प्रत्येक महिना वैदेशिक रोजगारीमा गएका ७२ नेपालीको मृत्यु

death of the Nepalese migrant workers and students Nepalese almost 72 per month

नेपालीहरूको वैदेशिक रोजगारीमा जाने सङ्ख्यामा विदेशिएका नेपाली कामदारहरूका मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ । गएको वर्ष नेपालबाट रोजगारीमा गएका ८६४ जनाको मृत्यु विदेशमा भएको छ ।
वि.स. २०७० सालमा वैशाखदेखि चैत मसान्तसम्ममा मृत्यु हुनेमध्ये ८४५ जना पुरुष र १९ जना महिला छन् । योबाहेक पनि ठूलो सङ्ख्यामा अवैधानिकरुपमा विदेशिएका नेपालीहरूको मृत्यु हुने गरे पनि त्यसको तथ्याङ्क नेपाल सरकारसँग छैन ।

Contributed to the death of the Nepalese migrant workers and students Nepalese showing the proceeding. Last year 864 people died employment has gone abroad has .
In November Death toll from Dakshina mid 2070 BS 845 are men and 19 are women . It has no obligation of any large number of deaths by avaidhanikarupama videsieka also the data is not the Government of Nepal .
भारत हुँदै तेस्रो मुलुक भएर अवैधानिकरुपमा विदेशिएका नेपालीहरूको मृत्यु भए पनि उनीहरू अवैधानिकरुपमा गएकाले उनीहरूको शव ल्याउन समेत अप्ठयारो पर्ने गरेको छ । त्यस्तै भारतमा बर्सेनि सयौं नेपाली कामदारको मृत्यु हुने गरेको अनुमान गरिएको छ, जसको तथ्याङ्क पनि सरकारसँग छैन ।
वैदेशिक रोजगार प्रवद्धन बोर्डका निर्देशक टीकाप्रसाद भण्डारीले भारत बाहेकका तेस्रो मुलुकमा वैधानिकरुपमा गएका कामदारको मात्रै तथ्याङ्क बोर्डले राख्ने गरेको बताए ।

तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ७२ जना वैदेशिक रोजगारीमा मृत्यु हुने गरेको छ । जसमा रोजगारीबाहेक पढ्न र अन्य कार्यको क्रममा विदेशमा मृत्यु भएका नेपालीहरू समावेश गरिएको छैन । गएको वर्ष सबैभन्दा बढी मलेसियामा २९९ जनाको मृत्यु भएको छ । त्यस्तै साउदी अरबमा २३३ , कतारमा १८४, युयई -दुवई)मा ५८ जना, कुवेतमा ४४ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरीयामा १४ जना, ओमनमा १३, बहराइनमा सात जना, अफगानिस्तानमा दुईजना, जापानमा दुई, जर्मनी, इजरायल, माल्दिभ्स, रसिया, श्रीलङ्कामा, अमेरिका र पपुवान्यूगीनीमा एक/एक जना नेपाली कामदारको मृत्यु भएको छ । बोर्डले वैदेशिक रोजगारीमा गएकाको मृत्यु भएमा रु एक लाख पचास हजारसम्म क्षतिपूर्ति दिने गरेको छ ।

गत वर्ष चार लाख ९२ हजार ५३२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये चार लाख ६१ हजार ७६९ जना पुरुष र ३० हजार ७६३ जना महिला छन् ।

वैदेशिक रोजगार प्रवद्धन बोर्डका अनुसार सुतिरहेको अवस्था -कार्डिक आर्टिस) का कारण १४१ जना, प्राकृतिक मृत्युका कारण १३१ जना, सडक दुर्घटनाका कारण १२० जना, आत्महत्याका कारण ८४ जना, दयघातका कारण ६१ जना, कार्यक्षेत्रमा काम गर्दै गर्दा ५६ जना , हत्याका कारण एक जनाको मृत्यु भएको छ ।

सडक दुर्घटनाका कारण मृत्यु भएका र कार्यक्षेत्रमा काम गर्दै गर्दा मृत्यु भएका कामदारले मात्रै रोजगारदाता र त्यहाँको सरकारबाट क्षतिपूर्ति पाउने प्रावधान छ ।

ज्ञानको अभावमा क्षतिपूर्ति लिँदैनन् घाइतेहरू
गएको वर्ष वैदेशिक रोजगारीमा काम गर्ने क्रममा घाइते भई अङ्गभङ्ग भएकाहरूलाई रोजगारदाता संस्थाले क्षतिपूर्ति दिनुपर्ने प्रावधान भए पनि अधिकांश कामदारहरूले चेतनाको अभावमा त्यस्तो क्षतिपूर्ति पाउने गरेका छैनन् ।

रोजगारदाता संस्थाले क्षतिपूर्ति दिनुपर्ने स्पष्ट प्रावधान भएपनि सो सम्वन्धी कानुनी जानकारीको अभावमा कामदारहरूले क्षतिपूर्तिनै माग्ने गरेका छैनन् । मागिहाले पनि निकै थोरै रकम लिएर चित्त बुझाउने गरेका छन् ।

विदेशमा मात्रै होइन नेपालमा पनि वैदेशिक रोजगारीमा घाइते भई अङ्गभङ्ग भएकाहरूलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले क्षतिपूर्ति प्रदान गरेको छ । गएको वर्ष मात्रै १०४ जनालाई बोर्डले रु ६९ लाख ४३ हजार बराबरको रकम क्षतिपूर्ति प्रदान गरेको छ । रासस

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,Music Vdo,1,Nepali movie,1,nepali pop,157,Recents,580,Show,25,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: प्रत्येक महिना वैदेशिक रोजगारीमा गएका ७२ नेपालीको मृत्यु
प्रत्येक महिना वैदेशिक रोजगारीमा गएका ७२ नेपालीको मृत्यु
death of the Nepalese migrant workers and students Nepalese almost 72 per month
http://4.bp.blogspot.com/-J-S5yA-UWP4/U0Zju27YOjI/AAAAAAAAKak/23kvdV6OBZY/s1600/kuwait.jpg
http://4.bp.blogspot.com/-J-S5yA-UWP4/U0Zju27YOjI/AAAAAAAAKak/23kvdV6OBZY/s72-c/kuwait.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/05/Nepalese-died-72-every-month.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/05/Nepalese-died-72-every-month.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy