पहिलो पटक टी२० विश्वकप खेलेको नेपालले आफ्नो पहिलो खेलमा आफूजस्तै पहिलो पटक छानिएको हङकङमाथि ८० रनको विजय हात पारेको छ । टस हारेर व्याटिङ न...
पहिलो पटक टी२० विश्वकप खेलेको नेपालले आफ्नो पहिलो खेलमा आफूजस्तै पहिलो पटक छानिएको हङकङमाथि ८० रनको विजय हात पारेको छ । टस हारेर व्याटिङ निम्तो पाएको नेपालले हङकङलाई पूरा ओभर खेलेर एकसय ५० रनको लक्ष्य दिएको थियो । नेपालले ८ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।
पहिलो पटक विश्वकप छानिएर इतिहास रचेको क्रिकेट टिमले पहिलो खेलमा जित हात पारेर समर्थकलाई खुशीको उपहार दिएको छ ।
For the first time in five years, an Associate nation has won a game at the World T20. Okay, so that was a given, as Hong Kong and Nepal contested the maiden encounter between two second-tier sides in the tournament's history, but Nepal's achievement, on their World T20 debut, was no less memorable for that.
Paras Khadka, Nepal's statesmanlike captain and the man who has been so visible in their remarkable rise through the echelons of world cricket, struck a belligerent 41 and Gyanendra Malla 48 to set up a resounding 80-run win. Hong Kong, bristling with confidence before the game, crumbled in pursuit of 150, dismissed with three overs left unbowled as only three batsmen made double figures. Playing in front of the TV cameras, if not a packed-out stadium, perhaps exacerbated their nerves.
चटगाउँको जोहर अहमद चौधरी स्टेडियममा जवाफी व्याटिङमा उत्रिएको हङकङ नेपाली बलरसामू निरीह बन्यो । १७ ओभर खेलेको हङकङ ६९ रन बनाएर अल आउट भयो । नेपालको जितमा म्यान अफ दी म्याच शक्ति गौचनको महत्वपूर्ण भूमिका रह्यो । चार ओभर बल फ्यालेका उनले जम्मा ९ रन दिएर तीन विकेट लिए ।
नेपालले राम्रो लक्ष्य तय गर्न कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो साझेदारी गरे । खड्का र मल्लले सबैभन्दा बढी ८० रनको साझेदारी खेलेका थिए । ज्ञानेन्द्रको खातामा ४८ रन रह्यो । उनी चार चौका र एक छक्काको मद्दतले अर्धशतक नजिक पुगेका हुन् । कप्तान पारसले ४१ रन बनाए । ३७ बल खेलेका उनले चार चौका प्रहार गरे ।
सुरुवातमै नेपाललाई राम्रो रनरेटसहित अगाडि बढाउन ओपनर सुबास खकुरेल र सागर पुनको योगदान पनि उल्लेख्य रह्यो । खकुरेलले चार चौकासहित २२ रन बनाए । सागर १३ रनमा आउट भए । आजको खेलमा नेपाल प्रारम्भिक व्याट्सम्यानहरुबाट निराश बन्नु परेन ।
कप्तान पारसले पहिलो बलमै हङकङका ओपनर इरफान अहमदलाई आउट गरेपछि दोस्रो विकेटको लागि पनि नेपालले धेरै कुर्नु परेन । दोस्रो ओभर जारी छदा सोमपाल कामीले अर्को विकेट लिए । उनले जेजे अटि्कन्सनलाई ६ रनमा समेटेका थिए । तेस्रो विकेटको लागि भने नेपालले सातौ ओभरसम्म कुर्नुपर्यो । १८ रनमा छदा शक्ति गौचनको बलमा जितेन्द्र मुखियाले वाकस वर्कतलाई क्याच गरे ।
११ औं ओभरमा बसन्त रेग्मीले च्यापम्यानलाई बोल्ड गरे । त्यो बेलासम्म हङकङसँग ५८ रन थियो । लगत्तै निजाकट खान शून्य रनमै बसन्तको बलिङको शिकार बने । उनी पनि बोल्ड भएका थिए । २० रन बनाएका बार्बर हायत १२ औं ओभरको पहिलो बलमा शक्तिको बलमा बोल्ड भए । शक्तिले लगत्तै अइजाज खानलाई शून्य रनमा बोल्ड गरे । तनवीर अफजललाई पनि बसन्त रेग्मीले शून्य रनमै क्याच आउट गराए । १४ औ ओभरमा सोमपाल कामीले नजिब अमरलाई आउट गरे । १७ औं ओभरको अन्तिम बलमा जितेन्द्रले नदिम अहमदलाई बोल्ड गरेका थिए ।
शक्तिसहित बसन्त रेग्मीले पनि तीक विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन मात्रै खर्चिएका थिए । सोमपाल कामीको खातामा २ विकेट रह्यो । पारस र जितेन्द्रले एक एक विकेट लिए ।
नेपालले समूह चरणको दोस्रो खेल मंगलबार आयोजक बंगलादेशविरुद्ध खेल्नेछ ।