Null

लैला मजनूको प्रेम : समर्पण र त्यागको प्रतीक

सुमनराज पन्त कुनै प्रेमजोडीलाई उपमा दिनु पर्‍यो भने हामीबाट अकस्मात् निस्कन्छ ‘लैला मजनू’ को जोडी । तर लैला मजनूको कथा के हो त ? धेरैल...

सुमनराज पन्त

कुनै प्रेमजोडीलाई उपमा दिनु पर्‍यो भने हामीबाट अकस्मात् निस्कन्छ ‘लैला मजनू’ को जोडी । तर लैला मजनूको कथा के हो त ? धेरैलाई थाहा नहनु सक्छ । तपाईं पनि सुन्ने कि उनीहरुको कथा ?

लैला मजनू पौराणिक कालका भारतीय प्रेम जोडी हुन् । उनीहरु धरतीबाट विदा भएको संयौं वर्ष भइसक्यो तर उनीहरुको पिरती अहिले पनि हजारौं युवायुवतीको लागि आदर्श भएको छ । परम्परागत कहानी भएकोले लैला मजनूको बारेमा प्रमाणित इतिहास पुष्टि छैन । उनीहरुको बारेमा विभिन्न मिथक बनेका छन् ।

कतिपय प्रेम सम्बन्धलाई परिवारले अस्वीकार गर्दछन् । लैला मजनूको जीवनमा पनि यस्तै भएको थियो । जब उनीहरु मायामा डुबेका थिए, लैलाको दाजु र उसको आमाबुबाले उनीहरुको सम्बन्ध अस्वीकार गरेका थिए ।
परिवारले अस्वीकार गरेपनि लैला र मजनू आपसमा सँगै जिउने कसम खाएका थिए । उनीहरुको प्रेममा समर्पण र प्रतिवद्धता थियो । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई औपचारिकता दिने निष्कर्षमा पुगे । अनि आफ्नो गाउँ सिन्धबाट भागेर बिञ्जोर गए । त्यहीँ विहे गरेर सँगै बसे । वर्षौं साथै रहे उनीहरु ।

केही वर्षपछि उनीहरुको मृत्यु भयो । परिवारले अस्वीकार गरेपनि उनीहरुको आत्मीय प्रेम र समर्पणलाई अरु धेरैले सम्मान दर्शाएका थिए । बिञ्जोरवासीले उनीहरुको समाधीस्थल नै बनाइदिए । अहिले पनि हजारौं युवायुवतीहरु यहाँ पुग्छन् । आफूहरुको प्रेम सफल पारिदिन आशीर्वाद माग्छन् । विवाहित मानिसहरु पनि उनीहरुको समाधीमा श्रद्धाले शिर निहुर्‍याउँछन् । हिन्दू, मुसलमान, शिख, इसाइ, बुद्धमार्गी सबैले उनीहरुको समाधीमा सम्मान प्रकट गर्दछन् ।

लैला सुन्दर र धनी परिवारकी चेली थिइन् । राजकीय सुखसयल थियो उनको । उनको परिवार र उनी स्वयं पनि आफूजस्तै सम्पन्न युवकसित विहे होस् भन्ने चाहन्थे । तर नियतिको खेल, उनी आफ्नै बालसखा मजनूसितको प्रेममा डुबिन् । मजनू गरिब परिवारको थियो । तर प्रेमको सामुन्ने सम्पन्नताले प्रभाव पार्दैन भन्ने कुरा उनीहरुले पुष्टि गरिदिए ।

यता, लैलाको प्रेम सम्बन्ध उनको परिवारले पटक्कै स्वीकारेनन् । एउटा धनी युवासित उनको विहे गरिदिए । तर लैला सो युवासित बस्न चाहिनन् । मजनूको प्रेम समर्पणको सामु उनी मुग्ध थिइन् ।

परिवारले विहे गराइदिएको पतिबाट भागेर उनी मजनूको साथमा आइपुगिन् । दुबैजना बिजौर पुगे । तर यहाँ पनि लैलाको परिवारले दुःख दिन छाडेनन् । आखिरमा लैला विछोडको बेदनामा पागल भइन् । केही वर्षपछि उनको मृत्यु भयो ।

केही किँवदन्तीमा लैलासित प्रेम सम्बन्ध राखेको अभियोगमा लैलाको पूर्वपतिले मजनूको हत्या गरेको उल्लेख छ । मजनूको हत्या भएको जा
नकारी पाएपछि लैलाले आत्महत्या गरेको भनाइ छ ।

अहिले उनीहरुको समाधीस्थल रहेको राजस्थानको गंगानगर जिल्लास्थित बिजौरमा हरेक जुन १५ तारिखमा भव्य मेला लाग्दछ । भारत, नेपाल र पाकिस्तानलगायत मुलुकबाट हजारौं मानिस पुग्छन् मेलामा । विवाहित जोडी जीवनमा एक चोटी भएपनि यहाँ पुगेमा आपसी प्रेम अमर हुने विश्वास छ ।

मिथक जे सुकै हुन्, समग्रमा लैला मजनूको प्रेम कथा पवित्रताले भरिएको छ । प्रेममा धन र सुखसखयलमात्र मापदण्ड होइन भन्ने तथ्य उनीहरुले प्रमाणित गरिदिएका छन् । अर्थात्, प्रेममा समर्पण र त्याग हुन्छ भन्ने सार बोकेका जोडी हुन् लैला मजनू । आज प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाइरहँदा हाम्रै छिमेकको लैला मजनूको कथा पनि उत्तिकै सार्थक हुन सक्छ । सलाम लैला मजनू तिमीहरुलाई……..
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,560,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: लैला मजनूको प्रेम : समर्पण र त्यागको प्रतीक
लैला मजनूको प्रेम : समर्पण र त्यागको प्रतीक
http://2.bp.blogspot.com/-XPVQ398FuXg/Uv4JOTmvmDI/AAAAAAAAJ-w/9U6OTlToylo/s1600/laila+majnu.jpg
http://2.bp.blogspot.com/-XPVQ398FuXg/Uv4JOTmvmDI/AAAAAAAAJ-w/9U6OTlToylo/s72-c/laila+majnu.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/02/blog-post_14.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/02/blog-post_14.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy