अमेरिकी र युरोपियन राजदूतलार्इ जेल हाल्नु पर्छ : एमाओवादी सभासद्

 सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्वन्धी संसदमा छलफल भइरहेकोे विद्येयक बारे नेपालस्थित विदेशी राजदूत, मानवअधिकार उच्चाआयुक्त नेभी पिल्लेले ...


 सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्वन्धी संसदमा छलफल भइरहेकोे विद्येयक बारे नेपालस्थित विदेशी राजदूत, मानवअधिकार उच्चाआयुक्त नेभी पिल्लेले दिएको अभिव्यक्तिलाइ लिएर एमाओवादीका सभासद रामनारायण विडारीले अमेरिकी र युरोपियन युनियनका राजदूतहरुलार्इ जेल हाल्नुपर्ने चेतावनी दिएका छन् ।


सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा विडारीले पिल्लेले आफ्नो सिमा नाघेर दिएको अभिव्यक्तिको भण्डाफोर गर्नेपनि उनले उद्वघोष गरेका छन् । कार्यक्रममा बोल्दै एमाओवादीका सभासद् एवम वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले अर्काको देशकोे कानून बनाउने बिषयमा अनेकथरी बोल्दै हिड्ने विदेशीहरुलाई कारबाही गर्नुपर्ने बताए । नेपालका राजदुतहरुले युरोप, अमेरीका लगायत विदेशी राष्ट्रको कानुन निर्माणका समयमा कुनै चासो देखाएमा उनीहरुले तुरुन्तै नेपाल फर्काइदिने भन्दै बिडारीले नेपालको सरकार पनि उनीहरुको जस्तो बलियो भएको भए उनीहरुलाई जेल हाल्ने या उनीहरुकै देश पठाइदिनुपर्ने तर्क गरे । सत्य निरुपण तथा मेलमिलाप आयोगले कसैलाई सजाए दिने भन्दापनि मेलमिलाप गराउनका लागि बनाउन लागेको उनको दावी छ ।

विडारीले सशस्त्र युद्धकालिन मुद्दालाई प्रचलित फौज्दारी कानून अन्तर्गत भन्दा पनि संक्रमणकालीन न्याय अन्तर्गत कारबाही गरिनुपर्ने बताए । उनले भने–“आयोगको काम सजाय भन्दा पनि मेलमिलाप गराउने हो, त्यसतर्फ सबैले ध्यान दिनुपर्छ । तर यहाँ नेपालका केही डलरवादीहरुको उक्साहटमा आज विदेशीहरुले हाम्रो सार्वभौमसक्तामाथि धावा बोलिरहेका छन् । यो हामीलाइ अमान्य छ । नेपालको कानुन कस्तो बनाउने भन्ने कुरा विदेशीलाइ भन्दा पनि हामीलाइ नै बढी चासो र चिन्ता हुन्छ, त्यसैले हाम्रो देशको कानुन विपरीत राष्ट्रसंघका उच्चाआयुक्त नेभी पिल्लेले दिएको अभिव्यक्ति घोर आपत्तिजनक छ ।” नेपालका केही मानवअधिकार नाममा डलरको खेती गर्नेहरुले पनि पिल्लेको उक्साहटमा अभिव्यक्ति दिएको उनको दावी छ ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षीतले अहिले सरकारले संसदमा पेश गरेको बिद्येयक हतारमा ल्याइएको भन्दै यसको संसोधन र परिमार्जन गर्न जरुरी रहेको बताए । उनले यो बिद्येयक कच्चा रहेको भन्दै आयोगलाइ शक्तिशाली बनाउनुपर्नेसमेत बताए । उनले भने–यो आयोग बिगतकै मल्लीक आयोग र रायमाझी आयोग जस्तो होइन । यो आयोगको गठन भागबण्डाका आधारमा नभई स्वच्छ र स्वतन्त्र छबी भएका व्यक्तीहरुको सहभागीतामा बन्नुपर्ने दिक्षीतको धारणा छ । सशस्त्र युद्धको एउटा पक्ष मोहन बैद्य नेतृत्वको माओवादीलाई पनि कुनै न कुनै रुपमा यो आयोग निर्माणको प्रक्रियामा सहभागि गराउनुपर्नेमा उनले जोड दिएका छन् । दिक्षितले आममाफीको प्रावधान विद्येयकमा नभएको कुरा सकारात्मक भएको तर विद्येयकलाइ यथास्थितीमा अनुमोदन गरिनुभन्दा पनि व्यापक संशोधन गर्नुपर्नेमा जोड दिए ।

मानबअधिकारवादी सुदीप पाठकले पनि अहिलेको बिद्येयकमा भएका कतिपय व्यवस्था तथा प्रावधानहरु संसोधन गर्न जरुरी रहेको बताएका छन् । पाठकले विद्येयकमा समेटीएका २२,२५,२६ र २९ नं. दफा सर्वोच्च अदालत र अन्तराष्ट्रिय कानुनको सिद्वान्तको समेत विपरित भएको भन्दै उक्त दफाहरु संशोधन गरी विद्येयक पारित गरिनुपर्नेमा विशेष जोड दिए । उनले अहिलेको आयोगको काम, कर्तव्य र क्षेत्राधिकार व्यापक फराकिलो बनाउनु पर्ने धाराण राख्दै सर्बोच्च अदालतका पूर्वप्रधानन्याधीशको नेतृत्वमा आयोग बनाउनुपर्ने बताए । उनले राजनीतिक दलका नेताहरुले आयोग निर्माणका क्रममा इमान्दारीता देखाउनुपर्ने बताए ।

अधिबक्ता दिनेश त्रिपाठीले यो बिद्येयकमा आममाफी जस्ता प्राबधान राखेर पिडकलाई उन्मुक्ती दिने प्रयास गरिएको हुँदा उक्त विद्येयक पिडितको हितमा नभएको, सर्वोच्च अदालतको फैसला विरुद्व र अन्तर्राष्ट्रिय कानुनको प्रचलन विरुद्व भएको भन्दै उक्त विद्येयक अनुमोदन भन्दा पनि फिर्ता गर्नुपर्ने चेतावनी दिए । त्रिपाठीले उक्त बिद्येयक यथासिघ्र फिर्ता गरी पुनरलेखन गर्नुपर्ने समेत बताए ।
आयोगको क्षेत्राधिकार सुनिश्चित् गरिनुपर्ने भन्दै बिद्येयकमा अन्तर्राष्ट्रिय कानुन र सर्वोच्च अदालतको फैसला वमोजिम हुनुपर्ने बताउदै अन्यथा उक्त विद्येयक औचित्यहिन हुने त्रिपाठीले जिकिर गरे । गम्भीर अपराधमा बिभागिय कारबाही गर्न नमिल्ने भन्दै यस्ता अपराधहरुमा क्षमादानको व्यवस्था समेत राख्नै नहुने बताए ।
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,Music Vdo,1,Nepali movie,1,nepali pop,157,Recents,580,Show,25,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: अमेरिकी र युरोपियन राजदूतलार्इ जेल हाल्नु पर्छ : एमाओवादी सभासद्
अमेरिकी र युरोपियन राजदूतलार्इ जेल हाल्नु पर्छ : एमाओवादी सभासद्
http://4.bp.blogspot.com/-1qDKrdWxrVg/U1VRIIPUjEI/AAAAAAAAKds/i6TefXJKAfc/s1600/ram-narayan-bidari.jpg
http://4.bp.blogspot.com/-1qDKrdWxrVg/U1VRIIPUjEI/AAAAAAAAKds/i6TefXJKAfc/s72-c/ram-narayan-bidari.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/ambassador-need-to-arrest.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/ambassador-need-to-arrest.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy