Fairness domestic work of women workers is very much in demand . But some of those countries, where the economic and sexual exploitation, because no country willing to send their women, there is easily appreciated.
खाडीका मुलुकमा घरेलु काम गर्ने महिला कामदारको माग धेरै छ ।
तर ती देशमा हुने आर्थिक र कतिपय ठाउँमा शारीरिक शोषणका कारण कुनै पनि देश आफ्ना महिलालाई त्यहाँ सजिलै पठाउन राजी हुन्नन् ।
अझ नेपालले त पछिल्लो समयमा त्यसमा बन्देज नै लगाएको छ । यसले अवैध रुपमा महिलालाई भित्र्याउने र धेरै रकम लिएर कामदार उपलव्ध गराउने (बेचविखन कै रुपमा) व्यवसाय संयुक्त अरव इमिरेट्स (युएई)मा धेरै फष्टाएको छ ।
Fairness domestic work of women workers is very much in demand .
But some of those countries, where the economic and sexual exploitation, because no country willing to send their women, there is easily appreciated.
Nepal is the last time it was imposed more restrictions is . It is illegal to attract as many funds, workers , elderly women ( trafficking as vomiting ) business in the United Arab Emirates ( UAE ) in the very ardent .
युएईको अजमानमा रहेका कामदार सप्लाई गर्ने कम्पनीहरुमध्ये कतिपयले मोटो रकम लिएर नेपाली महिला कामदार उपलव्ध गराइरहेका छन् । अजमानमा रहेको कोर्ताज रिक्रुटमेण्ट एजेन्सी ती मध्येको एक हो जसले अवैैध रुपमा युएई पुर्याइएका नेपाली महिलालाई घरेलु कामदारका रुपमा उपलव्ध गराउने गर्छ ।
नेपालबाट महिला ‘सप्लाई’ गर्ने दलाल बनेर समाचार खोज्दै पुगेका उज्यालोकर्मीसँग कोर्ताजमा कार्यरत (आफुलाई सो कम्पनीको व्यवसायिक साझेदार समेत दावी गर्ने) नेपाली महिला रेलु तामाङ (भिडियोमा देखिएकी) ले बन्देजका वावजुद आफ्नो व्यवसायमा कुनै अप्ठ्यारो नपरेको बताइन् । ‘नेपालबाट हामी त नियमित रुपमा मान्छे पाइ रहेका छौं’ कोर्ताजको कार्यालयमा कुराकानीका क्रममा तामाङले भनिन् ‘नेपालमा सेटिङ मिलाउन सक्नुहुन्छ भने यो काम अहिले पनि कुनै गाह्रो होइन, तपाईं पनि दुईचार पैसा कमाउन सक्नुहुन्छ ।’ तर त्यसका लागि एयरपोर्ट भित्र बलियो नेटवर्क हुनुपर्ने उनको भनाई छ ।
त्यसरी युएई पुर्याइएका महिलालाई मुख्य गरी स्थानीय अरवी मूलका परिवारले निश्चित रकम तिरेर लैजाने गरेको युएईमा कार्यरत नेपाली बताउँछन् । अजमानको एक कम्पनीमा सेल्स म्यानेजरका रुपमा कार्यरत राजकुमार बस्नेतका अनुसार त्यसरी घरेलु कामदार प्राप्त गर्न ६ हजार देखि १० हजार दिराम (नेरु १ लाख ५० हजार देखि २ लाख ५० हजार) सम्म स्थानीय व्यक्तिले तिर्ने गरेका छन् । त्यसैले घरेलु कामदारका रुपमा महिलाको अवैधानिक व्यापार निक्कै गतिलो भएको र यसमा कतिपय नेपाली नै समेत संलग्न भएको बस्नेत बताउँछन् ।
यो कुरा युएईमा रहेको नेपाली दुतावासलाई पनि जानकारी छ । ‘हो हामीलाई यो कुरा थाहा छ, तर हामी यहाँ त्यसलाई रोक्न केहि गर्न सक्दैनौं’ युएईका लागि नेपाली राजदुत धनञ्जय झाले आफ्नो लाचारी प्रकट गर्दै भन्नुभयो ‘यसअघि नै दुतावासले मुख्य गरी अजमानमा रहेका ती कम्पनीले गरिरहेको मानव तस्करीका बारेमा यहाँको सरकारी निकायलाई पत्र लेखेर पठाएको हो । तर ति कम्पनीहरु युएईको कानुन अनुसार सञ्चालन भइरहेको भन्ने जवाफ पाएपछि हामीले केही गर्न सकेनौं ।’
त्यसरी लगिनेमध्ये धेरैजसो महिला भारतको बाटो हुँदै युएई पुर्याइएका हुन् । केही भने नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकै बाटो भएर युएई पुग्ने गरेका छन् । कोर्ताजकै कार्यालयमा घरमालिकको प्रतिक्षामा रहेको अवस्थामा भेटिएकी काभ्रेकी निरु तामाङले आफु नेपालकै बाटो भएर आएको बताउनुभयो । आकर्षक कमाइसहितको रोजगारीको प्रलोभनमा दलाल मार्फत युएई पुर्याइने धेरैजसो महिला त्यहाँ पुगिसकेपछि परिवारसँग सम्पर्कविहीन समेत हुने गरेका छन् ।
त्यसरी अवैध बाटो भएर युएई पुगेपछि रिक्रुटमेण्ट एजेन्सी मार्फत बेचिएका महिलाले धेरै सास्ती खेप्ने गरेको स्थानीय नेपाली बताउँछन् । त्यसरी काम गर्न पठाइएका कतिपय महिला आफुले काम गर्न नसकेको र दुव्र्यवहार भएको भन्दै भागेर कम्पनीमै आइपुग्छन् । कतिपयलाई भने काम गर्न नसकेको भन्दै घरमालिकले नै कम्पनीमा फिर्ता ल्याइदिएको आफुले देखेको अजमानमा कार्यरत नेपालीको भनाई छ । अजमानमा काठमाडौं रेष्टुरेण्ट सञ्चालन गरिरहेका वेदप्रकाश पोखरेल त्यसरी अप्ठ्यारोमा परेका महिला बाटोमै रोइरहेको देख्नु सामान्य जस्तै भएको भन्दै मानव तस्करीलाई रोक्न नेपाली दूतावासले खास अग्रसरता नदेखाएको गुनासो गर्नुहुन्छ ।
तर नेपाली राजदूत धनञ्जय झा कानुनी रुपमा यो काम जटिल भएको तर्क गर्नुहुन्छ । यहाँबाट माग गरिएको भिसा घरेलु कामदारकै भएपनि त्यो मागपत्र नेपालमा पुगेपछि भिसाको ‘स्ट्याटस’ फेरेर क्लीनर वा सेल्स गर्लजस्तो अरु नै कामको बनाइदिने भएका कारण कानुनी रुपमा केही गर्न नसकिएको राजदुत झाको भनाई छ ।