Null

केहि दिन अगाडी साउदीमा मृत्युदण्ड दिइएकी शोभाको कथा यस्तो छ

story of sobha who hanged in saudi

पतिसँगको सम्बन्ध खासै राम्रो थिएन। छोरा पनि अपांग जन्मियो। तनहुँ भिमादस्थित हिमालय उच्च माविमा प्लस टु पढेकी शोभा परियारलाई जीविका चलाउनै गाह्रो हुन थाल्यो। जीवनमा दुःखैदुःख भोगेकी उनले आफ्नै कमाइले परिवारमा सुख ल्याउने आशामा साउदी अरब जाने सोच बनाइन्। दुलेगौँडाका एजेन्ट कबिर वाक्स मियाँलाई रकम बुझाइन् र मुम्बई हुँदै तीन वर्षअघि पुगिन् अरब। 


Not really good relationship with her ​​husband. Son was born disabled. NOV bhimadasthita Himalayan Higher Secondary Plus II Before applying beauty Pariyar living difficult. Duhkhaiduhkha tasted his own family life, happiness, hoping to Saudi Arabia to earn thinking process. Dulegaumdaka agent Miya took the wax to keep the money in the case of Mumbai and three billion years ago.


६० वर्ष पार गरेका बाबु भीमबहादुर र आमा बुद्धिसरालाई उनले साउदी जान लागेको बारे सुइँकोसमेत दिएकी थिइनन्। दलालले नै परिवारलाई ‘जानकारी नदिनू है’ भनेको हुनसक्छ। तर विदेशको जीवन त्यति सजिलो भएन। यता श्रीमानले पनि दोस्रो विवाह गरे। उता उनले काम गर्ने ठाउँमा यातना खप्न सकिनन्। गएको वर्ष साउन २ गते घरमा फोन गरी उनले भनिन्, ‘मालिक र मालिक्नीले साह्रै यातना दिए। म यहाँ बस्नै सकिनँ। लौ न मलाई फर्काइदिनु पर्‍यो।’ वृद्धावस्थाका आमाबाबु चिन्तित भए। शोभालाई साउदी पठाउने एजेन्टसँग सल्लाह गरे। १९ हजार रुपियाँ माग्यो उसले। छोरीको ज्यानभन्दा पैसा ठूलो हैन। ऋणपान गरेर १९ हजार जोहो गरेर बुझाए। तर छोरी फर्किनन्। 


60 years over the father and mother of Bhim buddhisaralai he was going to Saudi diminish gave about her. Assuring the family "is to keep this information" as may be. But her life was not easy for overseas. Since the second married her husband. Meanwhile, place of work, he could not endure the torture. Last year, her home phone on August 2 and he said, 'master and wishes was torture. I just could not here. I had not let them back. 'Aging parents concerned. Saudi Arabia to send a wreath ejentasamga counsel. He asked for 19 thousand dollars. Daughter dearer money is not great. Rnapana explained by the 19 thousand savings. The daughter not.


गत वर्ष चैतमा अचानक शोभाले घरमा फोन गरेर भनिन्, ‘घर मालिकका दुई वर्षको छोरो मेरो हातबाट मर्न पुग्यो। तर धन्दा नमान्नुस्, अहिले म जेलमा भए पनि साहुले वैशाखसम्म नेपाल फर्काइदिन्छु भनेर औँठाछापसहितको कागजात बनाइसके।’ बाबुआमाले शोभालाई फर्काउन बुझाएको १९ हजार रुपियाँ बुझेको एजेन्ट मियाँलाई खोज्न थाले। तर मियाँ पनि गैरकानुनी रुपमा महिलालाई साउदी पठाउन खोजेको आरोपमा भैरहवाको जेलमा रहेछन्। ‘म नै जेलमा छु, के गर्न सक्छु र’ भनेपछि उनीहरु रुँदै घर फर्किए। शोभाले फोनमा मृत्युदण्डबारे केही बताएकी थिइनन्। तर पत्रपत्रिकामा मृत्युदण्ड हुनसक्ने भन्दै समाचार आएपछि आमाबाबु दिनरात आँसुमा डुबे। त्यसो भए पनि छोरीले म अब छिट्टै फर्कन्छु भनेकीले एउटा सानो आशा थियो।

 उनको जीवन रक्षा गर्न परिवारले राष्ट्रपति रामवरण यादवलाई सम्म गुहारे। तर, अब जिउँदी शोभा मात्र हैन, लाश समेत नेपाल आउने स्थिति छैन। सोमबार साउदीको अररा जिल्लामा बिहान साढे १० बजे शिरछेदन गरेर उनलाई मृत्युदण्ड दिइयो। विक्षत उनको शवलाई नेपाल नपठाइ त्यहीँको परम्परा अनुसार गाडिएको छ। नेपाली दूतावासका अनुसार शोभालाई मृत्युदण्डबाट बचाउन सक्दो प्रयास गरिएको हो। 

आफूमाथि भएको अत्याचारका कारण आवेशमा आउँदा यो घटना भएको जिकिर गर्दै सजाय कम गराउन र त्यहीँको कानुन अनुसार ‘ब्लडमनी’ लिन नेपाली दूतावासले गभर्नर तहसम्म प्रयास गर्‍यो। तर मृतक बालकको परिवारले मानेन। तल्लो अदालतले गरेको फैसलालाई पुनरावेदन र सर्वोच्चले पनि सदर गरेपछि राजाको आदेशमा उनलाई मृत्युदण्ड दिइएको हो। स्थानीय बालज्योति प्राविमा ५ कक्षामा अध्ययनरत शोभाका १२ वर्षका छोरा दिवसको जन्मजात ओठ फाटेको थियो। 

शल्यक्रियापछि ओठ पुरिएको छ तर आवाज स्पष्ट छैन। अस्पष्ट आवाजमा उनले केही अघि पत्रकारहरुलाई भनेका थिए, ‘ममीले अस्ति फोनमा वैशाख अन्तिममा आउँछु भन्नुभएको छ। घर आउँदा साइकल ल्याइदिन भनेको छु।‘ उनलाई थाहा छैन, अब साइकल आउने छैन, न त उनकी ममी नै आउने छिन्। उनकी ममीको जीवन साइकलको चेन चुँडिसकेको छ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: केहि दिन अगाडी साउदीमा मृत्युदण्ड दिइएकी शोभाको कथा यस्तो छ
केहि दिन अगाडी साउदीमा मृत्युदण्ड दिइएकी शोभाको कथा यस्तो छ
story of sobha who hanged in saudi
http://4.bp.blogspot.com/-ws8KaRswIsQ/U-6qcxxxvdI/AAAAAAAAKqo/kqOPQ0mN3FM/s1600/pidita%2Bksa.jpg
http://4.bp.blogspot.com/-ws8KaRswIsQ/U-6qcxxxvdI/AAAAAAAAKqo/kqOPQ0mN3FM/s72-c/pidita%2Bksa.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/08/story-of-shobha.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/08/story-of-shobha.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy