Null

संविधानसभामा यसरी हँसाइन् कान्छी सभासदले (भिडियो सहित)

संविधानसभामा उपाध्यक्ष चयनका लागि भएको निर्वाचनमा आफ्नो धारणा राख्ने क्रममा कान्छी सभासद सरिताकुमारी यादवले सबैलाई हँसाएकी छन् । २५ वर्षको...

संविधानसभामा उपाध्यक्ष चयनका लागि भएको निर्वाचनमा आफ्नो धारणा राख्ने क्रममा कान्छी सभासद सरिताकुमारी यादवले सबैलाई हँसाएकी छन् । २५ वर्षको उमेरमा संविधानसभाको सदस्य, त्यो पनि रोष्टममै गएर बोल्ने क्रममा उनले प्रधानमन्त्री सुशील कोइरालालाई समेत हाँस्न बाध्य बनाइन् ।यादवको प्रस्तुतीले भने संविधानसभाको बैठकमा रहेका प्रधानमन्त्री सुशील कोइरालादेखि उपेन्द्र यादवसम्म हाँसेका थिए । कखरा सिक्दै गरेको बालकले जस्तै कनेर आफ्नो लिखित मन्तव्य सुरु गरेकी उनले उपाध्यक्षको चुनावलाई नाटकको संज्ञा दिइन् ।

लेखेर ल्याएको भाषण पढेकी सरिताले अड्कँदै, बिगार्दै र सच्याउँदै सम्बोधन गरेपछि प्रधानमन्त्री कोइराला मात्र होइन, फोरम अध्यक्ष उपेन्द्र यादवसहित सबै सभासदहरु मुसुमुसु हाँसिरहेका देखिन्थे ।
संविधानसभामा पिछडिएको वर्ग र समूदायका प्रतिनिधिहरुले भाषाको कारणले बोल्न कठिनाइ भएमा आफ्नै मातृभाषामा समेत बोल्न सक्ने व्यवस्था छ । दृष्टान्तका लागि सभासद गंगा चौधरी र रुक्मिणी चौधरी पिछडिएको समुदायबाट संविधानसभामा पुगे पनि उनीहरुको भूमिका र प्रस्तुती प्रभावकारी रहने गरेको छ ।
बुधबारको बैठकमा सरितापछि रोष्टममा पुगेकी सभासद गंगा चौधरीले भने सभाध्यक्षसँग अनुमति लिएर थारु भाषामा गज्जबसँग सम्बोधन गरिन् । संघर्षबाट भन्दा पनि नेताकी श्रीमती भएकाले सभासद बन्ने अवसर प्राप्त गरेकी कान्छी सभासदले गंगा चौधरीहरुबाट केही सिक्ने हो कि ?
‘एभरेज’ सभासद हुनु स्वाभाविक


संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाको भनाइ मान्ने हो भने एसियाली समाजमा चयन हुने जनप्रतिनिधिहरु औसत क्षमताका हुन्छन् । अहिलेको हाम्रो संविधानसभाका सदस्यहरु पनि जनताले आफ्नो जुन स्तर छ, त्यस्तै पठाएका हुन्छन् । जेष्ठ सदस्यको हैसियतमा संविधानसभाको सभाध्यक्षको भूमिका निभाइसकेका थापाका अनुसार हाम्रो संविधानसभामा एउटा सचेत वर्ग छ, त्यसले नै सबैलाई नेतृत्व गर्छ ।
थापाको भनाइलाई आधार मान्ने हो भने संविधानसभामा सबैले बोल्न वा आफ्नो कुरा सहजरुपमा राख्न सक्ने अनुमान लगाउनु गलत हुन्छ । तर, सामान्य स्कुलको विद्यार्थीले जति पनि आफ्नो कुरा राख्न नसक्ने सभासदले संविधान निर्माणमा कस्तो भूमिमा खेल्लान् भनेर जनतामा प्रश्न उठ्नेतर्फ पनि दलका नेता र सभासदहरुले ध्यान दिने हो कि ?

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,8,film songs,70,Health,1,Life,1,Live Stage,9,lounge & Baar,1,movie,8,MUsic,24,Music Vdo,1,nepali pop,157,Recents,568,Show,25,Society,17,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: संविधानसभामा यसरी हँसाइन् कान्छी सभासदले (भिडियो सहित)
संविधानसभामा यसरी हँसाइन् कान्छी सभासदले (भिडियो सहित)
http://4.bp.blogspot.com/-q27-yHOtpaU/Uw2-TQxzUJI/AAAAAAAAKEk/z2LsbUKoa2Y/s1600/sarita.jpg
http://4.bp.blogspot.com/-q27-yHOtpaU/Uw2-TQxzUJI/AAAAAAAAKEk/z2LsbUKoa2Y/s72-c/sarita.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/02/laugh-inparliament.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/02/laugh-inparliament.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy