उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको गीत सैनिक मञ्‍च टुँडिखेलमा घन्किने

Republic special program in Nepal,उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको गीत सैनिक मञ्‍च टुँडिखेलमा घन्किने

गणतन्त्र विशेष कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको गीत सैनिक मञ्‍च टुँडिखेलमा घन्किने भएको छ। सरकारले जेठ १५ गते सैनिक मञ्चमा आयोजना गर्ने गणतन्त्र विशेष कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री गौतमको रचनामा रहेको गीत घन्किने भएको हो। गौतमको शब्दरचना रहेको उक्त गीत रेडियो नेपालका गायक समूहले संयुक्त रूपमा गाउने तयारी भइरहेको हो। गीतमा संगीत सुपरीवेक्षण शम्भुजित बास्कोटा र संगीत भूपेन्द्र रायमाझीको छ।

Deputy Prime Minister and Minister Partial remission Republic special program looking at BP, the military is the song . The government is planning to stage military Jestha 15, Deputy Prime Minister and Minister tidal flushing Republic special program has become the song of BP . The joint is the song Radio Nepal sabdaracana singer of the group is planning to jointly sing . Editing and Music Concerts toss contained music supervision is cheaper .

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा रहेको गणतन्त्र मूल समारोह समितिले यसपटकको गणतन्त्रलाई थप उत्साहपूर्वक मनाउन नियमित कार्यक्रमलाई नै थप रोचक र आकर्षक बनाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ। राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विशिष्ट पाहुनासमक्ष गौतमरचित गीत प्रस्तुत गर्ने योजना छ। हाल उक्त गीतको गायन प्रयास रेडियो नेपालको स्टिुडियोमा भइरहेको छ।

साहित्यमा विशेष रुचि राख्ने गौतमको यसअघि किसानसँग सम्बन्धित अडियो एल्बम र कवितासंग्रह बजारमा आइसकेका छन्। गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले गणतन्त्र स्थापनापछि गौतमले लेखेको गीत यसपटक गणतन्त्र दिवसका अवसरमा सार्वजनिक हुने बताए।

गणतन्त्र विशेष कार्यक्रममा सरकारका विकास उन्मुख कार्यालयले वर्षभरि भएका कार्यप्रगति झाँकीका रूपमा प्रस्तुत गर्नेछन्। त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समेत कार्यसम्पादन युनिटलाई नै झाँकीका रूपमा प्रस्तुत गर्ने कार्यक्रम छ। तीनै सुरक्षा निकायका संगीत महाविद्यालयले विशेष गीतसंगीतसमेत कार्यक्रममा प्रस्तुत गर्नेछन्। यस्तै कारागार व्यवस्था विभागको सिफारिसमा सजायको माफी, मुल्तबी परिवर्तन वा कम गर्ने कार्यविधि २०६९ अनुसार ५० प्रतिशत कैद भुक्तान गरेका करिब दुई सयजना कैदीलाई आफमाफी दिने योजनामा सरकार रहेको छ। विभागका महानिर्देशक शम्भु कोइरालाले विभागले कार्यविधिअनुसार आममाफीका लागि कैदीको सूची गृह मन्त्रालयमा पठाइसकेको बताए।

सरकारले जेठ १४, १५ र १६ गते देशभित्र र देशबाहिर रहेका सरकार अधिनस्थ कार्यालयमा दीपावलीसहित विविध कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने तयारी गरिरहेको छ।गणतन्त्र गीत

शब्द : वामदेव गौतम

संगीत सुपरीवेक्षक : शम्भुजित बास्कोटा

संगीत : भूपेन्द्र रायमाझी

स्वर : समूह (रेडियो नेपालका कलाकार)


आयो है नेपालमा गणतन्त्र आयो आयो

जनताले शासन गर्ने अब पालो आयो

सहिदको रगतले गणतन्त्र ल्यायो

जनताको मनमा, हेर भरोषा जगायो

राष्ट्रभक्त, श्रमभक्त सँगै हिँड्ने भए

नयाँ नेपाल निर्माणमा सबै जुट्ने भए

नेपाल हो रंगीचंगी जन फूलबारी

अनेक थरी फूलको राम्रो माला उनेसरि

सजाउनुपर्छ अब नेपाललाई हेर

पसिना र रगतलाई फाल्नुहुन्न खेर

हिमाल र तराईमा खुसी ल्याउनलाई

समृद्धिको नयाँ नेपाल बनाउनलाई

आफ्नो संविधान आफैं बनाउनुपर्छ

त्यसका निम्ति हामी सब एक हुनुपर्छ

मेची, काली, कोसी जलाधार हाम्रो

लुम्बिनीको ज्योतिजस्तै सगरमाथा हाम्रो

देशको रक्षा गर्न आज जनता जागेका छन्

गणतन्त्र ल्याउने सहिद अमर बनेका छन्।
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको गीत सैनिक मञ्‍च टुँडिखेलमा घन्किने
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको गीत सैनिक मञ्‍च टुँडिखेलमा घन्किने
Republic special program in Nepal,उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको गीत सैनिक मञ्‍च टुँडिखेलमा घन्किने
http://1.bp.blogspot.com/-Bse_t4B0-DQ/U4RxY_Mdj4I/AAAAAAAAKjE/g4wsifQyKLs/s1600/bamdevsong.jpg
http://1.bp.blogspot.com/-Bse_t4B0-DQ/U4RxY_Mdj4I/AAAAAAAAKjE/g4wsifQyKLs/s72-c/bamdevsong.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/05/Republic-special-program-in-Nepal.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/05/Republic-special-program-in-Nepal.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy