Null

पैसा कमाउनका लागि नेपालभन्दा कंगाल मुलुक अंगोला पुर्‍याइएका नेपाली यसरी ठगिए

आफैं बेरोजगारी जनसंख्या व्यहोरेर बसेको दक्षिण अफ्रिकी मुलुक अंगोलामा सुरक्षाकर्मी काममा लगाइदिने भन्दै मानव तस्करको सञ्जालले नेपाली कामदार...

आफैं बेरोजगारी जनसंख्या व्यहोरेर बसेको दक्षिण अफ्रिकी मुलुक अंगोलामा सुरक्षाकर्मी काममा लगाइदिने भन्दै मानव तस्करको सञ्जालले नेपाली कामदार पठाउन थालेका छन् ।

नेपाली सेनाका एक अवकाशप्राप्त जवान पोखराका देवबहादुर हमाल यही गोलचक्कर बेहोर्दै अंगोला पुगेर १० दिन हैरानी बेहोर्दै दिल्ली फिरेका छन् । स्याङ्जा, ठूलाडिही घर बताउने देवेन्द्र गुरुङ्गले आफूबाट बिभिन्न चरणमा साढे ९ लाख रुपैयाँ लिएको र आठ महिना दिल्लीमा कुराएपछि बल्ल अंगोला उडाएको पीडित हमालले बताए । गत अप्रिल ७ मा दिल्ली फिरेका हमालले आफूलाई अंगोला उडाउने गुरुङ्ग भारतमा रहेकाले उनको खोजीमा लाग्न स्थानीय हेल्प मिसन संस्थासँग सहयोग मागेको जानकारी दिए ।


Nepal Army soldier , a retired Angola Pokraka Devbhadur carrier Behorda the roundabout Behorda Delhi Fireka Cn surprised Puger 10 days . Syaङga , Devendra Btaune Tuladihi home Guruङgle Offubat Bibhinn Crnma 9 million Rupayaँ Liako Su eight and a half months Dillima Kuraapchi Bll Angola Udaako Hmalle informing victims . Last April 7 Ma Delhi Fireka Hmalle Offulai Angola Udaune Guruङg bharatma Rhekale Khozima Lagn local help them collaborate Snsthasँg Misn Mageko sharing .


४० वर्षीय हमालले आफू नेपाली सेनामा छँदा कंगोको शान्ति सेना मिसनमा रहेर एक बर्ष काम गरेको र सेनाबाट अवकाश भएपछि अफगानिस्तान गएर ४ बर्ष काम गरेको जानकारी दिए । उनले पानी जहाज सुरक्षाको काम पाउनका निम्ती श्रीलंकामा गएर ६ महिना यसबारे तालिम लिएको समेत बताए । ‘त्यो काम सिक्दा मात्रै पनि साढे ७ लाख रुपैंया डुबेको छ,’ नचाहिंदो सपना देखेर लाखौं रुपैंया डुबाएपछि बिलखबन्धनमा परेका हमालले भने । यसरी श्रीलंकामा पानी जहाज सुरक्षा तालिम दिएर त्यस्तै जागिर दिलाउने भनेर ओखलढुङ्गाका चन्द्रबहादुर गुरुङले आफूलाई फँसाएको उनले बताए । एजेन्ट चन्द्रबहादुरको भनाइमा भर परेर श्रीलंकामा १ सय २५ नेपालीले लाखौं खर्चदैं पानी जहाजको तालिम लिएको हमालले जानकारी दिए ।  

पोखरा, बिरौटामा रहेको घर पनि धरौटीमा रहेको र दुइ छोरा तथा श्रीमतीलाई मुख देखाउन नसक्ने अवस्था आइपरेपछि आफू दिल्लीमा अड्किएर बसेको उनले बताए ।

आफूलाई बिजोग बनाउने एजेन्ट गुरुङसँग स्याङ्जा गाउँमा सँगै स्कुल पढेकाले त्यही नातामा बिश्वास गर्दै लाखौं रुपैंया तिरेको तर अहिले एजेन्ट सम्पर्कहीन बनेको भनाइ उनको छ । गत बर्ष दशैं लगत्तै घरबाट निस्केका उनी ढुक्कै दिल्लीको पहाडगंजमा सस्तो होटल खोज्दै दिन बिताइरहेका छन् । ‘दिल्लीबाट मुम्बइ हुँदै इथियोपियाबाट अंगोला पुगेको हुँ,’हमालले भने—‘उता पुगेर केही दिन एयरपोर्टमैं सुतेर बिताएँ, अरु दिन भोकभोकै रहें । एजेन्टले भनेजस्तो मलाई लिन कोही नआएपछि दिल्ली फिरेको हुँ ।’

सुरक्षित आप्रवासन र भारततर्फ जाने नेपाली कामदारका बारेमा अध्यनरत केयर नेपालका कार्यक्रम अधिकृत प्रकाश पाण्डेले अंगोलबाट फिरेका पीडित हमाललाई उनको पोखरा घरसम्म लगिदिने इच्छा जनाएका थिए । तर हमालले साह घरखेत डुबेको र ऋणको भार मात्रै रहेको अवस्थामा घर फिर्न चाहेनन् । ‘वैदेशिक रोजगारीलाई आफैं असुृरक्षित र अव्यवस्थित बनाउने काममा हमालजस्एता जानकार व्यक्ति पनि लागेको पाइयो, जानीजानी यसरी आफैं पीडित बन्न चाहनेलाई उद्दार गर्न पनि मुश्किल हुन्छ,’पाण्डेले भने ।
स्रोत: कान्तिपुर 
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,8,film songs,68,Health,1,Life,1,Live Stage,9,movie,2,MUsic,20,nepali pop,157,Recents,568,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: पैसा कमाउनका लागि नेपालभन्दा कंगाल मुलुक अंगोला पुर्‍याइएका नेपाली यसरी ठगिए
पैसा कमाउनका लागि नेपालभन्दा कंगाल मुलुक अंगोला पुर्‍याइएका नेपाली यसरी ठगिए
http://3.bp.blogspot.com/--26a4iHYzZs/U1uHBSJFr_I/AAAAAAAAKeU/QzgYm7e7Zis/s1600/nepali+in+angola.jpg
http://3.bp.blogspot.com/--26a4iHYzZs/U1uHBSJFr_I/AAAAAAAAKeU/QzgYm7e7Zis/s72-c/nepali+in+angola.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/nepali-in-angola.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/nepali-in-angola.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy