Null

यसरि देखाइदियो नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा शक्ति | भिडियो सहित

हामी केवल सहभागिताका लागि मात्र नभई नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउन यहाँ आएका हौं। यो हाम्रा लागि ठूलो अवसर हो र यसका लागि हामीले विगत १...

हामी केवल सहभागिताका लागि मात्र नभई नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउन यहाँ आएका हौं। यो हाम्रा लागि ठूलो अवसर हो र यसका लागि हामीले विगत १२ वर्षदेखि निरन्तर मिहिनेत गरिरहेका छौं,’ नेपाली क्याप्टेन पारस खड्काले टि ट्वान्टी विश्वकप खेल्न बंगलादेश पुगेपछि विदेशी सञ्चारकर्मीहरुलाई भनेका थिए।


बंगलादेशमा खेलेका दुवै अभ्यास खेल हारेपछि पहिलो पटक विश्वकप खेल्दै गरेको नेपालले के साँच्चै विश्वलाई आफ्नो शक्ति देखाउन सक्ला र भन्ने शंका पनि उब्जिएको थियो। तर स्पिनरको जादू चलेपछि आइतबार राति चीरपरिचित प्रतिद्वन्द्वी हङकङलाई ८० रनको विशाल अन्तरले पराजित गरेर नेपाली टोलीले सारा समर्थकलाई होलीको उपहार दियो। समूह चरणको पहिलो खेलपछि नेपाल अहिले रनरेटको आधारमा अङ्कतालिकामा सबैभन्दा माथि रहनसमेत सफल छ। 
Shakti
टस जितेर ब्याटिङका लागि आमन्त्रण गरेको थियो हङकङले। अभ्यास खेलमा ब्याटिङ नजमिरहेको अवस्थामा नेपालको सुरुवात कस्तो होला भन्ने खुल्दुली सबैमा थियो।

त्यसो त हङकङलाई हराएर नै नेपालले टि ट्वान्टी विश्वकपमा सहभागी हुने अवसर पाएको थियो। तर अभ्यास खेलहरुमा हङकङको प्रदर्शन नेपालको भन्दा राम्रो थियो।

नेपालका सुरुवाती ब्याट्सम्यान सागर पुन र सुवास खकुरेलले राम्रो सुरुवात गरे। स्कोरबोर्डमा ३६ रन रहँदा उनीहरु दुवै आउट भएपछि कप्तान पारस खड‌का र ज्ञानेन्द्र मल्ले तेस्रो विकेटका लागि ४७ बलमा ५० रनको महत्त्वपूर्ण साझेदारी गरे।

तीन पटक जीवनदान पाएका पारसले ३७ बलमा ४१ रन बनाए। ज्ञानेन्द्र भने अर्ध शतक बनाउनबाट दुई रनले मात्र चुके। ४१ बलमा उनले खेलको एक मात्र छक्का र चार वटा चौका हाने। शरद् भेसावकर १४ मा रन आउट नभएको र अन्तिम ओभरमा चार विकेट नझरेको भए नेपालले अझै केही रन जोड्थ्यो। तर नेपाललाई हङकङले २० ओभरमा १४९ रनभन्दा बढी बनाउन दिएन। यो चुनौतिपूर्ण स्कोर थियो नेपालको। हङकङले राम्रै टक्कर दिन सक्ने देखिन्थ्यो उसको अभ्यास खेलको नतिजा हेर्दा।

तर पारस खड्काले खेलको पहिलो बलमै महत्त्वपूर्ण खेलाडी इरफान अहमदको विकेट ढालेपछि दबाबमा परेको हङकङ सोमपाल कामीले क्याप्टेन अटकिन्सनलाई बोल्ड गरेपछि संकटमा पर्‍यो। दुई महत्त्वपूर्ण विकेट गुमाउँदा हङकङको स्कोर थियो २ विकेटको क्षतिमा जम्मा ९ रन। हङकङले कूल ३७ रन जोड्दा बर्कतलाई पनि शक्तिले जितेन्द्र मुखियाबाट क्याच गराएपछि खेल एकपक्षीय रुपमा नेपालको पक्षमा ढल्कने संकेत देखिन लाग्यो।

झन् ११ ‌औँ ओभरका तेस्रो र चौथो बलमा मार्क च्यापम्यान र निजाकत खानलाई बोल्ड गरी बसन्त रेग्मी ह्याट्रिक नजिक पुगे। रेग्मीले ह्याट्रिक त गरेनन् तर त्यसपछिको तेस्रो बलमा बाबर हयातलाई शक्तिले बोल्ड गरिदिए। दुई बल डट फ्याँकेपछि शक्तिले फेरि निजाकत खानको विकेट पनि स्टम्प उखेलिने गरी बल हाने।

१०.३ ओभरमा हङकङ ५८/४ थियो। ११.४ ओभरमा आइपुग्दा पनि स्कोर ५८ तर विकेट ७ झरिसकेको थियो। नेपालको विजयमा अब औपचारिकतामात्र बाँकी थियो। अब हङकङका खेलाडी जित्न भन्दा पनि क्रिजमा टिक्नतिर लागे।

बसन्त रेग्मीले आठौँ विकेट लिए। यो विश्वकपकै कान्छा खेलाडी सोमपाल कामीले नवौँ विकेट लिए। जितेन्द्र मुखियाले अन्तिम विकेटमा स्टम्प ढालेपछि हङकङ १७ ओभरमा ६९ रनमा समेटियो। छ वटा बोल्ड आउट गरेर नेपालले आफ्नो बलिङ शक्ति देखायो। चार ओभरमा ३ विकेट लिएर ९ रनमात्र खर्चेर शक्ति गौचनले पनि आफ्नो शक्ति देखाए र म्यान अफ दि म्याच भए।

पहिलो पटक विश्वकप खेलेको नेपालले पहिलो खेल यसरी ८० रनको अन्तरले शानदार ढङ्गले जित्यो। सारा नेपाली खुसी भए।

भिडियोहरु हेर्नुस्





कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,541,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: यसरि देखाइदियो नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा शक्ति | भिडियो सहित
यसरि देखाइदियो नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा शक्ति | भिडियो सहित
http://1.bp.blogspot.com/-GJyfpz_BDIM/UyY754ihMgI/AAAAAAAAKPk/hsDfHzaiNOM/s1600/nepali+cricket.jpg
http://1.bp.blogspot.com/-GJyfpz_BDIM/UyY754ihMgI/AAAAAAAAKPk/hsDfHzaiNOM/s72-c/nepali+cricket.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/03/nepal-in-icc-worldcup.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/03/nepal-in-icc-worldcup.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy