एकै व्यक्ति ३० करोडका चेकसहित काठमाडौंमा पक्राउ

उच्च ब्याजदरमा ऋण लगानी गर्ने महेश सिंह पक्राउ परेका छन् । सातवटा हतियार र करिब ३० करोड रुपैयाँको चेकसहित सिंहलाई काठमाडौं प्रहरीले शुक्रब...

उच्च ब्याजदरमा ऋण लगानी गर्ने महेश सिंह पक्राउ परेका छन् । सातवटा हतियार र करिब ३० करोड रुपैयाँको चेकसहित सिंहलाई काठमाडौं प्रहरीले शुक्रबार पक्राउ गरेको हो । चितवनबाट काठमाडौं फर्कँदै गर्दा सिंह राजधानीको कलंकीबाट पक्राउ परेका हुन् । आफूले लगानी गरेको ऋण नतिरेको भन्दै प्रकाश बस्नेतलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सिंहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार अवैधानिक रूपमा उच्च ब्याजदरमा ऋण लगानी गर्ने सिंहविरुद्ध बस्नेतसहित विभिन्न व्यक्तिले उजुरी गरेपछि उनलाई पक्राउ गरिएको हो । सिंहले विभिन्न व्यापारीलगायतलाई उच्च ब्याजदरमा ऋण लगानी गर्दै आएको र ब्याजसहित साँवा फिर्ता नगरेको भनेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै आएको स्रोतका भनाइ छ । सिंहलाई पक्राउ गरेपछि सातदोबाटोस्थित उनको घरमा प्रहरीले छापा मारेको छ । 

उनको घरबाट विभिन्न किसिमका सातवटा हतियार र ३० करोड रुपैयाँबराबरका विभिन्न चेक बरामद भएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको घरबाट म्याग्नम, एयर गन, टू–टू लगायतका बन्दुक बरामद भएको छ । सिंहको घरबाट विभिन्न किसिमका अत्याधुनिक सातवटा हतियार बरामद हुनुले उनको गतिविधि शंकास्पद रहेको प्रहरी स्रोत बताउँछ । हेटौँडा स्थायी घर भएका सिंह विवादास्पद व्यक्ति हुन् ।

उनी लागुऔषधको कारोबार आरोपमा अमेरिकामा समेत जेल परेका व्यक्ति हुन् । यसअघि अमेरिकामा प्रोफेसर रहेका आफ्ना फुपाजुलाई समेत उनले लागूऔषध मुद्दामा फसाएका थिए । स्रोतका अनुसार सिंहविरुद्ध घरजग्गा व्यवसायमा संलग्न सुधीर बस्नेतलगायतले समेत उच्च ब्याजदरमा ऋण लगानी गरेर आफूहरूलाई अपहरणको धम्की दिएको उजुरी परेको छ । उनी चर्काे मूल्यमा पैसा लगानी गर्ने व्यक्तिका नाइकेका रूपमा विगत केही वर्षदेखि चिनिँदै आएका छन् ।

पस्मिना व्यवसायी राजाराम बानियाँलाई पनि सिंहले उच्च ब्याजदरमा ऋण लगानी गरेको प्रहरी स्रोतको भनाइ छ । उनले गत वर्ष बानियाँलाई अपहरण गरी बन्धक बनाएर आफ्नो लगानी कम भए पनि उच्च ब्याजदरकै हिसाबमा जबर्जस्ती कागत गराएको स्रोतको भनाइ छ ।

सिंहविरुद्ध अवैध सम्पत्ति कमाएको प्रमाणहरूसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समते यसअघि उजरु ी परिसकके ा े छ । तर, उनीविरुद्ध अनुसन्धान सुस्त भएको पीडितहरूको भनाइ छ । शुक्रबार सिंहलाई पक्राउ गरेपछि उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको र अपहरण गर्ने गरेको उजुरीसमेत आएको प्रहरीले जनाएको छ । दर्जनौँ व्यवयायीलाई चर्काे ब्याजदरमा कर्जा प्रवाह गरी उनले धेरैको घरबार हडपिसकेको प्रहरीको भनाइ छ ।

स्रोतका अनुसार कर्जा लिने व्यक्तिको घरजग्गा आफ्नो नाममा बन्धक राखेर मात्र उनले चर्काे ब्याजदरमा कर्जा लिने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसरी प्रवाह गरेको कर्जा समयमा नदिए गुन्डागर्दीमा संलग्न व्यक्तिहरू परिचालन गरी उनले पैसा उठाउन गरेको काठमाडौं प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिंहले आफ्नो लगानीको पैसा नउठेको भन्दै विभिन्न व्यक्तिका नाममा ललितपुर जिल्ला अदालतमा पनि मुद्दा दायर गरेका छन् । तर, ती सबै उच्च ब्याजदरमा ऋण लगानी गरेका व्यक्ति भएको पीडितको उजुरीका आधारमा प्रहरीले जनाएको छ । प्रहरीले एकैजनाको घरबाट सातवटा विभिन्न किसिमका हतियार बरामद भएको र उच्च ब्याजदरमा ऋण लगानी गरी विभिन्न व्यक्तिलाई ठगी गरेको आधारमा उनीमाथि गम्भीर रूपमा अनुसन्धान थालेको छ ।

उनीमाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी खरेलले बताएका छन् । अदालतबाट आइतबार म्याद थप गरी उनीमाथि थप अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।
- नयाँ पत्रिका
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: एकै व्यक्ति ३० करोडका चेकसहित काठमाडौंमा पक्राउ
एकै व्यक्ति ३० करोडका चेकसहित काठमाडौंमा पक्राउ
http://2.bp.blogspot.com/-h7O5csiZSgY/UxttXEcR3iI/AAAAAAAAKIg/WzukBzTu8YU/s1600/30+cror+check.jpg
http://2.bp.blogspot.com/-h7O5csiZSgY/UxttXEcR3iI/AAAAAAAAKIg/WzukBzTu8YU/s72-c/30+cror+check.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/03/30-cror-check.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/03/30-cror-check.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy