actor suman is going to fire burned himself for actress nisha
काठमाडौं। राजधानीको मौसम केही समययता चिसिँदै गर्दा दुई दिन अघि नायक सुमन सिंह चाहिँ राजधानी नजिकैको चपली हाइटमा आफैलाई आगोले जलाउने कुरा गरिरहेको अवस्थामा भेटिए। मायामा तड्पिएर प्रेमिकाका लागि जल्ने भन्दै डाँडामा भौतारिरहँदा उनकी प्रेमिका निशा लामा चाहिँ सुमनकै वरपर टहलिईरहेकी थिईन्। सुमन निशालाई कतिसम्म प्रेम गर्दा रहेछन् भने निशा लागि उनले आफ्नो नाम नै लिन छाड्ने कुरा समेत बताइरहेका थिए।
Two days before the season when the capital coefficients diggity Suman Singh, the hero of the capital , near the fire burned himself talking boundless shock . Lack of true but for the whole region , saying the mountain bhautarirahamda typified his girlfriend Nisha Lama around the sumanakai tahaliiraheki regard. Adding a secular love for Nisha Suman when he discovered that his name was to take things even quit telling .
पछिल्लो समयमा चर्चित रहेको गीत ‘गौरादहको बजारैमा’का गायक उजन नेम्बाङको चौथो एल्बम ‘तस्वीर’ मा रहेको ‘तिमीलाई खुशी मिल्छ भने’ बोलको गीतको भिडियोका छायांकनका क्रममा सुमन आफ्नी प्रेमिकाका लागि जलाई दिने कुरा गरिरहेका थिए। उजन र गायिका रजिना रिमालको स्वरमा सजिएको यो गीतलाई भिडियोमा ढाल्नका लागि फिल्म निर्देशक बसन्त निरौलाले मोडलद्वयलाई अभिनयको निर्देशन दिईरहेका थिए भने उनीहरुको अभिनयलाई कुशल ढंगले छाँयाकार रामेश्वर कार्कीले क्यामरामा कैद गरिरहेका थिए।
उजनको आफ्नै शब्दमा रोशन लामाले संगीत भरेको यो गीतको भिडियो महिना दिनपछि दर्शकमाझ आउने गायकले जानकारी दिए। उनले यसअघि सन् २००७ मा ‘फ्रेण्डसिप’, सन् २०१२ मा ‘अन्तराल’ र सन् २०१३ मा ‘तनाब’ श्रोतालाई दिईसकेका छन्। दोस्रो एल्बम ‘अन्तराल’मा रहेको ‘रुवायो निष्ठुरी मायाले’ र ‘पोखराको तालमा घुम्नव हामी जाउँ’को भिडियो दर्शकले निकै मनपराएका थिए भने ‘तनाब’ एल्बममा रहेको ‘गौरादहको बजारैमा’ गीतको भिडियो पनि निकै चलेको थियो। आगामी तिजको अवसर पारेर चौथो एल्बमको गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने योजनामा रहेका उजनले त्यो भन्दा अघि एउटा अर्को भिडियो बाहिर ल्याउने जानकारी दिए।