हरिवंश आचार्यले मुलुकका विद्यमान समस्याहरुलाई समेटेर खोक्रो सारंगी बोलको गीत ल्याएका छन् । टेलिफिल्ममा जीवन्त अभिनयबाट देश र जनताका समस्या ...
हरिवंश आचार्यले मुलुकका विद्यमान समस्याहरुलाई समेटेर खोक्रो सारंगी बोलको गीत ल्याएका छन् । टेलिफिल्ममा जीवन्त अभिनयबाट देश र जनताका समस्या उजागर गर्दै आएका आचार्यको शुक्रबार सार्वजनिक भिडियोसहितको ‘म त खोक्रो सारंगी….को भाकाले देशबारे एकपटक गम्भीरतापूर्वक सोच्न बाध्य बनाउँछ ।
सारंगी बोकेर लैबरी भाकामा हरिबंशले काठमाडौंका सडकदेखि विद्यालयसम्म र संविधानसभा भवन अगाडिसम्म पुगेर बनाएको भिडियो गीतमार्फत देशको अहिलेको यथार्थ पस्कन सफल भएका छन् । दलका नेताहरु विदेशबाट परिचालित भएको गुनासो पनि गीतमा गरिएको छ ।
हरिवंशले भाका हाल्दै नेताहरुले अझै पनि जनतालाई ढाँट्न नछाडेको गुनासो गरेका छन् । लोडसेडिङले नागरिक अन्धकारमा बस्नुपरेका बेला जलविद्युत्त बनाउनेलाई अवरोध पुर्याउने दलका नेताप्रति पनि हरिवंशले ब्यंग्य गरेका छन् ।
पैसा दिए अपहरण नदिएमा मरण
कसलाई भन्ने कसलाई डाक्ने कसले देला शरण
जोगाउनै गाह्रो भयो नेपालीलाई प्राण
राजनीति गर्नेहरुको कुरो सीमा छायाँ
देशको भन्दा उनीहरुलाई आफ्नो लाग्छ माया
हाम्रो देशको नेताज्यूलाई भाषण गर्न आउने
भाषण सुन्यो भने त गोरु पनि ब्याउने
हाम्रो देशको नेताज्यूको कत्रो ठूलो छाति
बत्ती बाल्न आउनेलाई हानिदिन्छन् लात्ति…………
देश राजनीतिक समस्यामै अल्झेर आर्थिक विकासतर्फ अघि बढ्न नसकेको अवस्थामा आचार्यले गीतको भाकाबाट नेताहरुप्रति तिखो व्यंग्य प्रहार गर्दै ५ मिनेट २० सेकेन्डको भिडियोमार्फत जनताको व्यथा पस्कन सफल भएका छन् ।
यो गीत हरिवंश आफैंले लेखेका हुन् । गीतको म्युजिक भिडियोमा हरिवंश, रुविन गन्धर्व, बालकलाकारहरू लक्षता र कृसाङ्गीसहितले अभिनय गरेका छन् । गीतको संगीत संयोजक जीवित जल्मी हुन् भने शब्द संगीत प्रेमराजा महतको हो । म्यूजिक भिडियो निर्देशन भने प्रदीप भट्टरार्इ र दीपेन्द्र खनियाँले गरेका हुन् ।