मलेसियाको MH370 जस्तै नेपालको एउटा हेलिकप्टर पनि हराएको १२ वर्ष भइसक्यो, भेटिएको छैन

मलेसिया एयरलाइन्सको MH370 बोइङ हराएको चार दिन बितिसक्दा पनि केही पत्ता लाग्न सकेको छैन। रहस्यमय तरिकाले हराएको हरायै हुने यो पहिलो विमान भ...

मलेसिया एयरलाइन्सको MH370 बोइङ हराएको चार दिन बितिसक्दा पनि केही पत्ता लाग्न सकेको छैन। रहस्यमय तरिकाले हराएको हरायै हुने यो पहिलो विमान भने हैन। हाम्रै नेपालमा पनि माथि फोटोमा देखाइएको हेलिकप्टर हराएको १२ वर्ष भइसक्यो, अहिलेसम्म भेटिएको छैन।

यो हेलिकप्टरको कल साइन (गाडीको नम्बर प्लेट भन्या जस्तै क्या) थियो 9N-ACU। एसियन एयरलाइन्सको MI-17 हेलिकप्टर। सन् २००२ को ३१ मे शुक्रबारको दिन यो हेलिकप्टर सोलुखुम्बु जिल्लाको मकालु बेस क्याम्पबाट लुक्ला एयरपोर्टतिर उडेको थियो। बाटैमा बेपत्ता भयो। कहाँ गयो, के भयो- अहिलेसम्म पत्ता लाग्न सकेको छैन। 
हराएको हेलिकप्टरको फाइल फोटो
हराएको हेलिकप्टरको फाइल फोटो

हेलिकप्टरमा चालक दलका चार सदस्यसहित १० जना सवार थिए। न हेलिकप्टरको पत्ता लाग्यो, न मान्छेकै।
टावरसँग यसको अन्तिम सम्पर्क बेस क्याम्पबाट उडेको नौ मिनेट अर्थात् बिहान १० बजेर २ मिनेटसम्म भएको थियो। हेलिकप्टरका पाइलट ए ग्रेभेनिकोभ र इञ्जिनियर ए गुमार रुसी थिए। त्यतिबेला धेरै हेलिकप्टर चालकहरु रुसी हुन्थे। त्यसमा अरु यात्रुहरु सबै भने नेपाली थिए। यात्रुमध्ये केहीका परिवार अझै चाबहिल, चुच्चेपाटीमा बस्छन्।

हेलिकप्टर हराए लगत्तै खोज तथा उद्दार कार्य सुरु गरिएको थियो। काठमाडौँ र विराटनगर विमानस्थलबाट कर्णाली एयर र सिम्रिक एयरका हेलिकप्टर खोजीका लागि पठाइएको थियो। तर मौसम खराब भएकोले हराएको दिन त्यो क्षेत्रमा हेलिकप्टर जानै सकेन।

एक लाख पुरस्कारको घोषणा
त्यो दिन त यत्तिकै बित्यो। तर बाँकी दिनमा पनि केही प्रगति हुन सकेन। आकाश मार्गबाट खोज्न मौसम खराब भएको भन्दै पैदल मार्गबाट पनि रेस्क्यु टोली पठाइयो। तर अहँ।

सुरुमा २५ हजार त्यसपछि ५० हजार हुँदै एक हप्तापछि यो हेलिकप्टरको बारेमा जानकारी दिनेलाई एक लाख रुपियाँ पुरस्कार दिने घोषणा गरियो। १२ वर्षअघि एक लाख रुपियाँ भनेको ठूलै रकम थियो अहिलेको भन्दा।

तर पुरस्कारले पनि केही पार लाउन सकेन। हराइरहेको हेलिकप्टरमा रहेका यात्रुका परिवारले सरकार गम्भीर नभएको भन्दै आलोचना गरे। तत्कालीन नागरिक उड्ययन मन्त्री थिए बलबहादुर केसी (पर्खाल)। उनले लौ तुरुन्तै खोजी कार्य तदारुकताका साथ गर्नू भनेर निर्देशन थिए। परिणाम- सून्य।

स्याटेलाइटको सहायता
हराएको एक महिना नाघिसकेपछि अर्को एउटा खबर आयो- एयरलाइन्सले अमेरिकी फर्मलाई भनेर स्पेस स्याटेलाइट इमेजिङको सहायता लिँदैछ। नेपालमा हराएको जहाज/हेलिकप्टर पत्ता लगाउन स्याटेलाइटको उपयोग गर्न लागेको यही पहिलो घटना थियो। स्याटेलाइट प्रयोग गरियो कि गरिएन, थाहा भएन। तर हेलिकप्टर पत्ता लागेन। हेलिकप्टर खोज्न एयरलाइन्सले २ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको समाचार आयो।

अपहरणको हल्ला
अहिले मलेसिया एयरलाइन्सको विमान अपहरण भएको हल्ला चले झैँ त्यतिबेला नेपालमा माओवादीको प्रभाव बेस्कन थियो। माओवादीले नै यो हेलिकप्टर अपहरण गरेको हुनसक्ने हल्ला निकै चल्यो। तर अहिलेसम्म पनि हेलिकप्टर हराएको हरायै छ।

कहाँ हरायो होला त ?
2806 नेपाली टाइम्सले हेलिकप्टर हराएको एक वर्ष जति पछि एक जना अनुसन्धानकर्मीको प्रत्यक्षदर्शी भनाईलाई उद्‌धृत गर्दै एउटा खबर छापेको थियो। खासमा ती अनुसन्धानकर्मी र उनको समूहमध्ये कसैले पनि दुर्घटना भएको आवाज चाहिँ सुनेका थिएनन्। तर हेलिकप्टर निकै तल तलबाट उडेको भने देखेका रहेछन्।

अनुमान चाहिँ हेलिकप्टर ठोक्किएपछि हिमपहिरो झर्‍यो होला र त्यसमा पुरिएर हेलिकप्टर हराएको हरायै भयो होला भन्ने गरिएको छ। तर यो अनुमानमा मात्र सीमित छ। खासमा के भएको हो भन्ने कुरा चाहिँ आजसम्म कसैलाई थाहा छैन।

Members of the Chinese community in Kuala Lumpur pray for a miracle as the search widens for a missing Malaysia Airlines jet.

About two thirds of the 277 passengers and 12 crew, presumed dead by the authorities, were Chinese.

But with still no sign of the aircraft, the fate of flight MH370 is becoming one of aviation’s biggest mysteries.

“We must have hope. If we give up hope then who will support the families (of passengers). So I think everyone should keep giving them hope,” said events organiser Low Ling Fei.

There is now scepticism that two passengers on board who had been using stolen passports were part of a terror plot, as reports of any debris sightings are also downplayed.

Director General of the Malaysian Civil Aviation Agency, Azharuddin Abdul Rahman:
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Gossip news,1,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: मलेसियाको MH370 जस्तै नेपालको एउटा हेलिकप्टर पनि हराएको १२ वर्ष भइसक्यो, भेटिएको छैन
मलेसियाको MH370 जस्तै नेपालको एउटा हेलिकप्टर पनि हराएको १२ वर्ष भइसक्यो, भेटिएको छैन
http://2.bp.blogspot.com/-wuRbJG0M5g8/Ux9ix_ePf0I/AAAAAAAAKKQ/ClcKR4_dRdA/s1600/asian_airlines.jpg
http://2.bp.blogspot.com/-wuRbJG0M5g8/Ux9ix_ePf0I/AAAAAAAAKKQ/ClcKR4_dRdA/s72-c/asian_airlines.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/03/mh370.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/03/mh370.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy