Null

बैसाख र जेठमा बिहे गर्नेलाई मालामाल

दशैं, तिहार, छठलगायत सबै चाडपर्व अगाडि सरे नयाँ सालमा लगन जुराएर विवाह गर्न चाहनेहरुका लागि अचम्मको साइत देखिएको छ । ०७१ सालको सु...

दशैं, तिहार, छठलगायत सबै चाडपर्व अगाडि सरे

नयाँ सालमा लगन जुराएर विवाह गर्न चाहनेहरुका लागि अचम्मको साइत देखिएको छ । ०७१ सालको सुरुमा अर्थात् बैसाख र जेठमा मात्रै २६ दिन बिहेका लागि साइत जुरेका छन् । साथै ०७१ सालका प्रायः सबै चाडपर्वहरु १०/१५ दिन अगाडि सरेका छन् ।

पञ्चाङ्गअनुसार बैसाख महिनामा १० वटा बिहेका लगन जुरेका छन् भने जेठमा १६ दिनसम्म बिहेको साइत जुरेको छ । पात्रो अनुसार बैसाखमा २, ३, ६, ७ र ९ गते बिहेको साइत जुरेको छ । त्यसैगरी बैसाखमा १८, १९, २५ र २७ गते बिहे गर्नेहरुका लागि शुभ साइत छ । त्यसैगरी जेठमा ०७१ सालकै सबैभन्दा बढी अर्थात १६ दिनसम्म बिहेको साइत जुरेको छ । जेठ १ गतेदेखि ३, ५, १०, ११ र १६ गते बिहेको साइत छ । त्यसैगरी २१ गतेदेखि २४ गतेसम्म र २६ गतेदेखि जेठ ३१ सम्म विवाह गर्नेहरुका लागि शुभ साइत रहेको छ ।


Looking for a new government to marry passion platoon wonderful views of dumping . 071 first year alone , the coup and is pending for 26 days races are uneasy . Also almost all the 071 Wegman GIMP 10/ 15 days ago moved .

Pancangaanusara coup six months, 10 billboards are diligently Paying the hackles of 16 days , southwest races . According Calendar True 2 , 3 , 6 , 7 and 9 in the southwest races . Likewise, True 18 , 19 , 25 and 27 December for those married to good omens . Similarly, the more that 16 days have raised the hackles 071 races in southwest . May 1 st 3 , 5 , 10 , 11 and 16 December , southwest of dumping . Similarly, 21 teams had 24 top position and 26 teams had until May 31 wedding is for those who auspicious omens .

मंसिरमा एक दिनमात्रै लगन

मंसिरलाई विवाहको मौसम मान्ने गरिन्छ । तर, ७१ सालमा उदेक के देखिएको छ भने मंसिर महिनाभरि विवाहको लगन एक दिनमात्रै जुरेको छ । मंसिर २० गते शनिबार धान्यपूणिर्माको दिनमात्रै विहेको लगन रहेकाले मंसिरको साइतमा बिहे गरौंला भनेर बस्नेहरुले विशेष ख्याल गर्नुपर्ने स्थिति छ ।

मंसिरपछि १२ लगन
मंसिरमा एक दिनमात्रै साइत भएकाले पुसको साइतमा बिहे गरौंला भनेर कसैले चिताएको छ भने त्यो जाडोमा त झन एक दिन पनि बिहेको साइत छैन ।

पुसपछि पनि बिहेका साइत ज्यादै थोरै छन् । माघ महिनामा ४ दिन मात्रै बिहेको साइत जुरेको छ । फागुनमा ८ दिन साइत छ भने ०७१ साल चैतमा एउटा पनि बिहेको लगन छैन ।

मंसिर अगाडि नै बिहे गर्न चाहनेहरुका लागि भने असार महिनामा समेत ८ वटा साइत जुरेका छन् । असार ६, ७, १७ र १८ गते बिहेको साइत जुरेको छ भने असार २० देखि २३ गतेसम्म लगातार साइत परेको छ । साउन, भदौ, असोज र कात्तिक ४ महिनासम्म बिहे गर्न चाहनेले लगन नजुराई बिहे गर्नुपर्नेछ । यी चार महिनामा एक दिन पनि विवाहको लगन छैन । यद्यपि दशैंको टीकाको दिन विवाह गर्दा साइत जुराइरहनु नपर्ने पुरोहितहरु बताउँछन् । नयाँ ०७१ सालभरि कूल ४७ वटा बिहेका लगन छन् । त्यसमा पनि साउने झरी लाग्नुअगावै ३४ वटा लगनहरु सकिन्छन् ।

चाडपर्व सबै अगाडि सरे
नयाँ वर्षका दशैं र तिहारजस्ता चाडपर्वहरु ०७१ सालमा चाँडै आउने देखिएको छ । नयाँ सालको घटस्थापना असोज ९ गते परेको छ भने दशैंको टीका असोज १७ गते छ । ०७० सालमा असोज २८ गते विजयादशमी परेको थियो । यसपालि महानवमी तिथि नभएकाले घटस्थापनाको नवौं दिनमै दशमी परेको छ ।

त्यस्तै नयाँ सालको दिपावली कात्तिक लाग्दै अर्थात् ६ गते नै परेको छ भने भाइटीका कात्तिक ८ मा र छठ पर्व कात्तिक १२ गते परेको छ । ०७० सालमा छठ कात्तिक २३ मा थियो भने भाइटीका कात्तिक १९ मा परेको थियो ।

प्रायः भदौमा मनाइने गाइजात्रा यसपालि साउनमा परेको छ । जनै पूणिर्मा साउन २५ मा र गाईजात्रा साउन २६ गते परेकेा छ । त्यस्तै कृष्णअष्टमी भदौ १ गते, ऋषिपञ्चमी भदौ १४ गते, गौरापर्व भदौ १७ गते परेका छन् । ०७० सालमा साउन २७ मा आएको नागपञ्चमी ०७१ सालमा ११ दिन अगाडि सरेको छ । महिलाहरुको तीज भदौ १२ गते परेको छ । स्रोत: अनलाइन खबर 
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,8,film songs,68,Health,1,Life,1,Live Stage,9,movie,2,MUsic,20,nepali pop,157,Recents,568,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: बैसाख र जेठमा बिहे गर्नेलाई मालामाल
बैसाख र जेठमा बिहे गर्नेलाई मालामाल
http://4.bp.blogspot.com/-KXATeTb9cRA/Uy68f1KOLqI/AAAAAAAAKUU/jgIXHjiKf_E/s1600/marriage.jpg
http://4.bp.blogspot.com/-KXATeTb9cRA/Uy68f1KOLqI/AAAAAAAAKUU/jgIXHjiKf_E/s72-c/marriage.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/marriage-inthe-baishakh-jestha.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/marriage-inthe-baishakh-jestha.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy