Null

हो, मैले साझा सवाल छाड्ने निर्णय गरेँ- नारायण श्रेष्ठ

तीन किसिमका अन्तर्वार्ता नेपालमा हेर्न/सुन्न पाइन्छ। एउटा- अन्तर्वार्ता दिनेको बेस्कन झाँको झार्ने, दोस्रो- अन्तर्वार्ता दिने मान्छेभन्दा ...

तीन किसिमका अन्तर्वार्ता नेपालमा हेर्न/सुन्न पाइन्छ। एउटा- अन्तर्वार्ता दिनेको बेस्कन झाँको झार्ने, दोस्रो- अन्तर्वार्ता दिने मान्छेभन्दा बढी आफै बोलेर आफ्नो विद्वता प्रदर्शन गरी आफ्नो कुरा मनाउन/भनाउन लगाउने, तेस्रो- हाँसी हाँसी नम्र भाषामा अन्तर्वार्ता दिनेलाई भित्तैमा पुर्‍याउने गरी प्रश्न सोध्ने।

नारायण श्रेष्ठ तेस्रो किसिमको अन्तर्वार्ताका लागि प्रख्यात छन्। करिब सात वर्षदेखि ‘साझा सवाल’मा उनले आफ्नो यही ‘ब्रान्ड’ उचाइमा पुर्‍याएका छन्। देशका कुनाकुनामा रेकर्ड गरिने छलफल मोडलको कार्यक्रममा आफू पनि बोल्न पाउने र आफूले बोल्न नसकेका कुरा अभिव्यक्त गर्ने माध्यमका रुपमा नारायणलाई धेरैले लिन्छन्। यो सेलिब्रिटी स्टायटसलाई चटक्क छाडेर उनी ‘साझा सवाल’बाट बाहिरिएका छन्। स्थापना कालदेखि संलग्न उनको अन्तिम कार्यक्रम चैत १६ गते प्रसारण हुनेछ। किन छाड्दै छन् त उनले ‘साझा सवाल’ ?



किन छाड्न लाग्नुभएको साझा सवाल ?

आज बिहान मैले उनलाई मोबाइलमा यही प्रश्न सोधेको थिएँ।

“पुग नपुग ७ वर्ष काम गरियो। अब आफ्नो प्रोफेसनल करिअर डेभलपमेन्टमा पनि ध्यान दिउँ जस्तो लागेकोले विदेशमा अध्ययनका लागि छाड्न लागेको हुँ। अर्को, यत्रो वर्षसम्म काम गरियो। सँधै एउटै काम गर्दा ‘यस्तै त हो’ भन्ने भावना पनि मनमा पलाउने रहेछ। त्यही भएर पनि छाड्ने निर्णय गरेको हुँ,” उनले भने।

केही अघि मात्रै साझा सवालबाट सम्पादक ध्रुवहरि अधिकारी अलग्गिएका थिए। सम्पादक खोज्दै गरेको निर्माता बीबीसी मिडिया एक्सनले अहिलेसम्म पाएको छैन। लगत्तै फेरि प्रस्तोता नारायण श्रेष्ठ पनि अलग्गिने खबर आएको छ। के भइरहेको छ आखिर ? तपाईँ असन्तुष्ट त हुनुहुन्थिएन नि भन्ने प्रश्नमा उनले यत्तिमात्रै भने, ‘त्यति धेरै असन्तुष्टि त हैन।’

‘सेलिब्रिटी स्टायटस’
गोरखाको सदरमुकामबाट धेरै टाढा घ्याल्चोक गाविसमा जन्मिएका नारायण श्रेष्ठले गाउँकै सरकारी विद्यालय ज्ञानमार्ग माविमा शिक्षा लिएका हुन्। साइन्स पढ्ने धोको थियो। तर खर्चले धान्न नसकेपछि उनी आरआर क्याम्पसमा पत्रकारिता पढ्न पुगे। २०५७ सालमा आरआर कलेजमा पत्रकारिता विषयमा ‘टपर’ भएपछि उनले कान्तिपुर पत्रकारिता पुरस्कार पनि पाए। त्यसपछि उनी नेपाल वातावरण पत्रकार समूहले सञ्चालन गर्ने रेडियो सगरमाथा र आँखिझ्याल कार्यक्रममा प्रस्तोताका रुपमा सार्वजनिक भए। वातावरण र दीगो विकाससम्बन्धी विषयले प्राथमिकता पाउने ‘आँखिझ्याल’ कार्यक्रम नेपाल टेलिभिजनमा प्रसारण हुन्थ्यो। नेपालको पहिलो सामुदायिक एफएम रेडियो सगरमाथा भने काठमाडौँ उपत्यकामा सीमित थियो।



नरम र मीठो स्वरका धनी नारायणलाई त्यतिबेलै धेरैले चिन्न थालिसकेका थिए। तर उनलाई लोकप्रियताको चुलीमा पुर्‍याउने काम भने ‘साझा सवाल’ ले नै गर्‍यो। कार्यक्रम प्रस्तुत गर्ने उनको अरुभन्दा भिन्न शैलिलाई धेरैले मन पराए। कान्तिपुर टेलिभिजन र देशका विभिन्न जिल्लामा बज्ने एफएमहरुले प्रसारण गर्ने यो कार्यक्रमपछि उनलाई सबैले चिन्न थाले।

‘हो, यही कार्यक्रमले मलाई चिनाएको हो,’ उनी स्वीकार्छन्, ‘तरकारी किन्न जाँदा, माइक्रो बस चढ्दा, पेट्रोलको लाइन बस्दा धेरै जनाले तपाईँ नारायण जी हैन भन्दै बोल्न आउँछन्, कोही हेरिरहन्छन्, कसैले बोलुँ बोलुँ झैँ गर्छन्। कार्यक्रमबारे बताउँछन्, सुझाव दिन्छन्।’

‘देश कसरी चल्दोरहेछ बुझेँ’
narayan1देशका ६५ जिल्लामा पुग्नुभयो, यति धेरै वर्षसम्म यस्तो सफल कार्यक्रम चलाउनु भयो। यो बीचमा तपाईँको अनुभव कस्तो रह्यो त भन्ने प्रश्नमा उनले एउटा रमाइलो प्रसंग बताए।

“मलाई धेरै पहिलेदेखि, पत्रकार बन्नुभन्दा पहिलेदेखि नै एउटा जिज्ञासा थियो- आखिर देश कसरी चल्दो रहेछ ? नेपाल कसरी चलिरहेको छ ? मतलब प्रशासनिक, राजनीतिक, विकास, नीतिनिर्माण आदि सबै कुरामा। यो कार्यक्रमका क्रममा देशभर गएपछि, नीति निर्माण तहका उच्चपदस्थ कर्मचारीदेखि राजनीतिक नेतृत्व, प्रधानमन्त्री-मन्त्रीसमेतसँग छलफल चलाएँ।”

“सबैतिर हेर्दै जाँदा लाग्यो- यो देश त पशुपतिको कृपाले चल्दो रहेछ। कसैले चलाउने नै हैन रहेछ। त्यो गाउँतिरको पानी हुन्छ नि, कसैले केही नगर्दा पनि त्यो ओरालो-ओरालो आफै लाग्दै गइरहेको हुन्छ। त्यस्तै रहेछ। कुलो खनेर पानी लगाउने कोही रहेनछ।”

केही समयपछि अमेरिकामा
कवि पनि हुन् उनी। उनको दोस्रो कविता संग्रह 'साक्षी' तीन वर्षअघि सार्वजनिक भएको थियो।

कवि पनि हुन् उनी। उनको दोस्रो कविता संग्रह ‘साक्षी’ तीन वर्षअघि सार्वजनिक भएको थियो।
दर्शकले रुचाएका यी प्रस्तोतालाई अब फेरि कहिले हेर्न पाइन्छ त ?

मलाई अब केही समय पढ्ने रहर छ। अझै धेरै कुरा बुझ्नु छ जस्तो लागेको छ। त्यसैले केही समयपछि म अमेरिका जाँदैछु। त्यहाँ केही वर्ष लाग्ला।

अनि अमेरिकामै हुँदा त्यहाँको अनलाइन मिडियामा प्रस्तोताका रुपमा आउने संभावना छ ?

त्यस्तो त छैन रे। प्रस्तोता कै रुपमा नभए पनि लेख्ने मात्रै कामबाट भए पनि उपस्थिति जनाइराख्न सकिन्छ होला, उनी भन्छन्।

लेख्ने भए त माइसंसारमा पनि ब्लग आउने संभावना छ ?

उनी भन्छन्, ‘पक्कै छ।’

प्रस्तोता खोज्दै बीबीसी मिडिया एक्सन
नीतिगत असहमति जनाउँदै ध्रुवहरि अधिकारीले असारमा राजीनामा दिएपछि सम्पादक खोज्दैको हैरान लागेको बीबीसी मिडिया एक्सनलाई अब प्रस्तोता पनि खोज्नुपर्ने नयाँ काम आइपरेको छ।

प्रस्तोता खोज्नका लागि उसले चाँडै नै विज्ञापन छाप्दैछ।

बीबीसीले चलाउने गैर नाफामूलक संस्था बीबीसी मिडिया एक्सन (यसअघि बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट) ले नेपालमा चलाइरहेको अरु दुई प्रोजेक्ट रेडियो कार्यक्रम ‘कथा मिठो सारङ्गीको’ र ‘सारङ्गीको भलाकुसारी’ जुलाई महिनाको अन्तिम साताबाट बन्द भइसकेको छ। बजेट कटौतिका कारण यी कार्यक्रम बन्द गरिए पनि ‘साझा सवाल’ भने अझै जारी छ।

नारायणको राजीनामा पछि साझा सवालमा कस्तो प्रस्तोता ल्याउने, नयाँ प्रस्तोताले उनको शैलि कायम राख्न सक्ने कि नसक्ने, कार्यक्रमको फरम्याट नै चेन्ज गर्ने कि आदि सवालमा छलफल भइरहेको छ।

१४ मार्चमा विदाइ, ३० मार्चमा अन्तिम कार्यक्रम
साझा सवालको टिमले नारायण श्रेष्ठलाई आउँदो १४ मार्च (फागुन ३० गते) औपचारिक विदाइ गर्दैछ। तर उनी संलग्न अन्तिम कार्यक्रम रेडियो र टेलिभिजनमा भने ३० मार्चमा प्रसारण हुनेछ।

अप्रिलदेखि साझा सवालमा नयाँ प्रस्तोता देखिने छन्।

तपाईँलाई साझा सवाल कार्यक्रममा नारायण श्रेष्ठको प्रस्तुति कस्तो लाग्थ्यो ? यो कार्यक्रममा अब को नयाँ प्रस्तोता देखिएला ? नयाँ प्रस्तोताले नयाँ ढंगले कार्यक्रम चलाउनु पर्ला कि नारायणकै जस्तो शैलि अपनाउनु पर्छ ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्।

नारायण श्रेष्ठको विदाइबारे बीबीसी मिडिया एक्सनको लन्डन कार्यालयले जारी गरेको विज्ञप्ति

    प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
    साझा सवालबाट प्रस्तोता नारायण श्रेष्ठको बिदाइ
    २० फागुन २०७०
    बीबीसी मिडीया एक्सनले, सात वर्षदेखि उत्पादन गर्दै आएको कार्यक्रम साझा
    सवालका प्रस्तोता एवं वरिष्ठ निर्माता नारायण श्रेष्ठले, आफ्नो पदबाट बिदा
    लिनुभएको छ। श्रेष्ठको साझा सवालमा सुरुदेखिनै संलग्नता थियो।

    साझा सवालले पहिलोपटक टेलिभिजन र रेडियो मार्फत नेपालीलाई आफ्ना नेता र
    नीति निर्माताहरुसँग छलफल गर्ने मौका प्रदान गर्‍यो। २०६४ साल कार्तिक २३
    गते कार्यक्रमको पहिलो अंकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग
    पूर्वका जनताको बहस गराइएको थियो। साझा सवालको पहिलो अंकमा
    अल्पसंख्यक, भूमिहीन लगाएत अन्य समुदायका हक(अधिकार कसरी नयाँ
    संभिधानमा सुनिश्चित गर्ने भनी बहस भएको थियो।

    त्यस दिनदेखि अहिलेसम्म नेपालका ६५ जिल्लाका दुर्गम क्षेत्रसम्म पुगी श्रेष्ठले
    साझा सवालको ३०० भन्दा धेरै अंक रेकर्ड गराइसक्नुभएको छ। कार्यक्रमले
    देशको लोकतान्त्रिक परिवर्तनलाई नजिकैबाट पच्छ्याएको छ। गरिब र
    अल्पसंख्यक समुदायका मानिसलाई विभिन्न दलका शिर्ष नेता, नीति निर्माता तथा
    त्यसको कार्यन्वयन गर्नेहरुसँग बहस गराएको छ।

    साझा सवालको चुनाव र मताधिकार सम्बन्धि एक अंकको प्रसारण पश्चात,
    मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन, काठमान्डौ र अन्य जिल्लामा ठूलो
    संख्यामा जनसमुदायको घुइंचो लागेको थियो। कार्यक्रमले धेरैका जीवनमा
    सकारात्मक परिवर्तन ल्याएको छ।

    कार्यक्रमको पहुँच देशको सिमाना भन्दा पनि पर पुगेको छ। नारायण श्रेष्ठ र
    उनका समुहले बेलायत, अमेरिका, जापान र दक्षिण कोरिया जस्ता मुलुकमा
    बसोबास गरिआएका प्रवासी नेपालीहरुसंग पनि कार्यक्रम रेकर्ड गरेको छ। सन २०१३ मा
    कतारमा बनाइएका तीन कार्यक्रमले वैदेशिक रोजगारका लागि गएका
    नेपाली कामदारका चुनौतीबारे छलफल चलाएको थियो।

    साझा सवालमा आफ्नो नेतृत्वदायी भूमिका र बितेका समयको स्मरण गर्दै श्रेष्ठ
    भन्नुहुन्छ, “यो मेरो जीवनको विशेष र असाधारण समय थियो। मैले यसरी धेरै
    मानिसका विचारलाई संकलन र प्रसारण गर्न पाएकोमा म धेरै गौरवान्वित छु र
    आफुलाई सम्मानित ठान्दछु। सात बर्षको निरन्तरतापछि, अब नयाँ चुनौती र
    अवसरको आवश्यकता पनि महसुश गरेकोछु। यो बीच मैले नेपालमा एक
    परिवर्तन देखें। अहिले मानिसहरु कुनैपनि निर्णय र नीतिका सम्बन्धमा नेताहरुलाई
    चुनौती दिने क्षमता राख्छन्। हामीले कार्यक्रम सुरु गर्दा यस्ता दृश्य दुर्लभ थिए।”

    साझा सवालबाट बिदा लिएपछि श्रेष्ठ थप शिक्षा लिन विदेश जाने योजनामा
    हुनुहुन्छ।

    बीबीसी मिडीया एक्सन नेपालकी राष्ट्रिय निर्देशक, मोना
    लाक्जो भन्नुहुन्छ, “नेपालमा एउटा विश्वासिलो घरायसी नाम बन्न सफल बनेका
    नारायणलाई हामी सम्मान व्यक्त गर्दछौं र उहाँप्रति हामी कृतज्ञ छौं। उहाँले
    देशका निर्णयकर्ता र जनताबीचको अन्तरलाई कम गर्न, मद्दत पुर्‍याउनु भएको छ
    विशेषगरी त्यस्ता जनसमुदायलाई जसले आफ्नो कुरा सुनाउने मौका पाइरहेका
    थिएनन्।”

    साझा सवालको हरेक आइतबार साँझको प्रसारण जारी रहने छ र एउटा नयाँ
    प्रस्तोताको खोजी पनि सुरु भइसकेको छ। कार्यक्रमको लगभग ६० लाख दर्शक
    श्रोता छन् र यो कान्तिपुर टिभी, बीबीसी नेपाली सेवा र २५० भन्दा बढी एफ
    एम स्टेशनबाट पनि प्रसारित हुन्छ।

    सम्पादकलाई टिप्पणी
    • बीबीसी मिडीया एक्सन बीबीसीको अंतरराष्ट्रिय विकासशील परोपकारी
    संस्था हो। गरिबी न्यूनीकरणका लागी सहयोग पर्‍ुयाउन र मानिसलाई
    आफ्नो हक(अधिकार बारे अवगत गराउन, हामी संचारको शक्तिमा विश्वास
    राख्दछौं। हाम्रो उधेश्य विश्वब्यापी रुपमा मानिसलाई सूचना दिनु, एक
    आपस बीच सम्पर्क गराउनु र मानिसहरुलाई सशक्त बनाउनु हो। हामी
    मानिसलाई घटना बारे अवगत गराउन र बहसमा बाँधिन सहयोग गर्दछौं,
    र मानिसका जीवन सुधार्न पहल लिन्छौं।

    • बीबीसी मिडीया एक्सन, बेलायती सहयोग नियोग DFID, युरोपेली
    युनियन EU, संयुक्त राष्ट्र संघ UN का निकायहरु र अन्य परोपकारी
    संस्थाहरुबाट उपलब्ध भएका अनुदान र स्वेच्छिक योगदानबाट चलेको
    संस्था हो। दर्ता नंबर 1076235। 
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,560,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: हो, मैले साझा सवाल छाड्ने निर्णय गरेँ- नारायण श्रेष्ठ
हो, मैले साझा सवाल छाड्ने निर्णय गरेँ- नारायण श्रेष्ठ
http://1.bp.blogspot.com/-irC-oEAtihY/UxcLXcmtFJI/AAAAAAAAKHA/4wHZ85zQckE/s1600/608.jpg
http://1.bp.blogspot.com/-irC-oEAtihY/UxcLXcmtFJI/AAAAAAAAKHA/4wHZ85zQckE/s72-c/608.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/03/narayan-leaving-sajhasawal.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/03/narayan-leaving-sajhasawal.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy