नेपालीको मानव तस्करी गरेर बेल्जियममा मस्तिको जिन्दगी

बेल्जियमका प्रकाश अर्याल बेल्जियमको आन्तर्पेन शहरमा बस्छन् । कामधाम केहि छैन । बिहान बिहान जिमपनि पुग्छन् । शरिर बनाउन । दिनभरि नेपालीह...


बेल्जियमका प्रकाश अर्याल बेल्जियमको आन्तर्पेन शहरमा बस्छन् । कामधाम केहि छैन । बिहान बिहान जिमपनि पुग्छन् । शरिर बनाउन । दिनभरि नेपालीहरु भेट्छन् । गफ हान्छन् करोड करोडका । कालो चस्मा, कोट, टाई ढल्काएर कार्यक्रममा पुग्छन् । घुमि हिँड्छन् । उनी बिरामी बिदामा बसेको निकै भयो । काम केहि गर्दैनन्  । नेपाल र बेल्जियम आवत जावत पानी पधेँरो जस्तो छ । हजार युरो लगभग बिमान खर्च लाग्छ नेपाल पुग्न र फर्किन । तर उनी यता र उता बराबरी झैं गर्छन् । त्यो सान, ठाँटबाँटको स्रोत केहो ? सोझा साझा नेपालीको तस्करी गर्ने । युरोपको स्वर्गजस्तो देश बेल्जियम लगिदिन्छु भनेर नक्कली कागज बनाई बनाई मान्छे ओसार्ने । त्यहि ठगेको, मानव तस्करी गरेको पैसोले बेल्जियममा ठाँटले बस्ने । त्यतिले नपुगेर उनकी श्रीमती सरिता अर्यालले पाए सम्म दुख पाएका नेपालीलाई सहयोग गर्ने भन्दै लगेर उल्टै ठग्छिन् । राख्न दिएको मोबाईलपनि पच पार्छिन्, मानव तस्करी गर्छिन् । 





(ठगिएर उजूरी दिनेहरु। फोटो : कान्तिपुर दैनिक)

नक्कली कलाकार बनाएर बेल्जियम लैजाने आश्वासन देखाएर अभिनेता दिनेश शर्मासहित ३ जनाले ४० जनाभन्दा बढीलाई ठगी गरेको घटनाले सनसनी मच्चिएको छ । खासगरि उता नेपाल र यता बेल्जियममा । ठग्ने मध्येका मुख रचनाकार बेल्जियम निवासी प्रकाश अर्याल भएकाले बेल्जियममा त्यस्तो सन्सनी फैलिएको हो । पीडितले भिसा र कलाकार संघको नक्कली परिचयपत्र बनादिने शर्मासहित मिठु श्रेष्ठ र प्रकाश अर्यालविरुद्ध करिब ४ करोड रुपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा बुधबार उजुरी गरेको कान्तिपुर दैनिकले सार्वजनिक गरिएदिएको छ ।

उजुरीमा पार्सपोर्टमा लगाएको भिसाको छाप, पैसा बुझाएको हस्तलिखित भर्पाई, चेकको प्रतिलिपि, कलाकार संघको नक्कली कार्ड बनाएको प्रमाण पेस गरिएको छ । प्रकाशले यस अघिपनि त्यस्तो नक्कली छाप, लेटरहेड, कलाकार संघको भिजिटिङ कार्ड बनाएर मानिसहरुलाई बेल्जियम ल्याउने गरेको बेल्जियमका नेपालीहरु बताउँछन् ।

प्रकाशको घर स्याङजा हो । पत्नी शारदा अर्यालको माईती नवलपरासी । त्यहि नाताले शारदा नवलपरासी सहायता कोषमा छन् । अबको अधिबेशनबाट त झन अध्यक्ष हुने योजना बनाउँदै रहिछिन् । प्रकाश अर्याल सन् २००५ मा आएका थिए बेल्जियम । अहिले आन्तर्पेन शहरको पोरभेन्सी स्त्रात भन्ने गल्लीको अपार्टमेन्टमा बस्छन् । श्रीमती शारदाले भने सामान्य काम गर्छिन् । प्रकाशको मानव बेच बिखनको कर्तुत यो पटक सार्वजनिक भएपनि उनले धेरै पहिलेदेखि यो काम गर्दै आएका हुन् । उनले दाम खाएर ल्याएका केहि नेपाली बेल्जियमको ब्रुज, आन्तर्पेन, ब्रसेल्स सबैतिर छन् । ति हाकै ‘प्रकाश सरले ल्याइदिनु भएको हो’ भन्दै हिँड्छन् ।

नेपालीलाई फसाउन उनी सिपालु छन् । फिल्म निर्माता, डिस्ट्रिब्युटर लगायत अनेक संस्था र पदको भिजिटिङ कार्ड बनाएका छन् तिन चार थरी । मान्छे हेरेर त्यो कार्ड दिन्छन् । तस्विरपनि नेपालका नाम चलेका भुवन केसी जस्ता हिरो र नेताहरुसित कुम जोडेर खिचेका छन् । तिनै तस्विर देकहएर ‘पहुँच नभए यस्तो मान्छेसित हिमचिम हुन संभव छ यार ?’ भनेर गफ हानिदिन्छन् । त्यसलाइ पुष्टि गर्न फिल्म डाइरेक्टरको भिजिटिङ कार्ड निकालेर दिन्छन् ।

बेल्जियममा काम बिना बस्न, खान गाह्रो छ । कि त ब्यवशाय हुनुपर्छ । प्रकाश अर्यालको यता काम छैन । ब्यवशायपनि छैन । उता नेपालमापनि उनको त्यस्तो ब्यवशाय केहि देखिन्न । बेल्जियममा शानले बसेर नेपाल र बेल्जियम जाने आउने महँगो बिमान खर्च केबाट चलिरहेको छ त ? यस्तै सोझासाझा नेपालीलाई आश्वाशन दिएर तस्करी गरेको खर्चलेनै धानिरहेको बेल्जियमका नेपालीलाईपनि राम्रो जानकारि छ । त्यसो त उनकी पत्नी सरिता अर्याल हाल एन आर एन बेल्जियमको उपाध्यक्ष पदमा छन् । उनीपनि नेपालीलाई ठग्ने काण्डमा फसिसकेकि हुन् । सोझा साझा नेपालीलाई सहयोग गर्ने नाममा तिनका सामान सुरक्षित राखिदिने भनेर फिर्ता नदिने, हरायो भनेर पच पारिदिने र राख्न दिएको पैसा खाइदिने गरेर बदनाम भएकि हुन् । उनी बेल्जियममा रहेको प्रवाशी मञ्चमा दह्रो राजनिति गर्छिन् ।  ठगी काण्ड यहाँ क्लिक गरेर पढ्नसक्नुहुन्छ ।

स्रोत: नेपाल प्लस 
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Gossip news,1,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: नेपालीको मानव तस्करी गरेर बेल्जियममा मस्तिको जिन्दगी
नेपालीको मानव तस्करी गरेर बेल्जियममा मस्तिको जिन्दगी
http://1.bp.blogspot.com/-8BzXiwNHz2Y/UzYGeJeCLrI/AAAAAAAAKWA/ec4UEMOhX4o/s1600/prakash-aryal-1.jpg
http://1.bp.blogspot.com/-8BzXiwNHz2Y/UzYGeJeCLrI/AAAAAAAAKWA/ec4UEMOhX4o/s72-c/prakash-aryal-1.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/03/The-victims-have-cased.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/03/The-victims-have-cased.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy