Null

युएईमा मृत्युदण्डको सजायँ पाएका अनिशले पाउने भए नयाँ जीवन

दुबई, फागुन  ११ - युएईमा पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजायँ सुनाइएका अनिश खालिङ राईले नयाँ जीवन पाउने भएका छन । अदा...

दुबई, फागुन  ११ - युएईमा पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजायँ सुनाइएका अनिश खालिङ राईले नयाँ जीवन पाउने भएका छन ।

अदालतले सुनाएको फैसला अनुरुप मृतक पाकिस्तानी नागरिकका परिवारले ब्लड मनि बापतको रकम स्वीकारेपछि राईका परिवारको अनुरोधमा संसारभर रहेका नेपालीको प्रयासमा ब्लडमनी जुटाएपछि उनले नयाँ जीवन पाउने भएका हुन ।

सुरुमा युएईममने आबुधाबीमा रहेको तल्लो अदालतले राइलाई मृत्युदण्डको सजायँ सुनाएको थियो । तल्लो अदालतले सुनाएको फैसलालाई माथिल्लो अदालतले मृतक पाकिस्तानी नागरिकको परिवारलाई ब्लड मनी लिएर उनलाई माफी दिने विकल्प दिँदै मृत्युदण्डको सजायँ सदर गरेको थियो ।

राइलाई बचाउन पीडित पाकिस्तानी नागरिकका परिवारले ब्लड मनि स्वरुप झण्डै ८६ लाख नेपाली रुपैयाँ अर्थात  ३ लाख ५ हजार युएई दिराम अदालत मार्फत मागेको थियो । त्यसपछि विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली संघ, विभिन्न संघ(संस्था तथा व्यवसायीहरुले अनिश राईको जीवन रक्षाको लागि सहयोग रकम जुटाउने अभियान चलाएका थिए ।

युएईमा गठित समितिले हाल सम्म ३१ हजार ६ सय ७६ दिराम अर्थात ८ लाख ५५ हजार नेपाली रुपैयाँ संकलन गरिसकेको छ । अन्य मुलुकमा रहेका नेपालीले संकलन गरेको रकम र यूएईमा संकलित सबै रकमलाई एकत्रित गर्दा अदालतले मागेको रकम ८६ लाख नेपाली रुपैया पुग्ने भएकोले उनको नाममा रकम उठाउने कार्य रोक्ने निर्णय समेत गरिएको अनिस बचाउ अभियानले जनाएको छ ।

अनिश बचाउ अभियान युएई समितिका लेखा संयोजक तथा पथरी युवा समाज युएईका अध्यक्ष कृष्ण पौडेलले उठाईएको रकम पारदर्शी ढंगले सदुपयोग गरिने जानकारी दिनुभयो ।

आवश्यक रकम संकलन भएको जानकारी दिँदै अनिश बचाउ अभियान युएइका संयोजक कृष्ण भुषालले कुटनीतिक पहलबाट ब्लड मनी तिरेर अनिशलाई बचाउन परराष्ट्र र दुतावाससँग छलफल भइरहेको जानकारी दिनुभयो । ब्लडमनी तिरेपनि उनलके केही समय जेलमा विताउनु पर्ने भएकाले उनी स्वदेश फर्कन ३ वर्षसम्म लाग्न सक्ने नेपाली समाज युएईका भूतपूर्व अध्यक्ष कृष्ण ढकालको भनाइ छ ।

संखुवासभाको मत्स्यपोखरी स्थायी घर भएका राई रोजीरोटीका लागि १ लाख नेपाली रुपैयाँ ऋण खोजेर २०६८ सालमा दुबई आएका थिए । उनले २०६९ साल कात्तिकमा समलिंगी सम्बन्ध राख्न खोज्ने पाकिस्तानीलाई  कुटेको र त्यस लगत्तै पाकिस्तानीको मृत्यु भएको थियो । त्यसपछि उनले हत्याको अभियोगमा मृत्युदण्डको सजायँ पाएका थिए ।

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,560,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: युएईमा मृत्युदण्डको सजायँ पाएका अनिशले पाउने भए नयाँ जीवन
युएईमा मृत्युदण्डको सजायँ पाएका अनिशले पाउने भए नयाँ जीवन
http://2.bp.blogspot.com/-YmRvCRl3vhg/UwoJyF8Tv5I/AAAAAAAAKDs/x-fjmUZ3O2g/s1600/Anish-Khaling-Bachau.jpg
http://2.bp.blogspot.com/-YmRvCRl3vhg/UwoJyF8Tv5I/AAAAAAAAKDs/x-fjmUZ3O2g/s72-c/Anish-Khaling-Bachau.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/02/newlife-foranis.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/02/newlife-foranis.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy