Seeing such a strange dance tried photographing their own languages warned
४३ डिग्री तापक्रममा सर्वसाधारणलाई घरबाट बाहिर निस्कन अप्ठ्यारो भइरहेको बेला जनकपुर १२ कुवाबजारमा केही किशोरी कपाल खोलेर नगाराको तालमा नाचिरहेका थिए। दसदेखि १७ वर्षसम्मका सातजना किशोरी हाहा र हुहु गर्दै विचित्रले नृत्य गर्दै थिए भने केही वृद्ध पुरुष धूप र अगरबत्ती बालेर किशोरीलाई पूजा गरिराखेका थिए। यस्तो अनौठो नृत्य देखेर तस्बिर खिच्न खोज्दा उनीहरूले आफ्नै भाषामा चेतावनी दिए, 'फोटो नखिच् नत्र तेरो दिन बिगारिदिन्छु।'
43 degrees Fahrenheit out of the public house when Janakpur 12 kuvabajarama some awkward teenage hair corollary library Nagara lake . Hahah awesome for 17 years and are rolled seven teenage vicitrale were dancing , some elderly men were to bring incense and incense lamp teenage service . Seeing such a strange dance tried photographing their own languages warned , ' photo nakhic lest your day bigaridinchu
त्यहाँ उपस्थित वृद्ध शिवशरण रामले यो नृत्य नभएर किशोरीहरूको शरीरमा देवी चढेको बताए। किशोरीहरूले 'भगतई' खेलिरहेको ती वृद्धले बताए। चमार जातिका ती किशोरीको शरीरमा एक्कासि परिवर्तन आउने गरेको र कपाल खोलेर नाच्न थालेपछि उनीहरूमा देवी चढेको भन्ने स्थानीयको भनाइ छ। किशोरीले त्यस्तो लक्षण देखाएर भगतई खेल्न थालेपछि पूजाअर्चना गर्दा उनीहरूले भनेका सबै कुरा पूरा हुने जनविश्वास छ।
तराईमा पिछडिएको दलित जातिका रूपमा रहेको चमार समुदायमा अधिकांश महिला अशिक्षित छन्। त्यसमा पनि अन्धविश्वास तथा परम्परागत चिन्तनका कारण किशोरकिशोरीलाई विद्यालय नपठाउने गरेको स्नातक गरेका सोनफी महराले बताए। देवीदेउता शरीरमा आएको हो भनिने किशोरीहरू प्रायजसो हिस्टेरिया तथा अन्य यौनजन्य मानसिक रोगबाट ग्रसित हुने गरेकाले उनीहरूले अनौठो व्यवहार देखाउने गरेको मनोविज्ञान विषयकी प्राध्यापक रोहिणी झाले बताइन्।
यो समुदायमा बढीजसो महिनाबारी हुनुभन्दा अगाडि नै बालिकाको विवाह गरिदिने परम्परा छ। त्यसैले उनीहरू मानसिक रूपमा कमजोर भई यस्ता क्रियाकलाप गर्ने गरेको र त्यस्तो अवस्थामा चिकित्सकसँग सम्पर्क गर्नुको साटो धामीझाँक्रीले देवी आएको भनी भगतई खेल्न लगाउने गरेको झाले बताइन्।