Null

बिमान अपहरणमा संलग्न रहेको अभियोगमा १४ बर्षदेखि जेलमा रहेका नेपाली निर्दोष साबित

काठमाडौंबाट भएको इन्डियन एयरलाइन्सको बिमान अपहरणमा संलग्न भएको अभियोगमा १४ बर्षदेखि पञ्जावको पटियाला केन्द्रीय जेलमा रहेका एक नेपालीलाई अद...

काठमाडौंबाट भएको इन्डियन एयरलाइन्सको बिमान अपहरणमा संलग्न भएको अभियोगमा १४ बर्षदेखि पञ्जावको पटियाला केन्द्रीय जेलमा रहेका एक नेपालीलाई अदालतले निर्दोष ठहर गरेको छ । पञ्जाव र हरियाणा उच्च न्यायलयले युसुफ नेपाली भनिने भुपालमान दमाईलाई निर्दोष ठहर गरेको हो । अदालतको आदेशपछि हिजो साँझ जेलमुक्त भएका उनलाई सुरक्षित घेरामा राखेर गोरखपुर हुदै नेपाल पठाईने भएको छ । 

सन् १९९९ डिसेम्बर २४ मा काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको बिमान अपहरणमा परेको थियो । एक सातासम्म अपहरणकारीकै कब्जामा रहेको सो विमान भारतको अमृतसर, पाकिस्तानको लाहोर हुदै दुबइबाट अफगानिस्तानको कान्दाहार पुर्‍याइएको थियो । सो बिमानमा १ सय ७८ यात्रु सवार थिए । 
 Indian Airlines, the couple accused of being involved in the abduction issue, 14 Capital Dheeraj Patiala central prison, where a Nepalese court restructuring is innocent. Mortgage and Haryana High Rapporteur Yusuf bhupalamana called ahead to the restructuring of the innocent. Yesterday evening Picard bail keeping them safe circle of Gorakhpur is outgoing Tesco Nepal.

अपहरणमा संलग्न १० जनामध्ये ७ जना पाकिस्तानी, २ जना भारतीय र एक नेपाली रहेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो /ऋद्यक्ष् ले प्रतिवेदन सार्वजनिक गरेको थियो । बिमान अपहरणलगत्तै मुम्बइमा भएको एक बैंक डकैतीमा संदिग्ध पात्रका रुपमा नेपालीलाई पक्राउ गरिएको थियो । अपहरणकारीलाई लजिस्टिक–सपोर्ट उपलब्ध गराएको अभियोगमा उनी पक्राउ परेका थिए । 

सन् २००८ को फेब्रुवरी २ मा सीबीआइले उनी बिमान अपरहणमा संलग्न रहेकाले आजीवन कारावास हुनुपर्ने भन्दै बिशेष अदालतमा उजुरी हालेको थियो । तर पछि कुनै प्रमाण जुटाउन नसकेकाले अदालतले उनलाई निर्दोष सावित गरेको हो । 

५४ बर्षिय नेपालीले जेलमुक्त हुनासाथ मिडियासंग यसबीचमा आफ्ना बाबुआमाको समेत निधन भएको र श्रीमतीले आफूलाई छाडेर कतै गएको बताए ।  श्रीमती अरुतिरै हिडेपछि नेपालीका छोराछोरी अहिले नातेदार भिनाजुकहाा बसिरहेका छन् । ‘यो १४ बर्षमा जम्मा एकपटक तीन बर्षअघि एकजना आफन्त जेलमा आएका थिए, अरु केही कतै सम्पर्क छैन,’ नेपालीले भने—‘मेरो गोजीमा जम्मा १ हजार भारु छ, अब नेपाल गएर मेरो आफ्नो संसारका बारेमा थाहा पाउनेछु ।’ 
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,8,film songs,68,Health,1,Life,1,Live Stage,9,movie,2,MUsic,20,nepali pop,157,Recents,568,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: बिमान अपहरणमा संलग्न रहेको अभियोगमा १४ बर्षदेखि जेलमा रहेका नेपाली निर्दोष साबित
बिमान अपहरणमा संलग्न रहेको अभियोगमा १४ बर्षदेखि जेलमा रहेका नेपाली निर्दोष साबित
http://3.bp.blogspot.com/-B1Q6sHDV-zw/U0Fi2u0f3tI/AAAAAAAAKYo/zGeYPVvPn5g/s1600/resize_image.jpg
http://3.bp.blogspot.com/-B1Q6sHDV-zw/U0Fi2u0f3tI/AAAAAAAAKYo/zGeYPVvPn5g/s72-c/resize_image.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/Nepalese-court-restructuring.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/Nepalese-court-restructuring.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy