभाको विवाद समाधान उपसमितिमा सहमति भएझैं यसपटक पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ दिने सहमति भएको छ ।

अघिल्लो संविधानसभामा प्रचण्ड नेतृत्वको बिबाद समाधान उपमितिमा नागरिकता दिने सहमति भएपनि संबैधानिक समितिले त्यस्तो सहमतिलाई उल्टाउँदै परिचयपत्र मात्र दिने सहमति गरेको थियो । अहिले गैरआवासीय नेपालीहरुले नागरिकता दिने विवाद समाधान उपसमितिको प्रस्तावलाई संबिधानमा ब्यबस्था गर्न माग गरिरहेका बेला समितिले यस्ताे सहमति गरेकाे हाे ।

शुक्रबारको वैठकमा बेलायत वा हंगकंगकाे अावासीय भिसा लिँदा नेपाली नागिरकता परित्याग गरेका पूर्वगोरखा सैनिकलाई समेत यस्तै प्रकृतिको गैरअावासीय नेपाली नागरिकता दिने प्रस्ताव गरिएको छ ।
‘पूर्वगाेरखा सैनिकले पनि एनअारएन साे सरह अधिकार पाउने छन्, बैठकपछि एक नेताले अनलाइनखबरसँग भने ।

नागरिकतामा ‘अामा र बाबु’ काे विवाद

समितिको बैठकमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशलाई दिइने नागरिकताबारे विवाद भएको छ । हाल विदेशी महिलाले नेपालीसँग विवाह गरे तत्काल अंगिकृत नागरिकता पाउँछन् भने नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई १५ वर्ष नेपालमा बसोबास गर्नु पर्ने व्यवस्था छ ।

समितिको बैठकमा नेकपा माले, नेकपा संयुक्तसहितका दलहरुले महिला र पुरुषमा रहेको यो असमान व्यवस्था हटाउन प्रस्ताव गरेका छन् । ‘नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई पनि कम्तिमा ७/१० वर्ष नागरिकता दिनु हुँदैन, बरु पीआरको व्यवस्था गर्नुपर्छ’-माले महासचिव सीपी मैनालीले भने ।

तर, मधेसवादी दलहरुले भने अहिलेको व्यवस्थालाई नै निरन्तरता दिनु पर्ने बताएका छन् ।

सम्वाद समितिको बैठकमा ‘आमा वा बाबु’ भन्ने कि ‘अामा र बाबु’ शब्द प्रयाेग गर्ने भन्नेबारे केही सभासदले विवाद झिकेका थिए । अामा वा बाबुमध्ये एक नेपालीबाट जन्मेकाे सन्तानलाई बंगज वा अंगीकृत कुन नागरिकता दिने भन्नेबारे समेत छलफल भएको छ ।

नेपाली नागिरकता भएका अामा र बाबुबाट जन्मेका सन्तान बंशज नागिरक हुने र अामा वा बाबुमध्ये एक नेपालीबाट जन्मेका सन्तानले नेपाली नागिरकता पाउन सक्ने विषयमा केही सदस्यमा रहेकाे अस्पष्टतालार्इ बैठकमा स्पष्ट पार्ने काम गरियाे’ स्राेतले अनलाइनखबरसँग भन्याे- ‘याे विषय पहिल्यै टुंगाे लागिसकेकाे हुनाले शुक्रबारकाे बैठकमा अनाैपचारिक मात्रै कुरा उठेकाे हाे ।’

भूमिसुधारबारे तीन घण्टा लफडा

राजनीति सहमति तथा सम्वाद समितिको बैठकमा भूमिसुधार गर्दा हदभन्दा बढी भएको जग्गाका मालिकलाई क्षतिपूर्ति दिने कि नदिने भन्नेबारे प्रमुख दललका नेतावीच तीनघण्टा लामो विवाद भएको छ ।
‘तीनघण्टा बहस हुँदा पनि यसमा सहमति जुट्न सकेन, समितिको बैठकमा सहभागी एक सभासदले अनलाइनखबरसँग भने-‘कांग्रेस, एमाले र मधेसवादी दलका नेताहरु जमीनको मालिकलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने पक्षमा उभिए पनि एमाओवादी नेताहरुले हदभन्दा बढी जमीनको क्षतिपूर्ति नदिने संवैधानिक व्यवस्था गरिनुपर्ने जिकिर गरे ।’

अब राज्य पुनसंरचनामा छलफल हुने

यसैवीच बाबुराम भट्टराईको नेतृत्वमा रहेको सम्वाद समितिले शनिबार पनि बैठक जारी राख्ने भएको छ । अबको बैठकमा समितिले राज्य पुनसंरचनाको विषयमा छलफल थाल्ने एक नेताले बताए ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,542,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: एनआरएन र पूर्वगोरखा सैनिकलाई ‘नागरिकता’ दिने सहमति
एनआरएन र पूर्वगोरखा सैनिकलाई ‘नागरिकता’ दिने सहमति
Finally Nrn and ex-gorkha army is getting Nepalese Citizen
http://2.bp.blogspot.com/-bwZvRVAMN2I/VCALAz6vH_I/AAAAAAAAK1w/oF5g4cTRfz0/s1600/nrn%2Bnepal.jpg
http://2.bp.blogspot.com/-bwZvRVAMN2I/VCALAz6vH_I/AAAAAAAAK1w/oF5g4cTRfz0/s72-c/nrn%2Bnepal.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/09/Nrn-ex-gorkha-army-getting-Nepalese-Citizen.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/09/Nrn-ex-gorkha-army-getting-Nepalese-Citizen.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy