एयरपोर्टबाटै सुरू हुन्छ डीभी पर्नेको व्यथा

हिजो फेसबुकमा साथीहरुको अमेरिकाको डिभी चिट्ठा परेन भन्दै गुनासोले भरिएका स्टाटसहरु पढेपछि केही कुरा लेख्न मन लाग्यो । जब कुनै कुरा आँखाले ...

हिजो फेसबुकमा साथीहरुको अमेरिकाको डिभी चिट्ठा परेन भन्दै गुनासोले भरिएका स्टाटसहरु पढेपछि केही कुरा लेख्न मन लाग्यो । जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै,  सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ भने त्यो सरासर गलत हो । जुन ब्यबहार डिभी परेर अमेरिका आउने ९० प्रतिशत नेपालीहरुले नेपालमा बस्ने नेपालीहरुलाई देखाइरहेका हुन्छन ।


डिभी चिट्ठा परेर अमेरिका आउनेहरुको पीडा एयरपोर्टबाट नै शुरुवात हुन्छ, जुन मैले प्रत्यक्ष आँखाले देखेको छु । म अमेरिका आउँदा नेपाल एयरपोर्टमा आफूसँगै अमेरिका आउन लागेको एउटा परिबार नै भेटें, मैले । जुन हामी दुबैको लागि खुसीको कुरा थियो । किनकी हामी पहिलोपल्ट अमेरिका आउदै थियौं र बाटोभरी गफ गर्दै जाने साथी पाएको थियौं, हामीले । २ जना श्रीमान-श्रीमती र उहाँहरुको १ बर्षको सानो छोरी अनि त्यो सानो नानीसँग प्लेन भरी खेल्दै रमाउदै गरेको त्यो लामो यात्रा । मेरो लागि साँच्चिकै रोमान्चित बन्यो । हामी सबैजना उत्साहित देखिन्थ्यौं, किनकी हामी धेरैको सपनाको देश अमेरिका जाँदै थियौं । हाम्रो प्लेन जब जेएफके एयरपोर्ट न्यूयोर्कमा ल्यान्ड हुने-हुने समय हुन लाग्यो तब झ्यालबाट तल हेर्दा देखिने न्यूयोर्क सिटीको त्यो दृश्यले हामीलाई झन धेरै उत्सुक बनाएको थियो ।

Very yesterday saying the U.S. Diversity Visa lottery did not write something like this after reading gunasole statasaharu filled . When no regard to the eye and heard only , all things may be true , which is overthrown . When a thing is seen with eyes directly , then heard all the truth, Matt . What are some things a man sees a direct penalty. However , others said that before he makes it to hide a hollow dissembling chamtcha simply wrong . 90 percent of the U.S. to come down and that spells Gan Nepalis are the people are showing .
DV lottery under the Pokhara airport beginning to hurt you, which I have seen the direct eye . I took the U.S. is approaching a U.S. airport when Nepal was met griped , I have . Fortunately for which we had violated . Because we were the first U.S. Moves are being made to associate and chat batobhari were found , we . 2 were Sir - wife and small daughter Sailor 1 years and it is a small plane loaded nanisamga have that long awaited trip playing . Became for me a really romancita . We were all excited dekhinthyaum , because we were going to the U.S. for many the dream country . When our plane landed at JFK Airport, New York to be - and this time he looked down the window visible York City that welcomed us very curious scene was made ​​.

DV lottery under the U.S. for a little longer to process chirneharuko BFF airport . So the friends coming together to CA that I was eager , rehabilitation out from there . Because - while in the 1 month, the U.S. returned the assurances of my husbands was about 3 anecdote , I .
I had begun to take too many doubted 1 minute . When I met Sir TO THE Nonetheless , my packets . Think Affinity own world , I am . Perusing later became The young , the offensive friends that far .
They told me to keep looking straight teeth on me. Husbands and friends come together ABC's . And - if the new is , again , the sides without ZE we can not cover . '
" Some came to take Lambert ? ' He asked .

हिजो फेसबुकमा साथीहरुको अमेरिकाको डिभी चिट्ठा परेन भन्दै गुनासोले भरिएका स्टाटसहरु पढेपछि केही कुरा लेख्न मन लाग्यो । जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै,  सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ भने त्यो सरासर गलत हो । जुन ब्यबहार डिभी परेर अमेरिका आउने ९० प्रतिशत नेपालीहरुले नेपालमा बस्ने नेपालीहरुलाई देखाइरहेका हुन्छन ।

डिभी चिट्ठा परेर अमेरिका आउनेहरुको पीडा एयरपोर्टबाट नै शुरुवात हुन्छ, जुन मैले प्रत्यक्ष आँखाले देखेको छु । म अमेरिका आउँदा नेपाल एयरपोर्टमा आफूसँगै अमेरिका आउन लागेको एउटा परिबार नै भेटें, मैले । जुन हामी दुबैको लागि खुसीको कुरा थियो । किनकी हामी पहिलोपल्ट अमेरिका आउदै थियौं र बाटोभरी गफ गर्दै जाने साथी पाएको थियौं, हामीले । २ जना श्रीमान-श्रीमती र उहाँहरुको १ बर्षको सानो छोरी अनि त्यो सानो नानीसँग प्लेन भरी खेल्दै रमाउदै गरेको त्यो लामो यात्रा । मेरो लागि साँच्चिकै रोमान्चित बन्यो । हामी सबैजना उत्साहित देखिन्थ्यौं, किनकी हामी धेरैको सपनाको देश अमेरिका जाँदै थियौं । हाम्रो प्लेन जब जेएफके एयरपोर्ट न्यूयोर्कमा ल्यान्ड हुने-हुने समय हुन लाग्यो तब झ्यालबाट तल हेर्दा देखिने न्यूयोर्क सिटीको त्यो दृश्यले हामीलाई झन धेरै उत्सुक बनाएको थियो ।

डिभी चिट्ठा परेर अमेरिका छिर्नेहरुको लागि अलि लामो प्रोसेस हुँदोरहेछ एयरपोर्टमा। त्यसैले सँगै आएको साथीहरुलाई आउँदै गर्नुस् हैं भनेर म जतिसक्दो चाडो त्यहाँबाट बाहिर निस्किन आतुर थिएँ । कारण- बिबाह गरेको १ महिनामा अमेरिका फर्किएका मेरो श्रीमानलाई लगभग ३ बर्षपछि भेट्दै थिएँ, म ।
मेरो लागि त्यसभित्रको १ मिनेट पनि धेरै लाग्न थालिसकेको थियो । जब गेटमा पुगेर श्रीमान भेटें, मेरो खुसीको सीमै रहेन । एकछिन आफ्नै संसारमा हराएँ, म । केहीछिन पछि झल्यास्स भएँ, साथीहरु कता गए होलान भनेर ।

उहाँहरु पनि यता उता हेर्दै मलाई नै खोजिरहनु भएको रहेछ । श्रीमानलाई संगै आएको साथीहरु चिनाएँ । र भनेँ- ‘उहांहरु पनि नयां हुनुहुन्छ, त्यसैले उहाँहरुलाई पनि ब्यबस्थित नगरी हामी हिड्न मिल्दैन ।’
‘कोही आएको छ तपाईहरुलाई लिन ?’ उहाँले प्रश्न गर्नुभयो।
साथीहरुको त्यो उत्सुकता र हाँसो भरिएको अनुहार अब डर र हतासमा परिणत भइसकेको थियो । नयाँ ठाउँ र नयाँ मान्छेहरु देख्दा त्यस्तो हुनु स्वभाबिक हो ।
त्यही पनि उनले भने- ‘एकजना आफन्त पर्ने दाई आउँछु भन्नु भएको थियो ।’
कुन ठाउँबाट ? फलानो ठाउँ ।
ओहो ! त्यो ठाउँ त टाढा छ यहाँबाट ३ घण्टा ड्राइभ गर्नुपर्छ ।
फोन नम्बर छ, तपाईहरुसँग ?
‘छ  । इमेलमा छ ।’- उनले जवाफ दिए ।
उहाँले फोन दिनुभयो ।
उनले इमेल चेक गरे  अनि नम्बर दिए। मेरो श्रीमानले आफै फोन गर्दिनुभयो ।
उताबाट ती दाईको जवाफ आयो-  ‘ए आइपुग्यौ  तिमीहरु ? ल बस्दै गर, अब म हिड्छु । लगभग साँझ परिसकेको थियो । हामीलाई पनि अब ढुक्क लाग्यो त्यसैले उनीहरुसँग बिदा भएर आफ्नो घरतिर लाग्यौं ।
घर आएर पनि र लामो समयपछि श्रीमान भेटे पनि मेरो मन छटपटाई रहेको थियो । फेब्रुअरी महिनाको त्यो चिसो अनि बाहिर हेर्दा देखिने सेताम्मे हिउँ ।मेरो मनमा त्यही कुरा खेलिरहेको थियो । ओहो ! त्यो दाई कतिबेला लिन आयो होला, कतै आएन कि बा ! त्यो सानी नानीलाई कति जाड़ो भयो होला ? हरे ! सँगै जाउँ भनेर लिएर आउनुपर्ने रहेछ बरु यस्तै यस्तै।
त्यसको लगभग १ महिनापछि उहाँहरुसँग सम्पर्क भयो मेरो, फोन मार्फत । मैले त्यो बेला के के भयो सबै कुरा सोधेँ ।

उनको जवाफ थियो- ‘केहि समयपछि आउँछु भनेको त्यो दाई लगभग रातिको ११ बजेतिर आउनुभयो । एयरपोर्ट बाहिरको त्यो चिसो ओहो ! रुनु न हाँस्नु भएँ, नेपाललाई धेरै सम्झिए कहाँ आएछु यस्तो नर्कमा जस्तो महसुस भयो ! मेरो दुःख एयरपोर्टबाट नै शुरू भयो, जे सुनिन्छ, फोटो भिडियोमा जे देखिन्छ त्यस्को ठ्याक्कै उल्टो रहेछ अमेरिका !  किन डीभी परेछ मलाई नै जस्तो लाग्छ, नेपालको सबै कुरा सम्झिँदा त अहिले नै फर्किहालुँ जस्तो लाग्छ नि ! के गर्नु ? आइयो फसिहालियो अब न एता न उता बस्नै पर्यो नि ।
यसबाट मैले के बुझेँ भने एयरपोर्टबाट नै शुरू हुँदोरहेछ नेपालीको दुःख । यो त एउटा सानो उदाहरण मात्रै हो, यस्ता धेरै कथा ब्यथाहरु छन् मैले आँखाले देखेका र नजिकका मान्छेहरुबाट सुनेका ।
अमेरिका आएपछि यहाँ बस्ने नेपालीहरुसंग सम्पर्क हुन थाल्यो अनि सुनिन थाले उनीहरुको कथा, नेपालमा हुँदा सानै देखि देखेको चिनेको दाई हुनु हुन्थ्यो फेसबुक बाट नम्बर लिएँ र सम्पर्क गरेँ ।
दाई के छ खबर रु निराश् स्वरमा दाईले भने – ‘के हुनु नानी बेहाल छ नि ।’
‘किन ? के भयो र त्यस्तो ?’ मैले फेरी प्रश्न गरेँ ।

दाईले आफ्नो वास्तबिक कथा बेलीबिस्तर लगाए- बिबाह गरेको १ बर्ष भएको थियो । डीभी पर्यो श्रीमतीका साथ हाँसीखुसी अमेरिका आएँ । केही नेपालीहरु भेटे खुसी लाग्यो, मलाई र श्रीमतीलाई कामको केही टेन्शन भएन, एकजना नेपालीको आफ्नै स्टोर रैछ। त्यसमै बुढीलाई काम दिए । मलाई पनि काम खोजिदिए । उनीसँग एकदम राम्रो सम्बन्ध भयो । त्यसपछि उनले नै आइडिया दिए नेपालबाट पैसा मगाउने र अर्को पनि स्टोर खोलेर चलाउने । उसको कुरामा मख्ख परेँ अनि नेपालमा भएको जग्गा जमीन घर सबै बेचेर पैसा मगाएँ । स्टोर खोलियो । बिज़नेस पनि राम्रो हुनथाल्यो, म भाग्यमानी रहेछु भन्ने फिल भयो । तर, मेरो यो खुशी त्यतिबेला  दुःखमा परिणत भयो जब आफ्नै श्रीमती त्यही साथीले भगाइदियो। श्रीमती मात्रै भागिन, उस्ले सबै कम्पनी आफ्नो नाममा पारी । र, मलाई रित्ताएर हिँडी । अब मसँग न नेपालमा केही सम्पत्ति बाँकी रह्यो, न अमेरिकामै मेरो नाममा केही छ ।
म त सारै पीडित भएँ, डीभी पर्नु नै मेरो लागि ठूलो दशा भयो । आज म नेपालमा हुन्थेँ भने म सँग मेरो श्रीमती हुन्थी, मेरो घर हुन्थ्यो, मेरो बिज़नेस हुन्थ्यो, म सुखी जिन्दगी बिताइरहेको हुन्थे । तर, आज म रित्तो छु, म सँग केही छैन ।
त्यो सुनेर म छाँगाबाट खसे जस्तो भएँ ।
यो भन्दा पनि दुःख लाग्दो कथा छ, अर्को । जसलाई मैले लगभग प्रत्यक्ष देखेको छु र बुझेको छु। चीनजानकै मान्छे । आज भन्दा लगभग ७-८ बर्ष अगाडि डीभी परेर अमेरिका आउने भए । नेपालमा उनको भब्य बिदाइ गरियो। बिबाह गरेको केही समयमा नै उनको श्रीमतीलाई डीभी परेकोले उनलाई सबैले भाग्यमानीको संज्ञा दिए । हाँसीखुशी श्रीमानश्रीमती अमेरिकातिर लागे । केही बर्ष उनीहरूका रमाइला तस्बीरहरुले फेसबुकका भित्ताहरु भरिए । अमेरिका आएको लगभग २-३ बर्ष पछि सुनियो कि फलानोको श्रीमती त उसलाई छोडेर अर्कैसंग पोइल गई रे !
एक कान दुई कान मैदान भने जस्तो, नराम्रो कुरा न हो जति लुकाए नि लुक्न सकेन । आखिर कुरा सत्यतामा परिणत भयो। श्रीमती अर्कोसँग हिडेको झ्वाँकमा उनले फेसबुकमार्फत एउटी हेर्दैमा सुन्दर देखिने केटी पट्टाए । उसलाई जतिसक्दो चाडो त्यो हिँडेकी श्रीमतीलाई देखाउनु थियो । त्यसैले फोटो हेरेकै भरमा नेपालमा बिबाहको तयारी गर्न लगाए । बिबाह पहिलाको भन्दा भब्य भयो पूरै बाजागाजाको तामझामका साथ बिबाह गरे । पार्टीको त झन कुरै नगरौँ, कति हो कति खर्च । सुने अनुसार अमेरिका बसुन्जेल जोगाएको पैसा बिबाह र पार्टी मै खर्च भयो रे !
केही महिनाको रमाइलो पछि उनी श्रीमतीलाई नेपालमै छाडेर अमेरिका फर्किए, महिनैपिच्छे खर्च नि पठाइरहे। श्रीमतीको सबै भिसा प्रोसेस मिलाएर २ बर्ष पछि आफू सँगै अमेरिका लिएर आए। श्रीमती अमेरिका आएकै १ महिनामा उनको हातमा ग्रीन कार्ड आयो त्यसपछि त्यो श्रीमतीले पनि आफ्नो बाटो तताई। आजकल फेसबुकका भित्ताहरुमा श्रीमतीको अर्कै केटोसँग अंगालो हालेको तस्बीर देखिन्छ भने २ वटी श्रीमतीले छोडेर हिडेको पीड़ामा उसको हातमा रक्सीका बोतल मात्रै। एकातिर पैसाको नास, अर्कोतिर समयको बर्बाद । त्यों भन्दा ठूलो मानसिक पीड़ा के हुनसक्छ । बिचरा जिन्दगी !
त्यो पीड़ा देखेर मेरो कानमा आजकाल एउटै आवाज गुन्जिने गर्छ, उसको आमाले भनेको – यो डीभी भन्ने के आयो के ? मेरो छोराको जिन्दगीनै बर्बाद गर्दियो, २ वटीले छोडेर हिडे, पैसा सबै सकियो, आज डीभी नपरेको भए काठमाडौंमा घर हुन्थ्यो, राम्रो जागिर हुन्थ्यो, श्रीमती छोराछोरीको साथ हुन्थ्यो । कति सुखी भएर बाँच्थ्यो होला, मेरो छोरा ।
यदि तपाईसँग धेरै पैसा छ र बिज़नेसको आइडिया छ भने डिभी पर्नु धेरै राम्रो कुरा हो । तपाई अमेरिका आएर आनन्दले बिज़नेस गर्न सक्नुहुन्छ । पढ़न सक्नुहुन्छ । डीभी परेर अमेरिका आएर सुखी जिन्दगी बिताउनेहरु पनि छन यहाँ । तर १० प्रतिशत बाँकी ९० प्रतिशत नेपालीको पीड़ा उस्तै छ । डीभी पर्नासाथ नेपालमा भएको घर जग्गा बेच्ने, भएको राम्रो सरकारी जागिर छोडने, नेपालमा मज्जाले चलिरहेको बिज़नेस व्यवसाय यत्तिकै बन्द गरेर आँखा चिम्लेर अमेरिका भन्ने बित्तिकै हाम्फाल्नेहरु धेरै पछुताएका छन, यहाँ ।
नेपालमा कुर्सीमा बसेर गफ लडाएर खान पल्केकाहरुलाई दिनको १० -१२ घण्टा उभिएर जस्तोसुकै काम भए पनि गर्नैपर्ने त्यो बाध्यता नेपालमा बस्नेले कल्पना पनि गर्न सक्दैन । नेपालमा बस्नेहरुले त्यही देखिन्छ चिल्लो सड़क, ठूला-ठूला बिल्डिंग, सुकिला-मुकिला कपड़ा लगाएर समुन्द्री किनारमा खिचिएका ती तस्बीर र भिडियोहरु ।

किनकी यहाँको वास्तबिक जिन्दगी सबैले लुकाउछन्, ग्यास स्टेशनमा १०-१२ घण्टा उभिएर थकित भएको फोटो खिचेर कसैले फेसबुकमा राख्दैन यहाँ । रेस्टुरेन्टमा भाड़ा माज्दै गरेको या वेटर बनेर प्लेट उचाल्दै गरेको फोटो कसैले पोस्ट गर्दैन फेसबुकमा । कसैको घरमा खाना बनाउँदै गरेको, ट्वायलेट सफा गर्दै गरेको फोटो कसैले खिच्दैन यहाँ । यस्ता धेरै उदाहरणहरु छन्, जुन भनी साध्य छैन । त्यसैले फेसबुकमा पोस्ट भएका, हातमा रक्सीको बोतल बोकेर समुन्द्री तटमा मस्ती गरेका, ठूला-ठूला बिल्डिंग र चिल्ला सड़कहरुमा उभिएर खिचेका तस्बिर र भिडियोहरु देखेर लोभिनु भन्दा आफ्नो देश नेपालमा बस्न पाउने र आफ्नो योग्यताले सकेको काम गर्न पाउने मान्छे नै सबैभन्दा ठूलो भाग्यमानी हो। त्यसैले डीभी नपरेकोमा दुःखी हैन, खुशी हुनुहोस् र आफूलाई संसारकै भाग्यमानी ठान्नुहोस् । जय नेपाल !

रेखा ओझा (लस एञ्जलस, क्यालिफोर्निया)

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Gossip news,1,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: एयरपोर्टबाटै सुरू हुन्छ डीभी पर्नेको व्यथा
एयरपोर्टबाटै सुरू हुन्छ डीभी पर्नेको व्यथा
http://4.bp.blogspot.com/-Z4foDDSHb7Y/U3qvvuKuBEI/AAAAAAAAKiA/fRomsNtmpFE/s1600/nepal+airport+tia.jpg
http://4.bp.blogspot.com/-Z4foDDSHb7Y/U3qvvuKuBEI/AAAAAAAAKiA/fRomsNtmpFE/s72-c/nepal+airport+tia.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/05/very-yesterday-saying-u.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/05/very-yesterday-saying-u.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy