एजेन्सी, फाल्गुन ७ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन चाँडै नै एक गीतको म्यूजिक भिडियोमा देखिने भएका छन् । ‘वान डाइरेक्सन’ नामक स...
एजेन्सी, फाल्गुन ७ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन चाँडै नै एक गीतको म्यूजिक भिडियोमा देखिने भएका छन् । ‘वान डाइरेक्सन’ नामक सांगीतिक ब्याण्डले तयार गर्न लागेको भिडियोमा प्रधानमन्त्री क्यामरुन देखिन लागेको बीबीसीले जनाएको छ ।
गरिबी उन्मुलनका लागि रकम संकलन गर्ने उद्देश्यले बनाइन लागेको उक्त भिडियोमा क्यामरुन अतिथिको भूमिकमा देखा पर्ने छन् ।
प्रधानमन्त्री कार्यालयले क्यामरुन उक्त भिडियोमा केही समय क्यामरामा देखिने बताएको जनाइएको छ ।